यी हुन् प्रदेश १ मा माओवादी केन्द्रका २६ उम्मेदवार, १३ नयाँ अनुहार, १३ पुरानै

 न्यूज विराट
यी हुन् प्रदेश १ मा माओवादी केन्द्रका २६ उम्मेदवार, १३ नयाँ अनुहार, १३ पुरानै

विराटनगर । प्रदेश १ का २८ प्रतिनिधिसभा र ५६ प्रदेशसभा निर्वाचन क्षेत्रमा नेकपा माओवादी केन्द्रले गठबन्धनबाट २६ जना उम्मेदवार पाएको छ ।
माओवादी केन्द्रबाट प्रतिनिधिसभामा ७ र प्रदेशसभाका १९ निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता भएको हो ।

प्रतिनिधिसभातर्फ माओवादीले ताप्लेजुङमा खेलप्रसाद बुढाक्षेत्रीलाई उम्मेदवार बनाएको छ । नेकपा एमालेका सचिव योगेश भट्टराईसँग मैदानमा उत्रने उनी माओवादीका केन्द्रीय सदस्य हुन् । उनी राजकीय भूमिकामा जाने कसरत सहित पहिले पटक चुनावी मैदानमा होमिएका हुन् ।
माओवादीले झापा २ मा एमाले छाडेर माओवादी केन्द्रमा प्रवेश गरेका हरिकुमार रानालाई उम्मेद्वार बनाएको छ । सो क्षेत्रमा एमालेले पार्टीका प्रदेश इञ्चार्ज देवराज घिमिरेलाई उम्मेदवार बनाएको छ । राना अर्जुनधारा नगरपालिकाका पूर्वमेयर हुन् । उनी पनि संघीय सांसद पदका लागि पहिलो पटक निर्वाचनमा होमिएका छन् ।
यता मोरङको क्षेत्र नं. ४ मा अमनलाल मोदी र ५ मा शिवकुमार मण्डल उम्मेदवार बनेका छन् । उनीहरु दुबै यसअघिको निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएका थिए । मोरङ क्षेत्र नं. ४ मा एमाले र जसपाको गठबन्धनबाट एमालेका विनोद ढकाल र क्षेत्र नं. ५ मा जसपाका राजकुमार यादव उम्मेदवार बनेका छन् । मोदी र मण्डलका लागि संसदीय निर्वाचन पुरानै खेल हो भने प्रतिस्पर्धी उम्मेद्वारमध्ये यादवका लागि नयाँ हो । एमालेबाट उम्मेद्वार बनेका ढकाल भने पटकपटक निर्वाचनमा उम्मेद्वार बनेपनि विजयी बन्न नसकेका नेता हुन् ।
उता सुनसरीको क्षेत्र नम्बर १ मा माओवादीले मुक्साहाङ मेन्याङ्बोलाई उम्मेदवार बनाएको छ । सो क्षेत्रमा एमाले र जसपाको गठबन्धनबाट अशोक राईले उम्मेदवारी दिएका छन् । जसपा सत्ता गठबन्धनमै हुँदा प्रदेशसभा सदस्यका लागि तयारी गरिरहेका मेन्याङ्बोले अन्तिममा संघमै टिकट पाएका हुन् । राईको बाहुल्य रहेको सो क्षेत्रबाट निर्वाचन जित्न मेन्याङ्बोले राम्रै कसरत गर्नुपर्ने देखिएको छ । यद्यपि काँग्रेसको समर्थन गरेको र एमालेबाट उम्मेद्वार नभएको अवस्थामा उनलाई केही सहज देखिन्छ ।

भोजपुरमा माओवादीले निवर्तमान सांसद सुदन किरातीलाई उम्मेदवार बनाएको छ । उनीसँग नेकपा एमालेको तर्फबाट पूर्वमुख्यमन्त्री शेरधन राईले उम्मेदवारी दर्ता गरेका छन् । स्थानीयस्तरमा लोकप्रिय र चिरपरिचित प्रतिस्पर्धी उनका लागि सहज बन्नसक्छ । यद्यपि शेरधन राई एमालेका लोकप्रिय नेताहुन् भने भोजपुरमा एमालेको संगठन बलियो रहेको छ । व्यक्तिगत छवि र प्रभावका कारण सुदनले निर्वाचन जित्ने धेरैले विश्लेषण गरेका छन् ।

