जनकपुरमा पनि कोरोना परिक्षण मेसिन जडान

 न्यूज विराट
जनकपुरमा पनि कोरोना परिक्षण मेसिन जडान

जनकपुरधाममा पनि अब कोरोना भाइरस (कोभिड–१९) को परिक्षण सुरु भएको छ । प्रादेशिक अस्पताल जनकपुरधाममा प्रोटेबल पीसीआर मेसिनको जडान गरिएसँगै यहाँ पनि कोरोना परीक्षण सुरु भएको हो ।प्रदेश–२ मा पनि जनकपुरधाममा कोरोना परीक्षण मेसिन उपलब्ध भएसँगै यहाँका बिरामीलाई सहज हुने भएको छ ।

पीसीआर मेसिन जडान गर्न आएका धुलिखेल अस्पतालका सुरेन्द्र मधुपले यो मेसिनमा एक पटकमा एकमात्र नमूना लोड हुने र रिपोर्ट आउन एक घण्टा समय लाग्ने बताए । मधुपले आफूहरु प्राविधिक टोलीसहित मेसिन लिएर जनकपुर आएको र यहाँका प्राविधिकलाई समेत परिक्षणको विधि सिकाएर काठमाडौं फर्कने बताए ।

मधुपसँगै सम्बन्धित क्षेत्रका जानकार विवेक तिमिल्सनासमेत जनकपुरधाम आएका छन् । कोरोना परीक्षण मेसिनको आज सुभारम्भ गर्दै प्रदेश–२ का सामाजिक विकासमन्त्री नवल किशोर साहले अब यहाँका जनतालाई केही राहत पुगेको बताए । उनले छिट्टै सप्तरीको राजविराज तथा पर्साको वीरगन्जमा पनि कोरोना भाइरसको परिक्षण सुरु गर्ने घोषणा गरे ।

सम्बन्धित समाचार

प्रधानमन्त्रीले सम्बोधन सुरु गर्दै भने, ‘देशको जनस्वास्थ्यबारे कुरा गर्न आएको छु’

प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गरेका छन् । उनले सम्बोधन सुरु गर्दै आफ्नो स्वास्थ्यबाहेक जनस्वास्थ्यका विषयमा कुरा गर्ने बताए । विश्वभर फैलिकएको कोरोना भाइरसको जोखिमबाट मुक्त हुने अवस्थामा देश नरहेको बताउँदै यसबाट आफू चिन्तित...

प्रदेश १ मा मंगलबार ८० संक्रमित थपिए

विराटनगर, २३ भदौ–प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८० संक्रमित थपिएका छन् । सुनसरीमा ३७, मोरङमा २२, झापामा १६, ओखलढुङ्गामा २, इलाम, उदयपुर र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको...

थारू कल्याणकारिणीमा विवाद : निर्वाचन रोक्न माग

विराटनगर । थारु कल्याणकारिणी सभा मोरङले विधान विपरीत हुन लागेको निर्वाचन रोक्न माग गरेको छ ।थारु कल्याणकारिणी सभा मोरङले शुक्रबार एक विज्ञाप्ती जारी गर्दै यस्तो माग राखेको हो । निर्वाचन मण्डलीले एक पक्षीय रुपमा थारु...

तेक्वाण्डोका खेलाडीले धेरै गोलमेडल जित्छन् : सदस्य सचिब वाग्ले

विराटनगर । खेलकुद विकास बोर्ड प्रदेश १ का सदस्य सचिब हंशराज वाग्लेले पोखरामा हुन लागेको ९ औं राष्ट्रिय खेलकुद प्रतियोगितामा तेक्वाण्डोबाट सहभागि हुने खेलाडीले सबैभन्दा बढी मेडल जित्ने बताएका छन् । प्रदेश नं. १ आइटिएफ...

तालमेलको मोडालिटीबारे गठबन्धनकाे छलफल अन्योलमा

काठमाडौं, २४ चैत । पाँच दलीय गठबन्धनको प्रदेश, जिल्ला र स्थानीय तहमा गठित सबै संयन्त्रबाट प्रतिवेदन आउन बाँकी छ । संयन्त्रहरूलाई प्रतिवेदन बुझाउने समयसीमा भने मंगलबारसम्म तोकिएको थियो । तर, प्रतिवेदन नै नआएपछि कांग्रेस वरिष्ठ...

पत्रकार निरौला सम्मानित

विराटनगर । दाहाल प्रतिष्ठान केन्द्रीय समिति अन्तर्गत स्थापित विभिन्न कोषबाट तीन सञ्चारकर्मीसहित विभिन्न संस्था सम्मानित भएका छन् । दाहाल प्रतिष्ठान विराटनगरले शनिबार विशेष समारोहको आयोजना गरेर पत्रकारिता क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि सकृय रहेका उदघोष...

प्रहरी र विप्लव नेकपाका कार्यकर्ताबीच गोली हानाहान

संखुवासभा,  १ मंसिर-संखुवासभाको चैनपुर नगरपालिकामा प्रहरी र विप्लव नेकपाका कार्यकर्ताबीच गोली हानाहान भएको छ। प्रहरी र विप्लव नेकपाका कार्यकर्ताबीच चैनपुर नगरपालिकाको मैदानेमा गोली हानहान भएको हो ।  सोमबार दिउँसो करिब ११ बजेतिर  प्रहरीको गस्ती टोलीमाथि...

मुग्लिन-नौबिसे सडकखण्डमा २ सय बढी पहिरो

चितवन, ६ साउन-पृथ्वी राजमार्गको मुग्लिन-नौबिसे सडकखण्डमा साना-ठूला २ सयभन्दा बढी पहिरो खसेका छन् । चितवन र धादिङ जोड्ने मौवाखोलाको पुल र सडक जोड्ने भाग नै बगाएको छ ।  सो खण्ड डिभिजन सडक कार्यालय भरतपुरले हेर्ने...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्