एस्पायर कलेजमा भर्ना भएका विद्यार्थीलाई अभिमुखिकरण
सोमबार, ११ पुष, २०७९,
न्यूज विराट
विराटनगर । विराटनगरस्थित एस्पायर कलेजमा भर्ना भएका विद्यार्थीहरूलाई अभिमुखिकरण दिएको छ । कलेजले विराटनगरमा सोमबार एक कार्यक्रम आयोजना गरी अभिमुखिकरण गराएको हो । अभिमुखिकरण कार्यक्रमको उद्घाटन प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले गरे ।
काठमाण्डौ विश्व विद्यालय र विराटनगरस्थित एस्पायर कलेजबीच सम्झौता पछि बी टिएच बिएड, आइटी र बीपिएच कार्यक्रमहरू संचालनमा रहेको छ । बीपिएचमा भर्ना भएका २३ र बी टिएच बिएड आइटीमा भर्ना भएका ३० जना विद्यार्थीहरू अभिमुखिकरण कार्यक्रममा सहभागि रहेको कलेजका अध्यक्ष विकास अधिकारीले जानकारी दिए । बी टिएच बिएड, आइटी र बीपिएच कार्यक्रमहरू असोज अन्तिम साताबाट सुरू भएको थियो ।
एस्पायर कलेजले संचालन गरेको कार्यक्रमहरु अध्ययन संग संगै इन्टरससिप पनि हुने भएको छ । प्रयोगात्मक र अध्ययन संगसंगै आयआजर्न पनि गर्न सकिने शिक्षा प्रदान गरिने कलेजले जनाएको छ । काठमाण्डौँ विश्वविद्यालयको विस्तारीत कार्यक्रमका रुपमा एस्पाएर कलेजले स्नातक कार्यक्रम भएकाले यस कार्यक्रममा जुन सुकै विषयमा प्लस टु उतिर्ण गरेका विद्यार्थीले अध्ययन गर्न पाउँछन् ।
गुणस्तरीय शिक्षामा सधै कट्टीवद्घ रहेको काठमाण्डौँ विश्वविद्यालयले विस्तारीत शैक्षिक कार्यक्रम प्रदेश १ मा पहिलो पटक एस्पाएर कलेजबाट सुरू भएको हो ।
राष्ट्रयलाई र अन्र्तराष्ट्रिय बजारलाई आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले काठमाण्डौ विश्वविद्यालयले विस्तारित कार्यक्रम विराटनगरमा लिएर आएको हो । अभिमुखिकरण कार्यक्रममा सहजिकरण काठमाण्डौं विश्वविद्यालयका बिपिएच कार्यक्रमको कोडिनेटर आस्मा थापा मगर, बिनोद प्रसाद पन्तले गर्नेछन् ।
काठमाडौं, ४ बैशाख-नेपाल एयरलायन्सको दुईवटा चार्टर्ड विमान आज चीन जाने भएका छन् । कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामाग्री लिनका लागि दुईवटा विमान त्यसतर्फ जान लागेका हुन् । एउटा साँझ ५:...
एजेन्सी, जेठ ५-अमेरिकन आइडलमा नेपाली मूलका (आर्थर गन) दिवेश पोख्रेल दोस्रो भएका छन् । आइडलको उपाधि भने जस्ट सामले जितेकी छन् । उनको वास्तविक नाम सामन्था डियाज हो । सोमबार बिहान भएको फिनालेमा उनी अन्तिम...
विराटनगर – ७ मा रहेको मेरिल्याण्ड कलेजमा अध्ययनरत दिया अग्रवालले कक्षा १२ को परीक्षामा नेपाल प्रथम भइन् । राष्ट्रिय परीक्षा बोर्डले २०७९ सालमा लिएको परीक्षामा व्यवस्थापन सङ्कायमा नेपालमै उच्चतम अङ्क ३.९६ जिपिए ल्याएर अग्रवाल नेपाल...
विराटनगर । विराटनगर ७ जलजला चोकको दाडेवाल गल्लीमा च्याम्पियनस कराते एकेडेमी संचालनमा आएको छ । कराते खेलाडीहरु उत्पादन गर्ने उद्देश्यले एकेडेमी संचालनमा आएको हो । बालबालिकालाई आत्मरक्षा कला सिकाउनुका साथै उनीहरुलाई कुशल खेलाडी बनाउँदै अन्तर्राष्ट्रिय...
यातायात व्यवस्था कार्यालय जनकपुरका कार्यालय सहयोगी र बिचौलिया घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबासबाट खटिएको टोलीले कार्यालयमा लुकाएर राखिएको झण्डै पौने तीन लाख घुस रकमसहित कार्यालय सहयोगी भोगेन्द्र कापर र बिचौलिया राजकिशोर...
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले राष्ट्रियसभा बैठकमा अर्थमन्त्री जनार्दन शर्मालाई बहिष्कार गरेको छ । राष्ट्रियसभाको शुक्रबारको बैठकमा अर्थमन्त्री शर्माले बजेट आश्रित विधेयकहरू सभामा पारित गर्नका लागि पेस गर्ने कार्यसूची रहेको थियो । तर, प्रमुख...
विराटनगर । बैंकको चर्को ब्याजदर विरुद्ध निरन्तर आन्दोलनमा उत्रिएका मोरङका उद्योगी व्यवसायीहरूले तत्काल आन्दोलनको कार्यक्रम स्थगित गरेका छन् । नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलले ब्याज दर वृद्धिविरुद्ध आन्दोलनमा रहेका विराटनगरका व्यवसायीलाई वार्ताका लागि बोलाएपछि तत्कालको लागि...
विराटनगर । मोरङ जिल्ला स्तरिय वि डिभिजन क्रिकेट प्रतियोगिता अन्तरगत विराटनगरको वैजनाथपुर क्रिकेट मैदानमा भएको खेलमा झोराहाटको ग्रामथान क्रिकेट क्लव र होराइजन क्रिकेट ब्लव विराटनगर विजयी हुँदै क्वाटरफाइनलमा प्रवेश गरेको छ । पहिलो खेलमा झोराहाटले...