खोटाङमा माओवादीले प्रदेशका बहालवाला मन्त्री रामकुमार राईलाई उम्मेदवार बनाएको छ । सो क्षेत्रमा एमालेका विशाल भट्टराई उम्मेदवार बनेका छन् । रामकुमार राईलाई सुरुमै गठबन्धन दल नेपाली काँग्रेसले बाघी उम्मेद्वार दिएका छन् । काँग्रेसलाई मिलाउन नसकेको खण्डमा उनका लागि निर्वाचन जित्न कठिन हुने देखिएको छ । त्यसमा पनि एमालेका चर्चित र स्थानीयस्तरमा लोकप्रिय नेता विशाल भट्टराईलाई पराजित गर्नु राईका लागि सहज देखिँदैन । उता, माओवादीको भागमा परेको भनिएको सोलुखुम्बु भने प्रदेशसभाको दुबै क्षेत्र लिएर प्रतिनिधिसभा काँग्रेसका बलबहादुर केसीलाई दिएको छ ।
यसैगरि ५६ वटा प्रदेश निर्वाचन क्षेत्रमध्ये माओवादीको भागमा १९ वटा परेको छ । पाँचथरको २ बाट प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो उम्मेदवार बनेका छन् भने इलामको २(२) बाट हर्क लावती उम्मेदवार बनेका छन् । लावती नयाँ अनुहार हुन् ।
झापा ३ (१) बाट श्यामबीर लिम्बू, ३ (२) बाट निवर्तमान सांसद पूर्णसिंह राजवंशी, झापा ४(१) बाट प्रदेश सरकारका कृषिमन्त्री झलकसिंह दर्लामी, झापा ५ (२) बाट पार्टीका प्रदेश कोषाध्यक्ष गगन पुरी उम्मेदवार बनेका छन् ।
यसैगरी मोरङ १ (१) बाट निवर्तमान प्रदेश सांसद कुलप्रसाद साम्बा, मोरङ २ (१) बाट पार्टीका प्रदेश सचिब गणेश उप्रेती, मोरङ ६(१) बाट केन्द्रीय सदस्य जीवन आचार्यले उम्मेदवारी दिएका छन् ।
सुनसरी २(१) बाट हालै एमाले छाडेर माओवादीमा प्रवेश गरेका इटहरीका निवर्तमान मेयर द्वारिकलाल चौधरीले उम्मेदवारी दर्ता गरेका छन् भने सुनसरी ३ (१) बाट प्रदेशकी उपसभामुख सरस्वती पोखरेलको उम्मेदवारी दर्ता भएको छ । धनकुटा २ बाट कुशुमकुमारी श्रेष्ठ र तेह्रथुम २ बाट दुर्गा चापागाई उम्मेदवार बनेका छन् । श्रेष्ठ निवर्तमान सांसद हुन् भने चापागाई पार्टीका केन्द्रीय सदस्य हुन् ।
यसैगरी संखुवासभाबाट राजेन्द्र कार्की, सोलुखुम्बुको १ बाट कज्र्याङ शेर्पा, सोलुखुम्बुको २ बाट ठमनाथ पराजुली (ध्रुव), उदपयुरको १ (१) बाट नारायण बुर्जा मगर र उदयपुर २ (१) बाट राजन किराती उम्मेदवार बनेका छन् । ओखलढुंगा २ मा बाबुराम गौतमलाई माओवादीले उम्मेदवार बनाएको छ । गौतम पनि संसदीय राजनीतिमा नयाँ अनुहार हुन् ।

सम्बन्धित समाचार

पारिश्रमिक नपाएको भन्दै मनमोहन मेमोरियल अस्पतालका स्वास्थ्यकर्मी आन्दोलित

सम्झौता गरेअनुसार बाँकी रहेको पारिश्रमिक नदिएको भन्दै काठमाडौंको स्वयम्भूस्थित मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीहरू आन्दोलित भएका छन् । मनमोहन मेमोरियल अस्पतालले स्वास्थ्यकर्मी तथा कर्मचारीलाई तीन महिनाभित्रै बाँकी रहेको सम्पूर्ण पारिश्रमिक भुक्तानी...

