खाना पकाउन ग्यासको तुलनामा विद्युतीय उर्जा ५० प्रतिशत सस्तो

 न्यूज विराट
खाना पकाउन ग्यासको तुलनामा विद्युतीय उर्जा ५० प्रतिशत सस्तो

विराटनगर, २६ भदौ । विद्युतको निरन्तरा एवं गुणस्तरीय विद्युतीय चुल्होको उपलव्धताबाट मुलुकमा एलपिजी ग्यास न्यूनिकरण गर्न सकिने सुझाव सहभागीहरुले दिएका छन् ।

राष्ट्रिय योजना आयोग काठमाडौ र क्लिन कुकिङ्ग एलाइन्सद्वारा संयुक्त्त रुपमा आज यहाँ आयोजित ‘खाना पकाउने स्वच्छ विद्युतीय उर्जाको प्रवद्र्धन ’विषयक छलफल कार्यक्रममा सहभागीहरुले प्रदेश सरकार र स्थानीय निकायले ग्रामीण क्षेत्रका ६० प्रतिशत र शहरी क्षेत्रमा २० प्रतिशत धरधुरीले दाउराको प्रयोग गरिरहेको कार्यलाई निरुत्साहित गर्न विशेष कार्यक्रम ल्याउनु पर्नेमा जोड दिएका छन् ।

उहाँहरुले स्वदेशी विद्युतीय उत्पादनको प्रयोगवाट मुलुकमा प्रत्येक वर्ष रु ६० अर्व वरावरको विदेशी मुद्रा खर्च गरि ल्याउने खाना पकाउने ग्यास न्यूनिकरण गर्न आवश्यक रहेका विचार राखेका छन् ।

सहभागीहरुले विराटनगर महानगरपालिका क्षेत्रको दुई किलोमिटर भित्री स्थानमा अहिलेपनि खाना पकाउनका लागि गुईठालाई इन्धनको रुपमा प्रयोग भइरहेकोले सो कार्यलाई निरुत्साहित गर्न विद्युतीय चुल्हो सहित विद्युतमा विशेष सहुलियत दिनु पर्ने सुझाव राख्नुभयो ।

छलफलमा प्रदेश नं १ खानेपानी,सिंचाई तथा उर्जा मन्त्रालयका सचिव नविनराज सिंह, प्रदेश योजना आयोगका सदस्य ज्ञानेन्द्रबहादुर कार्की,सचिव जयकुमार घिमिरे र उर्जाविज्ञ मोहन दास लगायतले प्रदेश सरकारले गत वर्ष १२ स्थानीय पालिकामा विद्युतीय चुल्हो प्रदान गरेको र सहरी क्षेत्रका होटल व्यवसायी एवं घरधनीहरुलाई विद्युतीय चुल्हो प्रयोग गर्नका लागि कर लगायतमा छुट दिनु पर्ने सुझाव दिनुभयो ।

एलाइन्सका नेपाल प्रमुख करुणा बज्राचार्यले खाना पकाउन स्वच्छ उर्जा कार्यक्रम र नीति विज्ञ पुरुषोत्तम घिमिरेले सङ्घ,प्रदेश र स्थानीय सरकार स्वच्छ उर्जा कार्यक्रम विषयक अवधारणा पत्र प्रस्तुत गर्नु भएको थियो ।

छलफलमा होटल व्यवसायी राजन श्रेष्ठ, सरिता खनाल, प्रदीप वुढाथोकी लगायतले जनताको माग अनुसार स्वदेशमा विद्युतीय चुल्हो निर्माण गर्नु पर्ने बताउनुभयो ।

नेपालमा ६८ लाख धरधुरी रहेका छन् भने वार्षिक २२ हजार मानिस खाना पकाउन इन्धनको प्रयोग गरिने दाउरा र गुईठाको धँुंवाबाट मृत्यु हुने गरेको सोही अवसरमा जानकारी दिइयो ।

खाना पकाउनका लागि ग्यासको तुलनामा विद्युतीय उर्जा ५० प्रतिशत सस्तो हुनका साथै मुलुकलाई आत्मनिर्भर बनाउन यसको प्रयोगका लागि अभियानको रुपमा संचलन गर्नुपर्ने अवस्था रहेको छ ।

सम्बन्धित समाचार

तस्करीको कपडासहित चार जना पक्राउ

विराटनगर । भारतदेखि अवैध रूपमा चोरी तस्करी गरी कपडा ल्याउने चार जना पक्राउ परेका छन् । इलका प्रहरी कार्यालय रानी विराटनगरले तस्करीको कपडासहित सोमबार चार जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका १५...

