ब्राउनसुगरसहित मोरङको रंगेलीबाट दुई जना पक्राउ

 न्यूज विराट
ब्राउनसुगरसहित मोरङको रंगेलीबाट दुई जना पक्राउ

विराटनगर । मोरङको रंगेली नगरपालिका – ७ स्थितबाट प्रहरीले प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनबर्षी नगरपालिका ४ का २५ बर्षीय अमित कुमार दाश र ३५ बर्षीय निलेश दाश रहेका छन् ।

बुधबार बेलुका ६ बजे इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको चेकिङ टोलीले को।३१ प ४४१४ नम्वरको मोटरसाईकल संका लागि चेकजाँच गर्ने क्रममा पछाडि सवार रहेका अमित कुमार दाशको साथबाट ३६ ग्राम ७।५० मिलिग्राम ब्राउनसुगर बरामद भएको हो ।

प्रतिबन्धित लागुऔषध बरामद भए संगै दुबै जनालाई पक्राउ गरी इलाका प्रहरी कार्यालय रंगेलीबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

३३ किलो सुन तस्करी प्रकरणमा गोरेसहित ६ जनालाई जन्मकैद, प्रहरीसहित अन्यलाई सफाइ

३३ किलो सुन तस्करी प्रकरणमा चुडामणि उप्रेती ‘गोरे’ सहित ६ जनालाई जन्मकैदको सजाय भएको छ । मंगलबार जिल्ला अदालत मोरङका न्यायाधीश भरत लम्सालको इजलासले गोरेसहित टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले, नरेन्द्र कार्की र भोजराज भण्डारीलाई कर्तव्य ज्यानको...

उत्तेजक धार्मिक अभिव्यक्ति दिँदै हिँडेका श्रीनिवास आचार्य पक्राउ

विराटनगर । धार्मिक तथा साम्प्रदायिक सद्भाव भड्काउनेगरी अभिव्यक्ति दिदै हिडेका आफूलाई युवासन्त बताउने श्रीनिवास आचार्य स्वामीलाई प्रहरीले पक्राउ गरेको छ। श्री निवासचार्य उर्फ दिनेश पण्डितलाई प्रहरीले मंगलबार साझ पक्राउ गरेको हो । उनलाई प्रहरीले बराहक्षेत्र...

किशोरीमाथि यौन दुराचार गरेको अभियोगमा बौद्ध धर्मगुरु पक्राउ

काठमाडौं, फागुन २२–प्रहरीले किशोरीमाथि यौन दुराचार गरेको अभियोगमा एक बौद्ध धर्मका धर्मगुरुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अस्ट्रेलियन नागरिक गोविन्द रिन्बोचे छन् । उनलाई महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले गोकर्णेश्वर नगरपालिकाको कदम्बा बुद्धिष्ट प्रतिष्ठानबाट...

अपाङ्ग दिवसको अवसरमा सिपी डे केयर सेन्टरका बालबालिकाले गरे मनोरञ्जन

विराटनगर । विश्व अपाङ्ग दिवसको अवसरमा सिपी डे केयर सेन्टरका बालबालिकाले मनोरञ्जन गरेका छन् । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले उनीहरुलाई रवि शंकर विद्या मन्दिरमा लगेर मनोरञ्जन गराएको हो । सो अवसरमा उनीहरुले उक्त विद्यालयमा...

जनकपुरमा पनि कोरोना परिक्षण मेसिन जडान

जनकपुरधाममा पनि अब कोरोना भाइरस (कोभिड–१९) को परिक्षण सुरु भएको छ । प्रादेशिक अस्पताल जनकपुरधाममा प्रोटेबल पीसीआर मेसिनको जडान गरिएसँगै यहाँ पनि कोरोना परीक्षण सुरु भएको हो ।प्रदेश–२ मा पनि जनकपुरधाममा कोरोना परीक्षण मेसिन उपलब्ध...

नेपालको अद्यावधिक नक्साको अंग्रेजी संस्करण स्वीकृत

काठमाडौं, ३० साउन-नेपालको अद्यावधिक (राजनीतिक/प्रशासनिक) अंग्रेजी संस्करणको नक्सा भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले स्वीकृत गरेको छ । भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले नापी विभागले तयार पारेको अंग्रेजी संस्करणको नेपालको...

नदीजन्य पदार्थको अवैध उत्खनन

मुलुकमा जारी बन्दाबन्दीको मौका छोपेर बाँकेको राप्तीसोनारी गाउँपालिकाअन्तर्गत पर्ने खोलाबाट नदीजन्य पदार्थको अवैध उत्खनन भइरहेको छ । राप्तीसोनारी ३ खैरेनी र साइपुर नाका, वडा नं ४ को लालपुर तथा वडा नं ५ का आलिनगर र...

आईसीपी विवादित, ट्रान्स नेपालका सञ्चालक राठीद्वारा अनधिकृत रकम असुल गरेको खुलासा

विराटनगर, फागुन २६–भारत सरकारको पूर्ण अनुदान सहयोगमा निर्माणसम्पन्न भएको करिब एक सय ६० करोड लगानीको आईसीपीमा विराटनगर भन्सारमा रहेको ट्रान्स नेपालले कब्जा गरेपछि अहिले हल्लिखल्ली हुन थालेको छ । गत महिना मात्र नेपाल र भारतका प्रधानमन्त्रीले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्