गाउँपालिका अध्यक्षमाथि आक्रमण गर्नेलाई कारबाही गर्न माग

 न्यूज विराट
गाउँपालिका अध्यक्षमाथि आक्रमण गर्नेलाई कारबाही गर्न माग

काठमाडौं, ३ साउन-गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालले मोरङ जिल्ला केराबारी गाउँपालिकाका अध्यक्ष रोहितबहादुर कार्कीमाथि कार्यकक्षमै आक्रमण गर्नेलाई कानूनी कारबाहीको दायरामा ल्याउन माग गरेको छ ।

महासङ्घका महासचिव वंशलाल तामाङले आज विज्ञप्ति जारी गरी शुक्रबार गाउँपालिकाको कार्यालयमा काम गरिरहेका बेला आएको समूहले आक्रमण गरी गम्भीर घाइते बनाएको उल्लेख गरेका छन् ।

यस्तो घटनामा महासङ्घको ध्यानाकर्षण भएको बताउँदै उनले नागरिकको सेवामा लागेका जनप्रतिनिधिमाथि कार्यकक्षमै ज्यान मार्ने उद्देश्यले आक्रमण भएकाले दोषीमाथि कारवाही गर्न माग गरेका हुन् । घाइते कार्कीको विराटनगरस्थित एक अस्पतालमा उपचार भइरहेको छ । महासङ्घले उनको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेको छ ।

सम्बन्धित समाचार

संक्रमण समुदायमा फैलिएकोबारे अध्ययन, तेस्रो चरणमा प्रवेशको खतरा

काठमाडौं, १७ भदौ-सरकारले कोभिड–१९ को संक्रमण समुदायस्तरमा फैलिएको भन्नेबारेमा अध्ययन गर्ने भएको छ । कोभिड–१९ को संक्रमण सबै समूहका मानिसमा देखिरहेको र ट्राभल हिस्ट्रीमा नदेखिएका व्यक्तिमा पनि संक्रमण देखिन थालेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी...

प्रधानमन्त्रीलाई कांग्रेसको १५ बुँदे ज्ञापनपत्र

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले कोरोना संक्रमण रोकथाम गर्न नसकेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई १५ बुँदे ज्ञापनपत्र बुझाएको छ । बिहीबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्रधानमन्त्री ओलीलाई १५ बुँदे ज्ञापनपत्र बुझाउँदै कांग्रेस सभापति शेरबहादुर देउवाले कोरोना...

पछिल्लो २४ घण्टामा थप २ हजार ८ सय २४ जनामा कोरोना पुष्टि

काठमाडौं, १६ कात्तिक-नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ८ सय २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १३ हजार २३ जनाको पीसीआर परीक्षण गर्दा साे संख्यामा संक्रमण पुष्टि...

टिपरको ठक्करले साइकलयात्रीको मृत्यु

पूर्वपश्चिम राजमार्गको कमल गाउँपालिका–५ स्थित गीता पेट्रोल पम्प अगाडि बुधबार साँझ टिपरको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी बसन्त पाठकका अनुसार दुर्घटनामा सोही वडाका १७ वर्षीय सञ्जीव इम्सङ...

देशभर एकै दिन थपिए २ हजार २० संक्रमित

काठमाडौं, २ असोज-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा २ हजारभन्दा बढीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज थप २ हजार २० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड- १९...

को हुन् कोरोना संक्रमित छैठौं नेपाली ?

नेपालमा कोरोना भाइरस (कोभिड–१९) बाट हालसम्म ६ जना संक्रमित भइसकेका छन् । बिहीबार थप एक जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । उनी बाग्लुङकी ६५ वर्षीय वृद्धा हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास...

मोटरसाइकल दुर्घटनामा युवकको ज्यान गयो

विराटनगर, १० जेठ-सुनसरीको हरिनगरा गाउँपालिका-७ कबिलासामा भएको मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनरीकै देवानगञ्ज गाउँपालिका-२ का २५ बर्षीय सजिम अन्सारी रहेका छन् । शनिबार दिउँसो साढे २ बजेको समयमा घुस्कीबाट देवानगञ्जतर्फ...

नेकपा बैठकमा एमसीसीबारे तीनथरी मत

काठमाडौं, माघ १७–नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को जारी केन्द्रीय समिति बैठकमा अमेरिकी अनुदान परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)लाई लिएर ३ धार देखा परेका छन् । बैठकमा वोल्ने सदस्यहरुले एमसीसीवारे गुटगत रुपमा धारणा राखेका छन् । बैठकमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्