फ्रान्समा प्रतिबन्धात्मक सबै व्यवस्था खुकुलो बनाइयो

 न्यूज विराट
फ्रान्समा प्रतिबन्धात्मक सबै व्यवस्था खुकुलो बनाइयो

एजेन्सी, असार १-फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले कोरोना भाइरस सङ्क्रमण नियन्त्रणका लागि लागु गरिएका कैयौँ प्रतिबन्धात्मक व्यवस्था खुकुलो पारिएको घोषणा गरेका छन् । सो घोषणाअनुसार सोमवारबाट देशैभरि क्याफे तथा रेष्टुराँहरू खुला हुनेछन् भने अन्य युरोपेली राष्ट्रको यात्रा गर्न पनि दिइने छ। कोभिड–१९ को सङ्क्रमणका कारण सबैभन्दा बढी प्रभावित वृद्धाश्रममा रहेका परिवारका सदस्यहरूलाई पनि भेट्न पाइने बताइएको छ ।

राष्ट्रपति म्याक्रोंले टेलिभिजनमार्फत्‌ गरेको सम्बोधनका क्रममा पहिलो जित हात पारेपनि पुनः कोरोना भाइरस फर्किनसक्ने चेतावनी दिए । यसै महिनाको सुरुदेखि फ्रान्सका विभिन्न स्थानमा सामाजिक दूरी कायम गराउने शर्तमा रेष्टुराँ, होटेल र क्याफे खोल्न दिइएको थियो ।

लकडाउन हटाइएसँगै अब २२ जुनबाट विद्यालय समेत सञ्चालनमा आउने भएका छन् ।  राष्ट्रपति म्याक्रोंले भने, ‘यसको अर्थ यो होइन कि भाइरस गइसकेको छ र हामी सुरक्षित हुनका लागि अपनाइएका सावधानीका विधि पूर्ण रूपमा बेवास्ता गर्न सक्छौँ। सन् २०२० को ग्रीष्म ऋतु अन्य गर्मी मौसमभन्दा फरक हुनेछ र भविष्यमा यो फर्किएको खण्डमा सङ्घर्ष गर्नका लागि हामीले यो महामारीको विकासक्रम नियाल्नुपर्छ ।’

मार्च महिनामा हुने निर्धारण गरिएको स्थानीय तहहरूको दोस्रो चरणको निर्वाचन २८ जुनमा गर्ने पनि उनले जानकारी दिएका छन् । उनले भाइरस फैलाउने मुख्य स्थान भन्दै ठूला सभाहरूको आयोजनामा भने कडा रूपमा नियन्त्रण गरिनुपर्ने बताएका छन् ।

पछिल्लो घोषणासँगै मुख्य भूमि फ्रान्स अब ग्रीन जोनमा पर्नेछ । फ्रान्समा कोरोना भाइरसका कारण २९ हजार ४ सयभन्दा बढीको मृत्यु भएको छ भने करिब २ लाख संक्रमित भएका छन ।

सम्बन्धित समाचार

शीर्ष नेतालाई शितल निवासमा राष्ट्रपतिको रात्री भोज

काठमाडौं, १० असार-संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै शीर्ष नेतालाई राष्ट्रपति बिद्यादेवी भण्डारीले रात्री भोज दिने भएकी छिन् ।नेकपा स्थायी समिति बैठक बस्नुअघि राष्ट्रपति भण्डारीले आज साँझ रात्री भोजका लागि निम्तो गरेकी हुन् । रात्री भोजका...

ओली समूहले गर्‍याे प्रचण्डमाथि कारबाही, चार प्रदेश हटाइए, नयाँ ताेकिए

काठमाडौं, ९ पुस-नेपाल कम्युनिस्ट पार्टी ओली समूहले प्रदेश इन्चार्जबाट प्रचण्ड-माधव नेपाल समूहका नेताहरूलाई हटाएको छ। बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकले ओलीईतर पक्षका चार जनालाई प्रदेश इन्चार्जबाट मुक्त गरेको हो । बैठकले प्रदेश १ का इन्चार्ज...

नेपाल–भारत रेलवे सम्झौता संशोधन हुँदै, लागत घट्ने भएपछि व्यवसायी उत्साहित

काठमाडौं, २० असार । नेपाल–भारत रेलवे सर्भिस एग्रिमेन्ट संशोधन हुने भएको छ । संसोधन भएपछि नेपाली व्यवसायीले जुनसुकै कार्गो रेलमार्फत भारतबाट सामान ल्याउन पाउँनेछन् । उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयले संशोधनको ड्राफ्ट भारत सरकारलाई पठाएको...

प्याब्सन स्पोर्ट्स मिट : फुटबलमा पाँच वटा स्कुल विजयी

विराटनगर । १२ औं संस्करणको प्याब्सन स्पोर्ट्स मिट आज दिउँसो ११ बजेबाट सुरू हुदैछ । प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्कीले प्याब्सन स्पोर्ट्स मिटको उद्घाटन गरेपछि औपचारिक रूपमा सुरू हुनेछ । प्याब्सन मोरङको आयोजनामा भएको...

कल्पनाको बयान : आँखै अगाडि छोरीलाई बलात्कार गर्न खोजेपछि हत्या गरेँ

काठमाडौं, २८ साउन-दाङका कृष्णबहादुर बोहोराको वीभत्स हत्याकाण्डको भित्री पाटो विस्तारै खुल्दै गएको छ । २५ साउनमा बोहोराको टोखानगरपालिका- १०, गोंगबु नवज्योतिमार्गका किरण बस्नेतको घरमा हत्या भएको थियो । उनको शव २६ साउनकाे बिहान शरीर, टाउको...

जिल्ला सहकारी संघ मोरंगको अधिवेशनः ५ दलीय गठबन्धनका उम्मेदवारलाई एमालेका एक्ला उम्मेदवारले चटाए धुलो

विराटनगर, २८ पुस । जिल्ला सहकारी संघ लिमिटेड मोरंगको अध्यक्षमा डिल्ली पोखरेल निर्वाचित हुनु भएको छ । उहाँले अध्यक्षका प्रत्यासी वीरेन्द्र यादवलाई २९ मत अन्तरले पराजित गर्नुभएको थियो । पोखरेलले १५६ मत प्राप्त गर्नुभयो भने...

प्रदेशलाई चाँडै कोरोनामुक्त बनाइन्छ : मन्त्री घिमिरे

विराटनगर, जेठ ३१–प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले प्रदेशलाई चाँडै कोरोनामुक्त बनाईने बताएका छन् । प्रदेश सरकारले कोरोना भाईरसको रोकथाम तथा नियन्त्रणमा प्रभावकारी रुपमा काम गरिरहेकाले बढीमा ४ महिना भित्रमा कोरोना मुक्त बनाईने...

नेपालमा कोरोना संक्रमितको संख्या ३१ पुग्यो

नेपालमा कोरोना संक्रमितको संख्या ३१ पुगेको छ । शनिबार थप एक नयाँ संक्रमितको पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । शनिबार एक ६५ वर्षिय पुरुषमा कोरोना संक्रमण देखिएको हो । शुक्रबार मात्रै १४ जना नयाँ संक्रमित...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्