सञ्चारमन्त्रीमाथि कमिसन बार्गेनिङको आरोप

 न्यूज विराट
सञ्चारमन्त्रीमाथि कमिसन बार्गेनिङको आरोप

काठमाडौं, फागुन ८–सेक्युरिटी प्रेस खरिदमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले स्वीस कम्पनीका एजेन्टसँग घुसको बार्गेनिङ गरेको अडियो टेप बाहिर आएको छ । सरकारका प्रवक्ता समेत रहेका मन्त्री बाँस्कोटाले सो अडियो टेपमा सेक्युरिटी प्रेस खरिद गर्दा कर्मचारीसँग कुरा नगर्न र आफैसँग कुरा गर्न आग्रह गरेका छन् ।

स्वीस कम्पनीका लोकल एजेन्ट विजय मिश्र र मन्त्री बाँस्कोटाबीचको सो संवादमा उनीहरुबीच घुसको बार्गेनिङ चलेको छ । बाँस्कोटाले २० देखि २७ अर्बमा सेक्युरिटी प्रेस स्थापनाको काम सक्न पाए हुन्थ्यो भन्ने आशय व्यक्त गरेका छन् । यस विषयमा सरकारको भने कुनै धारणा आइसकेको छैन । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले यसबारे सरकारको तत्काल कुनै धारणा नआउने संकेत गरेका छन् । उनले यसबारे प्रतिक्रिया माग्दा सञ्चारमन्त्री बास्कोटाले नै यसबारे स्पष्ट पार्नसक्ने बताए ।

यता, सञ्चारमन्त्रीले घुस मागेको अडियो बाहिर आएपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा भने तत्कालीन माओवादी नेताबीच छलफल भएको छ । सो विषयमा अध्यक्ष प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ र गृहमन्त्री रामबहादुर थापा बादलबीच कुराकानी भएको बताइएको छ । यद्यपि सो छलफल के विषयमा केन्द्रित भयो भन्ने जानकारी दिइएको छैन ।

सम्बन्धित समाचार

विराटनगरमा ३८ सहित प्रदेश १ मा ४६ संक्रमित थपिए

विराटनगर, २८ भदौ–प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४६ जना संक्रमित थपिएका छन् । मोरङमा ४१, खोटाङ, उदयपुर र झापा १÷१ र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका...

पूर्व प्रहरी संगठन विराटनगरको अध्यक्षमा कार्की

विराटनगर । नेपाल पूर्व प्रहरी संगठन परिवार विराटनगरको अध्यक्षमा पूर्व डिएपी कविन्द्र कुमार कार्की चयन भएका छन् । विराटनगरमा शनिबार भएको प्रथम नगर साधरणसभाबाट कार्की सर्वसम्मत चयन भएका हुन् । उपाध्यक्षमा पूर्व प्रहरी निरीक्षक मोहन...

भारतबाट आएका थिए चितवनका संक्रमित दम्पति

हेटौँडा, १० जेठ-चितवनका कोरोना भाइरस (कोभिड–१९) संक्रमित दम्पति भारतबाट आएको खुलेको छ । भरतपुर महानगरपालिका–६ केशरबाघका ७४ वर्षीय वृद्ध र ७३ वर्षीया वृद्धालाई शुक्रबार कोभिड–१९ संक्रमणको पुष्टि भएको थियो । बागमती प्रदेशको सामाजि विकास मन्त्रालयले...

माधव नेपाल समूहका नेताहरू स्थायी कमिटी बैठकस्थलमा

काठमाडौं, १ साउन । नेकपा एमालेको स्थायी कमिटी बैठक चलिरहेका बेला माधव नेपाल पक्षधर दोस्रो तहका नेताहरू तुल्सीलाल स्मृति भवनमा पुगेका छन् । बैठकमा सहभागी हुनु भन्दा पनि आफ्ना कुरा राख्न आएको स्थायी कमिटी सदस्य...

साउनदेखि इम्बोस्ड नम्बर प्लेट अनिवार्य

काठमाडौं, ३ असार । सरकारले आगामी १ साउनदेखि इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने भएको छ । साउनदेखि नयाँ दर्ता र नवीकरण गरिने सबै प्रकारका सवारी साधनमा अनिवार्य इम्बोस्ड नम्बर प्लेट लागू गरिने यातायात व्यवस्था विभागका महानिर्देशक...

कोरोनाभाइरसबाट युरोपमा एकको मृत्यु

एजेन्सी, फागुन ४–फ्रान्समा एक चिनियाँ पर्यटकको नयाँ कोरानाभाइरसबाट मृत्यु भएको छ। यो एसिया बाहिर कोरोनाभाइरस रोगबाट पहिलो पटक मृत्यु भएको हो। उनी जनवरी १६ मा फ्रान्स पुगेकी थिइन र २५ जनवरीमा क्वारेन्टाइन अस्पातालमा राखिएको थियो।...

अवरोध अन्त्य गरी संसद सञ्चालनका लागि सहयोग गर्न सभामुख सापकोटाको रुलिङ

सभामुख अग्निप्रसाद सापकोटाले अवरोध अन्त्य गरी संसदलाई प्रभावकारी रूपमा सञ्चालनका लागि सहयोग गर्न रुलिङ गरेका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा रुलिङ गर्दै सभामुख सापकोटाले अवरोध हटाएर संसदलाई प्रभावकारी रूपमा सञ्चालनका लागि सहयोग गर्न आग्रह गरेका...

प्रदेश १ आज ३ संक्रमित थपिए, २२ जना डिस्चार्ज

विराटनगर, असार २८–प्रदेश १ बाट आज २२ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा १२ महिला र १० पुरुषरहेका छन् । वीपीकोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमाउपचाररत झापाका १९, खोटाङका २ र सुनसरीका १ जना डिस्चार्ज...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्