सुरक्षित आप्रवासनका क्षेत्रमा नेपाललाई सघाउन स्विट्जरल्याण्डको तत्परता

 न्यूज विराट
सुरक्षित आप्रवासनका क्षेत्रमा नेपाललाई सघाउन स्विट्जरल्याण्डको तत्परता

काठमाडौं, ९ असोज-स्विट्जरल्याण्डका राष्ट्रपति सिमोनेता सोमारुगाले महामारीको अहिलेको असहज अवस्थामा सुरक्षित आप्रवासनका क्षेत्रमा नेपाललाई सहयोग गर्न तत्पर रहेको बताएका छन् । महामारीका कारण आप्रवासीले झेल्नु परेका कठिनाइलाई दृष्टिगत गरी उनले नेपाललाई सहयोग गर्न आफ्नो देश तयार रहेको बताएका हुन् । 

राष्ट्रपति विद्यादेवी भण्डारी र स्विट्जरल्याण्डका राष्ट्रपति सोमारुगाबीच बिहीबार अपराह्न भएको टेलिफोनवार्तामा स्विस राष्ट्रपतिले सुरक्षित आप्रवासनको महत्व दर्शाउँदै आफ्नो देशको सरकारले त्यसनिम्ति नेपाललाई सहयोग गर्ने बताउनुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नेपाल र स्विट्जरल्याण्ड पर्वतीय मुलुक भएकाले पर्यावरण संरक्षणका निम्ति दुवै देशको पूर्ण प्रतिबद्धता रहेको छ भने दुवै देश जलवायु परिवर्तनको दुष्प्रभावबाट पीडित भएका सन्दर्भमा राष्ट्रपतिद्वयले उपयुक्त अनुकूलन योजनाका माध्यमबाट अन्तर्राष्ट्रिय एकीकृत जलवायु परिवर्तनका असर घटाउन प्रभावकारी कार्य गर्न सकिने विषयमा विचारविमर्श गरेका थिए ।

अन्तर्राष्ट्रिय पर्वतीय विकास केन्द्र (इसिमोड) सँग स्विट्जरल्याण्डले यो क्षेत्रमा सहकार्य गरिरहेको बताउँदै स्विस राष्ट्रपतिले आगामी वर्ष आयोजना हुने अल्पाइन पर्वत सम्मेलनमा सहभागी हुन राष्ट्रपति भण्डारीलाई आमन्त्रण गरे ।

अल्पाइन पर्वत सम्मेलन आयोजनाका निम्ति भएका प्रयासको प्रशंसा गर्दै राष्ट्रपति भण्डारीले महामारीका कारण स्थगन भएको ‘सगरमाथा संवाद’ परिस्थिति सामान्य भएपछि आयोजना हुने भएकाले त्यसमा सहभागी हुन स्विस राष्ट्रपतिलाइ पुनः आमन्त्रण गरिन् ।

दुवै देशका सरकारले साझा चासोका विषयमा बहुपक्षीय र द्विपक्षीय तहमा निकट सम्पर्कमा रहेर सहकार्य गर्ने विश्वास राष्ट्रपतिद्वयले व्यक्त गर्दै समग्र द्विपक्षीय सम्बन्धको अवस्थाप्रति सन्तुष्टि जनाए । साथै उनीहरूले कोभिड-१९ को फैलावट नियन्त्रण आआफ्ना मुलुकले गरेका प्रयासबारे विचार आदानप्रदान गर्दै कोभिड-१९ का कारण दुवै देशले बेहोर्नु परेको क्षतिप्रति एकापसमा ऐक्यबद्धता र सहानुभूति प्रकट गरेको उक्त मन्त्रालयले बिहीबार राति जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । रासस

सम्बन्धित समाचार

विराटनगरमा ‘ओएसीस लन्च एण्ड बार’ सञ्चालनमा, थरी –थरीको परिकार पाइने

विराटनगर । विराटनगरमा ओएसिस लन्च एण्ड बार संचालनमा आएको छ । विराटनगर महानगरपालिका – ५ भृकुटी चौकमा १ करोड २५ लाख रूपैयाँ लगानीमा ओएसिस लन्च एण्ड बार बिहीबारदेखि संचालनमा आएको हो । बारको औपचारिक रूपमा...

