राजस्थानमाथि बैंगलोरको जित

 न्यूज विराट
राजस्थानमाथि बैंगलोरको जित

एजेन्सी, १ कात्तिक-एबी डी भिलियर्सको शानदार पारीसँगै रोयल च्यालेञ्जर्स बैंगलोरले युएईमा जारी आइपीएल-१३ को ३३औँ म्याचमा राजस्थान रोयल्सलाई सात विकेटले पराजित गरेको छ ।

डी भिलियर्सले मात्र २२ बलमा अविजित ३३ रन बनाए । उनले एक चौका र ६ छक्का प्रहार गरे । यीमध्ये तीन छक्का १९औँ ओभरमा जयदेव उनदकको लगातार तीन बलबाट लिएका थिए ।

डी भिलियर्सको शानदार प्रदर्शनसँगै बैंगलोरले जितका लागि १ सय ७८ रनको लक्ष्य दुई बल बाँकी छँदै हासिल गर्‍यो ।  बैंगलोरका लागि कप्तान विराट कोहलीले ४३ रन बनाए । राजस्थानका  जयदेव उनदकट सबैभन्दा महँगा बलर रहे । उनले चार ओभरमा ४६ रन खर्च गरिदिए । यसअघि कप्तान स्टीभ स्मिथको अर्धशतकको मद्दतमा राजस्थान रोयल्सले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७७ रन बनाएको थियो । स्मिथले ३६ बलमा ५७ रन बनाए र उनले आफ्नो पारीमा ६ चौका र एक छक्का हाने ।

ओपनिङमा आएका रोबिन उथप्पाले पनि राजस्थानका लागि उपयोगी पारी खेले । उनले २२ बलमा सात चौका र एक छक्काको मद्दतमा ४१ रन बनाए । जोस बटलरले २४ र राहुल तेवतियाले अविजित १९ रन बनाए । बैंगलोरका लागि क्रिस मोरिसले २६ रन दिएर चार विकेट लिए ।

सम्बन्धित समाचार

मिस्टर एण्ड मिस राजवंशी हुने, पहिलो अडिसन फागुन ९ गते

विराटनगर । विराट राजवंशी प्रगतिशील विकास समाज समितिको आयोजनामा विराटनगरमा मिस्टर एण्ड मिस विराट राजवंशी–२०७९ प्रतियोगिता हुने भएको छ । आयोजक समितिले आईतबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको पहिलो अडिसन फागुन ९ गते हुने जानकारी गराएको...

विराटनगर आएर सभापति देउवाले भने–सरकारमा जान हतार छैन

विराटनगर, १० चैत । नेपाली कांग्रेसका सभापती शेरवहादुुर देउवाले कांग्रेसलाई सरकारमा जान हतार नभएको बताएका छन् । विराटनगर विमानस्थलमा मंगलबार संचारकर्मीहरुसँग कुुरागर्दै उनले काग्रेसलाई जनताले प्रतिपक्षको म्यान्डेड दिएकाले सरकारमा जान कांग्रेसलाई हतार नरहेको बताएका हुन्...

पूर्वबजेट छलफलमा करको दायरा बढाउन सुझाव

विराटनगर । विराटनगर महानगरपालिकाले पूर्वबजेट छलफल सुरु गरेको छ । विभिन्न क्षेत्रका व्यक्तिहरुलाई बोलाएर महानगरले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटका बारेमा छलफल सुरु गरेको हो । महानगरका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला...

२४ घण्टामा थप १०८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, २५ असार-बिहीबार कोरोना भाइरस संक्रमितको संख्या घटेको छ । बिहीबार काठमाडौंसहित देशभर १०८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप १०८...

यातायात कार्यालयले चालक अनुमतिपत्र वितरण नगर्ने

काठमाडौं, २० साउन-काठमाडौँ उपत्यकाका चारवटै यातायात व्यवस्था कार्यालयले आइतबारदेखि चालक अनुमतिपत्र वितरण कार्य रोकेका छन् । सेवाग्राहीको अत्यधिक भीडका कारण कार्यालयले तत्कालका लागि सेवा स्थगित गरेको जनाएका हुन् ।  कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि सरकारले...

६ वर्षदेखि फरार डाँका मुद्दाका अभियुक्त समातिए

जनकपुर, २८ जेठ-६ वर्षदेखि फरार रहेका डाँका मुद्दाका एक अभियुक्तलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको सुरूङगा नगरपालिका ८ का ३२ वर्षीय अनिलकुमार राम रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक...

घरैमा थन्किए ओलाङ्चुङ्गोलाको गलैँचा

ताप्लेजुङ, १ कात्तिक-कोरोना सङ्क्रमणका कारण चीनसँगको नाका बन्द हुँदा ताप्लेजुङको हिमाली बस्ती ओलाङ्चुङ्गोलाका बासिन्दाले बुनेका गलैँचा घरैमा थन्किएका छन् । चीनमा सङ्क्रमण फैलिएदेखि नै ओलाङ्चुङगोलास्थित टिपताला नाका बन्द भई निर्यात हुन नसक्दा यहाँका बासिन्दाले बुनेका...

चितवनमा दुई महिनामै मरे पाँच गैँडा

चितवन, १८ असोज-चालू आर्थिक वर्ष २०७७/७८ को साढे दुई महिनामा चितवन राष्ट्रिय निकुञ्जमा पाँच वटा गैँडा मरेका छन् । चार वटा गैँडा प्राकृतिक कारणले मरेको भए पनि एउटा गैँडा भने चोरी शिकारीका कारण मरेको निकुञ्जले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्