काठ तस्करी गर्न टिपर प्रयोग, सःमिल सञ्चालक पक्राउ

विराटनगर । पूर्वको साझेदारी र सामुदायिक वन क्षेत्रमा काठ मिल सञ्चालकको मिलेमतोमा व्यापक चोरी–तस्करी हुने गरेको पाइएको छ । तस्करको समूहले घना जङ्गलभित्र टिपर लगेर रातको समयमा सालको काठ चोरी–तस्करी हुने गरेको पाइएको हो ।...

कोरोनाबाट उपत्यकाका ६ सहित १४ को मृत्यु, ३९८ जना भेन्टिलेटर र आईसीयूमा

काठमाडौं, २४ असोज-कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टाको अवधिमा थप १४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा दुई महिला र १२ पुरुष संक्रमितको निधन भएको हो । कोरोना...

रोटरी क्लब अफ विराटनगर डाउनटाउनसहित पाँच क्लबद्वारा सेरेब्रल पाल्सी र डाउन सिन्ड्रोमका विषयमा सचेतना

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनसहित पाँच क्लब मिलेर सेरेब्रल पाल्सी र डाउन सिन्ड्रोमका विषयमा सचेतना मुलक कार्यक्रम आयोजना गरेका छन् । रोटरी क्लब अफ डाउनटाउन विराटनगर र यसका अन्य पाँच होस्ट क्लबहरू आरसी...

अन्तरविद्यालय स्तरीय विज्ञान प्रदर्शनी, ३५ स्कुलको सहभागि

विराटनगर । विराटनगर महानगरपालिकाले अन्तरविद्यालयस्तरीय विज्ञान प्रदर्शनी आयोजना गरेको छ । प्रदर्शनीको महानगरका मेयर नागेश कोइरालाले उद्घाटन गरे । विराटनगरस्थित आदर्श माविमा आयोजित प्रदर्शनीमा विराटनगर क्षेत्रका ३५ वटा विद्यालयले सहभागिता जनाएका छन् । ९ देखि...

बागलुङबाट हेलिकोप्टरमार्फत् उद्धार गरी पोखरा ल्याएकी गर्भवतीको मृत्यु

बागलुङबाट हेलिकोप्टर चाटर्ड गरी पोखरा ल्याइएकी गर्भवती महिलाको अस्पालल नपुर्‍याउँदै  मृत्यु भएको छ । ढोरपाटन नगरपालिका–१ की ३३ वर्षीया भीमा भुषाल पाण्डेलाई प्रसव व्यथाले च्यापेपछि हेलिकोप्टरबाट पोखरा ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो । प्रसव...

मोरङको लेटाङबाट १ लाख ८८ हजार रुपैयाँसहित ७ जुवाडे पक्राउ

विराटनगर,  २ मंसिर-मोरङको लेटाङबाट मंगलबार जुवा खेल्दै गरेका सात जनालाई पहरीले पक्राउ गरेको छ । लेटाङ- ९ स्थित जाँतेमा स्वेताम मगरको घरमा छापामारेर प्रहरीले १ लाख ८८ हजार नगदसहित सात जनालाई जुवाको खालबाट पक्राउ गरेको...

एक महिने ब्युटिसियन तालिम सकियो

विराटनगर । एक महिने (१८० ) घण्टे ब्युटिसियन आधारभूत शिप विकास तालिम सम्पन्न भएको छ । विराटनगर महानगरपालिकाको सहयोग र ओसिन ब्युटिपार्लरको आयोजनामा भएको एक महिने ब्युटिसियन तालिम बुधबार सम्पन्न भएको हो । महिलाहरुलाई आत्मनिर्भर...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्