मुख्यमन्त्रीले विश्वासको मत लिने दिन सभा छलेर उपसभामुख दनुवार लागिन् काठमाण्डौं

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने प्रयोजनका लागि बोलाएको बैठकमा उपस्थित हुन नसक्ने जानकारी गराएर उपसभामुख सिर्जना दनुवार काठमाडौँ लागेकी छिन् । बिहान ७ बजेको यति एयरलाइन्सको फ्लाइटबाट उनी काठमाडौँ लागेकी...

भेरोसेल लगाएका ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई ‘बुस्टर डोज’ दिइने

काठमाडौं, मंसिर २३ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस विरुद्धको खोप लगाएका व्यक्तिलाई खोपको थप मात्रा ‘बुस्टर डोज’ दिने भएको छ । राष्ट्रिय खोप सल्लाहाकार समितिको सिफारिसका आधारमा ६० वर्षभन्दा माथिका भेरोसेलको दुई मात्रा...

दलित मुक्ति संगठनद्धारा इटहरीमा प्रदर्शन

विराटनगर, असार १०–दलित समदाय माथि भइरहेको जातीय विभेदका घटना विरुद्धमा नेपाल दलित मुक्ति संगठनले सुनसरीको इटहरीमा प्रदर्शन गरेको छ । अन्तरजातीय प्रेम बिवाह गर्न गएका नवराज बिक लगायत ६ जनाको क्रुर हत्या, दलित भएकै कारण...

उत्तर र दक्षिण कोरियाली सेनाबीच असैन्यकृत क्षेत्रमा गोली हानाहान

एजेन्सी, बैशाख २१ -उत्तर र दक्षिण कोरियाका सेनाबीच सीमा क्षेत्रमा गोली हानाहान भएको छ । दुई कोरियालाई छुट्ट्याउने असैन्यकृत क्षेत्रमा दुई कोरियाका सेनाबीच गोली हानाहान भएको हो । दक्षिण कोरियाली सेनाले उत्तर कोरियाबाट चलेका थुप्रै...

सरकारलाई लायन्सको सहयोग

काठमाडौं, १४ वैशाख-लायन्स क्लबले सरकारलाई ५७ लाख ४९ हजार रुपैयाँको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । आइतबार स्वास्थ्य मन्त्रालयमा कार्यक्रममार्फत क्लबले मन्त्रीलाई हस्तान्तरण गरेको हो । विश्वव्यापी कोरोना महामारी नियन्त्रणका लागि उक्त सामग्री दिएको क्लबले...

बीपी प्रतिष्ठानका पदाधिकारीको कार्यकक्षमा तालाबन्दी, माग पूरा गर्न सातदिने अल्टिमेटम

सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको बेथितिविरुद्ध आन्दोलनरत संयुक्त संघर्ष समितिले आफ्ना माग पूरा गर्न सातदिने अल्टिमेटम दिएको छ । संयुक्त संघर्ष समितिले २३ असारभित्र आफ्ना माग पूरा गर्न अल्टिमेटम दिएको हो । संघर्ष...

यो वर्ष पनि लागेन सुनवर्षीमा ‘सिरुवा’ मेला

विराटनगर, २ बैशाख । वर्षेनी नयाँ वर्षको आगमन सँगै तराईमा हर्सोउल्लासका साथ मनाइने ‘सिरुवा पर्व’ यो वर्ष पनि कोराना भाइरस(कोभिड–१९) को संक्रमणको जोखिमका कारण प्रभावित भएको छ । विषेश गरेर नयाँ वर्षको आगमनसँगै तराईका मुख्य...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्