प्रधानमन्त्रीद्वारा पूर्व राज्यमन्त्री निसाधको निधनमा दुःख व्यक्त

काठमाडौं, २७ जेठ-प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वउद्योग राज्यमन्त्री मेघराज निसाधको निधनमा दुःख व्यक्त गरेका छन् । सरल जीवनशैली, इमान्दार, राष्ट्रिय भावनाले ओतप्रोत तथा देश र जनताप्रति निष्ठावान् व्यक्तिका...

विराटनगरमा ९ सहित प्रदेश १ मा १२८ जनामा कोरोना संक्रमण

विराटनगर, ३ फागुन । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १२८ जनामा कोरोना संक्रमण भएको छ । ४५३ जनाको पीसीआर परीक्षण गर्दा ६१ र ४१६ जनाको एन्टिजेन परीक्षण गर्दा ६७ जनामा संक्रमण देखिएको सामाजिक विकास...

सञ्चारमन्त्रीमाथि कमिसन बार्गेनिङको आरोप

काठमाडौं, फागुन ८–सेक्युरिटी प्रेस खरिदमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले स्वीस कम्पनीका एजेन्टसँग घुसको बार्गेनिङ गरेको अडियो टेप बाहिर आएको छ । सरकारका प्रवक्ता समेत रहेका मन्त्री बाँस्कोटाले सो अडियो टेपमा सेक्युरिटी प्रेस खरिद...

राजस्वको सेटिङमा ठूला उद्योगीलाई चैन, साना व्यवसायीलाई ऐन

विराटनगर, चैत ४-राजस्व अनुसन्धान कार्यालय सुनसरीको पछिल्लो क्रियाकलापलाई लिएर सुनसरी मोरङ औद्योगिक करिडोरका उद्योगी तथा व्यवसायीले राजस्व चुहावट नियन्त्रणसम्बन्धी काममा संवेदनशील हुन आग्रह गरेका छन् । सरकारको प्रत्यक्ष उद्योग/व्यापार क्षेत्रसँग सरोकार राख्ने निकाय भएकाले उद्योग/व्यवसाय क्षेत्रको...

टिभिएसको ग्राण्ड एक्सेनज मेलामा उपभोक्ताको आकर्षण

विराटनगर । विराटनगरको मुनालपथ अगाडी सुरू भएको टिभिएसको ग्राण्ड एक्सेनज मेलामा सवारी चालक उपभोक्ताहरूको भिड लागेको छ । टिभिएसको आधिकारीक विक्रेता केसरीचन्द भवरलाल पिपलचोक सोरुमले बिजय दशमी र शुभ दिपावलीलाई लक्षित गरी सुरू गरेको मेलामा...

मुख्यमन्त्री कार्यालयमा कार्यरत एक प्रहरीमा कोरोना

विराटनगर, २३ साउन–प्रदेश १ मुख्यमन्त्री कार्यालयमा कार्यरत एक प्रहरीमा कोरोना पुष्टि भएको छ । समुदायमै कोरोना भाइरसको संक्रमण फैलिएको प्रदेश १ को राजधानी विराटनगरमा शनिबार कार्यालयमा कार्यरत एक सुरक्षाकर्मीसहित ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको...

फ्रान्समा प्रतिबन्धात्मक सबै व्यवस्था खुकुलो बनाइयो

एजेन्सी, असार १-फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले कोरोना भाइरस सङ्क्रमण नियन्त्रणका लागि लागु गरिएका कैयौँ प्रतिबन्धात्मक व्यवस्था खुकुलो पारिएको घोषणा गरेका छन् । सो घोषणाअनुसार सोमवारबाट देशैभरि क्याफे तथा रेष्टुराँहरू खुला हुनेछन् भने अन्य युरोपेली राष्ट्रको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्