मोरङ क्षेत्र नं. ४ को विकासमा ध्यान दिनेछु : गुरुराज घिमिरे

 न्यूज विराट
मोरङ क्षेत्र नं. ४ को विकासमा ध्यान दिनेछु : गुरुराज घिमिरे

विराटनगर । मोरङ क्षेत्र नं. ४ (१) प्रदेशसभा तर्फका उम्मेदवार गुरुराज घिमिरेले संसदमा नीति बनाउन जाने भए पनि नागरिकलाई विकाससँग जोड्न आफूले सक्दो पहल गर्ने बताएका छन् । मोरङको कटहरिमा आयोजना गरिएको चुनावी कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले जनता विकासको पर्खाइमा रहेको आफूले महसुस गरेको भन्दै क्षेत्र नं. ४ को विकासमा आफू लागि पर्ने प्रतिबद्धता उनले जनाए ।
आफू यस पटक प्रतिगमनलाई परास्त गर्न र जनजीविकाको पक्षमा संसदमा आवाज उठाउन चुनावमा होमिएको उनको भनाइ थियो । जनताको अवस्था बदल्नुपर्ने भएकोले विकास र रोजगार सृजनामा जोड दिने उनले बताए । ‘मोरङ क्षेत्र नं। ४ को विकासको जग बसाउने काम महेश आचार्यले गर्नुभयो । त्यसपछि यहाँको विकासमा अमनलाल मोदीलेको पनि योगदान उत्तिकै रहेको छ । त्यही भएर फेरी उम्मेदवारी बन्नु भएको छ । हामी सबैले गठबन्धनका उम्मेदवारलाई अत्याधिक बहुमतले विजयी गरी जिताउनुपर्नेछ,’ उनले भने ।

सम्बन्धित समाचार

कोरोना संक्रमणबाट काठमाडौंमा थप एक जनाको मृत्यु

काठमाडौं, २६ साउन-कोरोना संक्रमणबाट काठमाडौंमा थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौंका थप एक ६४ वर्षीय पुरुषको मृत्यु भएको हो ।काठमाडौंको कलंकीका ती पुरुष १५ साउनमा ललितपुर जिल्ला स्वास्थ्य कार्यालय भर्ना भएका...

लालबाबु पण्डितले वितरण गरे विराटनगर–६ मा राहत सामाग्री

विराटनगर, बैशाख २७–पुर्व मन्त्री तथा मोरङ क्षेत्र नं. ६ संघिय सांसद लालबाबु पण्डितले आफ्नो निर्वाचन क्षेत्र अन्तर्गत विराटनगर महानगरपालिका वडा नं. ६ लाई राहत सामाग्री उपलब्ध गराएका छन् । सांसद पण्डितले विराटनगर वडा नं. ६...

कांग्रेस नेता पौडेलसँग चिनियाँ राजदूतको भेट

काठमाडौं, १३ साउन-नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसँग नेपालका लागि चीनका राजदूत हाउ यान्छीले शिष्टाचार भेटवार्ता गरेकी छन् ।वरिष्ठ नेता पौडेल निवास बोहोराटारमा आज उनीहरूबीच नेपाल र चीनबीचको औपचारिक सम्बन्ध स्थापना भएको ६५औँ वर्षगाँठको अवसरमा...

१० माघदेखि हिसान खेलसप्ताह हुने, ३० हजार विद्यार्थीले भाग लिने

विराटनगर । उच्च माध्यमिक शिक्षालय संघ (हिसान) मोरङले खेलसप्ताह आयोजना गर्ने भएको छ । विराटनगरमा आगामी माघ १० गतेदेखि १६ गतेसम्म खेलसप्ताह गर्ने भएको हो ।गतवर्ष आयोजना गरिएका खेल विधाका अतिरिक्त महिला फूटबल तथा कवड्डी...

विराटनगरमा ४ सहित प्रदेश १ मा १२ जनामा कोरोना संक्रमण

विराटनगर, १० पुस । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १२ जनामा कोरोना संक्रमण भएको छ । १५६ जनाको पीसीआर परीक्षण गर्दा १२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरङमा...

सुनसरीको देवानगन्जमा गोली चलाउने दुई जना पक्राउ, तीन जना अझै फरार

विराटनगर । सुनसरीको देवानगन्जमा गोली चलाई तीन जनालाई घाइते बनाएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा देवानगन्ज-१ का २७ वर्षीय रविन कुमार यादव र सोही ठाउँका २१ वर्षीय पिन्टु यादव रहेका छन्।सुनसरी...

गाउँपालिका अध्यक्षमाथि आक्रमण गर्नेलाई कारबाही गर्न माग

काठमाडौं, ३ साउन-गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालले मोरङ जिल्ला केराबारी गाउँपालिकाका अध्यक्ष रोहितबहादुर कार्कीमाथि कार्यकक्षमै आक्रमण गर्नेलाई कानूनी कारबाहीको दायरामा ल्याउन माग गरेको छ । महासङ्घका महासचिव वंशलाल तामाङले आज विज्ञप्ति जारी गरी शुक्रबार गाउँपालिकाको कार्यालयमा...

३ हजारको थर्मल गन १५ हजारमा बेच्ने सुलभ थप ५ दिन थुनामै रहने

काठमाडौं, २ बैशाख-शंकर ग्रुपका निर्देशक सुलभ अग्रवाल थप ५ दिन थुनामा रहने भएका छन् । २५ चैत २०७६ मा तापक्रम नाप्‍ने 'थर्मल गन'मा कालोबजारी गरेको आरोपमा पक्राउ परेका उनी अहिले दरबारमार्ग प्रहरी कार्यालयको थुनामा रहेका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्