३ हजारको थर्मल गन १५ हजारमा बेच्ने सुलभ थप ५ दिन थुनामै रहने

 न्यूज विराट
३ हजारको थर्मल गन १५ हजारमा बेच्ने सुलभ थप ५ दिन थुनामै रहने

काठमाडौं, २ बैशाख-शंकर ग्रुपका निर्देशक सुलभ अग्रवाल थप ५ दिन थुनामा रहने भएका छन् । २५ चैत २०७६ मा तापक्रम नाप्‍ने ‘थर्मल गन’मा कालोबजारी गरेको आरोपमा पक्राउ परेका उनी अहिले दरबारमार्ग प्रहरी कार्यालयको थुनामा रहेका छन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले पहिलो पटक ७ दिनका लागि अनुसन्धान गर्न म्याद थप गरेकामा मंगलबार पुन: ५ दिन म्याद थप गरेको हो ।

उनले करिब ३ हजार रुपैयाँ पर्ने थर्मल गनलाई १५ हजार रुपैयाँमा बिक्री गरेको सूचना आएसँगै प्रहरी अनुसन्धान व्युरोको टोली ग्राहक बनेर थर्मल गन किन्न गएको थियो । सुरुवातमा १६ हजार रुपैयाँ प्रति पिस भनेका उनले १५ हजार रुपैयाँमा दिन तयार भएका थिए । प्रहरीको टोलीले ६७ थान थर्मल गनसहित अग्रवाललाई नियन्त्रणमा लिएर दरबारमार्गको थुनामा राखेको छ ।

सम्बन्धित समाचार

घरेलु तथा साना उद्योगका समस्या समाधान गर्न माग

विराटनगर, फागुन २२–घरेलु, लघु तथा साना उद्योगीहरुका समस्या सम्बोधन गर्न माग गरेका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङको अगुवाईमा उद्योगीहरुले प्रदेश नं. १ का उद्योग पर्यटन बन तथा वातावरण राज्यमन्त्री बिजय बिस्वासलाई...

नेकपाको आयोजनामा मोरङमा बृहत बृक्षारोपण, ३५ हजार पार्टी सदस्यले बृक्षारोपण गरे

विराटनगर, असार १४–मदन जयन्तीको अवसर पारेर मोरङमा जिल्ला व्यापीरुपमा बृहत वृक्षारोपण गरिएको छ । जननेता मदन भण्डारीको ६९ औँ जन्मजयन्तिको अवसर पारेर नेपाल कम्युनिष्ट पार्टी(नेकपा) मोरङले जिल्लाका सवै पालिकाहरुमा ‘वृक्षारोपण गरौँ, वातावरणको सुधार गरौ’ भन्ने...

जसपाका केन्द्रीय सदस्यहरुलाई सम्मान

विराटनगर, २७ कात्तिक–जनता समाजवादी पार्टी मोरङले जिल्लाबाट जनता केन्द्रीय कमिटीमा चयन भएकाहरुलाई बिहीबार स्वागत, बधाई तथा सम्मान कार्यक्रम गरेको छ । पार्टीका युवा नेता उमेश यादवले केन्द्रीय समितिमा चयन भएकाहरुलाई स्वागत गरेका हुन् । गत...

मोरङमा उत्कृष्ट काम गर्दै सरुवा भए एसपी दीपक पोखरेल, यस्ता छन् सफल अनुसन्धान

विराटनगर । विराटनगर– १९ मिलन चोककी २८ बर्सिया प्रियङ्का सुनारको हत्या आफ्नै श्रीमानको योजनामा भएको मोरङ प्रहरीको अनुसन्धानबाट खुलेको थियो । पुरुषसँग अनैतिक सम्बन्ध रहेको भन्दै प्रियाकाको हत्या गर्न २९ वर्षीय श्रीमान् रमेश साहसहित प्रहरीले...

मोरङको धनपालथानमा कांग्रेस–एमालेबिच कडा टक्कर, झिनो मतले कांग्रेसको अग्रता

मोरङको धनपालथान गाउँपालिकामा प्रारम्भिक मतगणनामा नेपाली कांग्रेस र नेकपा (एमाले) बिच कडा टक्कर भएको छ । हालसम्म कुल ४०० मत गणना हुदा नेपाली कांग्रेसले झिनो मत अन्तरले अग्रता लिएको हो । नेपाली कांग्रेसबाट अध्यक्ष पदका...

मन्त्री नआएपछि गण्डकीमा एमालेले गर्‍यो संसद् बैठक अवरुद्ध

गण्डकी प्रदेशसभा बैठक एमालेले अवरोध गरेको छ । मन्त्री सहभागी नभएकाले बैठक चल्न नसक्ने भन्दै एमालेले शुक्रबारको संसद् बैठक अवरुद्ध गरेको हो । `बैठकमा मन्त्री आउनुपर्ने थियो । तर, एक जना पनि हुनुभएन । त्यसैले...

प्रदेश १ मा आज ५७८ जना संक्रमित थपिए

विराटनगर, २५ वैशाख । प्रदेश १ मा आज ५७८ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २११, झापामा १६८, सुनसरीमा ११९, सोलुखुम्वुमा २४, इलाममा २२, धनकुटामा ९, उदयपुरमा ३, संखुवासभा र ताप्लेजुङमा १–१ र प्रदेश...

बेपत्ताकाे खाेजीमा खटिएका प्रहरी चढेकाे डुङ्गा दुर्घटना, १ जना घाइते

काठमाडाैं, १ साउन-मेलम्ची खानेपानी आयोजनाको गेट फुटेर हराइरहेकाहरूकाे खाेजीमा खटिएकाे सशस्त्र प्रहरीको डुङ्गा दुर्घटनामा परेकाे छ ।मंगलबार दिउँसो मेलम्ची खानेपानी आयोजनाको अम्बाथान अडिटको १७ नम्बर गेट फुटेर निस्किएको पानीले २ जनालाई बेपत्ता पारेकाे थियाे । उनीहरूकाे खाेजीमा विपद्...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्