बागलुङबाट हेलिकोप्टरमार्फत् उद्धार गरी पोखरा ल्याएकी गर्भवतीको मृत्यु

 न्यूज विराट
बागलुङबाट हेलिकोप्टरमार्फत् उद्धार गरी पोखरा ल्याएकी गर्भवतीको मृत्यु

बागलुङबाट हेलिकोप्टर चाटर्ड गरी पोखरा ल्याइएकी गर्भवती महिलाको अस्पालल नपुर्‍याउँदै  मृत्यु भएको छ । ढोरपाटन नगरपालिका–१ की ३३ वर्षीया भीमा भुषाल पाण्डेलाई प्रसव व्यथाले च्यापेपछि हेलिकोप्टरबाट पोखरा ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

प्रसव व्यथाले च्यापेपछि सोमबार बिहान प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङ लगिएकी पाण्डेलाई उपचारको लागि पोखरा पठाइएको थियो । पाठेघरभन्दा बाहिर गर्भ बसेर (इक्टोपिक प्रिजेन्सी) गर्भासय  नली फुटेर अत्याधिक रक्तश्राव भएको भेटिएपछि बुर्तिबाङको प्राथमिक स्वास्थ्य केन्द्रले धौलागिरी अञ्चल अस्पताल बागलुङ रिफर गरेको थियो ।

अञ्चल अस्पताल बागलुङ पठाउने तयारी थाल्दै गर्दा पाण्डेको अधिक रक्तश्राव भएपछि बडिगाड गाउँपालिकाको पहलमा हेलिकोप्टरमार्फत पोखरा पठाएको हो ।

गण्डकी अस्पताल पोखराका निर्देशक डा. अर्जुन आचार्यले महिलाको अस्पताल नआउँदै मृत्यु भइसकेको  बताए । मृतक भुषाललाई बडिगाड गाउँपालिकाको केन्द्र ग्वालीचौरबाट उद्धार गरी हेलिकोप्टरमार्फत पोखरा ल्याइएको थियो ।

सम्बन्धित समाचार

पर्यावरणको असन्तुलनले मानव स्वास्थ्यमा असरः मन्त्री मगर

विराटनगर, २८ असार । प्रदेश नं १ का कृषि मन्त्री झलकबहादुर मगरले पर्यावरण असन्तुलनले मानव स्वास्थ्यमा धेरै असर परिरहेको बताउनुभएको छ । पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयद्वारा आज यहाँ आयोजित एक स्वास्थ्य रणनीति कार्यान्वयनका लागि...

विराटनगर नर्सिङमा स्नातकोत्तर पढाइ हुनुपर्ने माग

विराटनगर । विराटनगर नर्सिङ क्याम्पसमा स्नातकोत्तर पढाइ हुनुपर्नेमा यहाँ आयोजित एक कार्यक्रममा सरोकारवालाहरुले माग गरेका छन् । विराटनगर नर्सिङ क्याम्पसले राखेको नर्सिङमा नयाँ विधि र ढाँचा विषयमा सुरु गरिएको दुई दिवसीय अनुसन्धान सम्मेलनको उद्घाटन कार्यक्रममा...

विश्वध्वजासहित ३ वटै लिङ्गो उठेन

भक्तपुर, ३० चैत-बिस्केटको चहलपहल हुने भक्तपुर सुनसान छ । प्रत्येकवर्ष चैत मसान्तका दिन भक्तपुरको पोटरीस्क्वायरस्थित कुमालेटोलमा स्थानीयले उठाउने हात नभएको लिङ्गो आज उठाइएन । आज बिहान विधिपूर्वक पूजा गरेर उठाउनु पर्ने लिङ्गो नउठाएर सामान्य पूजा...

रोटरी क्लब अफ विराटनगर डाउन टाउनद्वारा मानव सेवा आश्रमलाई खाद्यान्न हस्तान्तरण

विराटनगर, ५ मंसिर । सामाजिक कार्यमा अग्रसर रोटरी क्लब अफ विराटनगर डाउन टाउनले विराटनगरस्थित मानव सेवा आश्रमलाई खाद्यान्न हस्तान्तरण गरेको छ। क्लबले एक कार्यक्रमकाबीच मानव सेवा आश्रम र सो आश्रमका दुई वटा शाखामा आश्रित २...

अखिलका विद्यार्थीलाई ओलीको निर्देशन: पदको लडाइँ गरेर प्रचण्ड–माधवजस्तो बन्न नखोज्नू

काठमाडौं, २ असोज । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पदका लागि विवाद नगर्न विद्यार्थी नेताहरुलाई आग्रह गरेका छन् । शनिबार ललितपुरको च्यासलस्थित पार्टीनिकट अनेरास्ववियूको केन्द्रीय सचिवालय बैठकलाई सम्बोधन गर्दै ओलीले युवा भएकाले अहिले आफ्नो...

शशांकको समर्थन पनि देउवालाई

नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टी सभापतिको निर्वाचनमा शेरबहादुर देउवालाई समर्थन गर्ने भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार दिउँसो भएको छलफलपछि कोइरालाले देउवालाई समर्थन गर्ने भएका हुन् । नेता प्रकाशमान सिंह, विमलेन्द्र निधि...

कोरोना संक्रमणबाट भारतमा पूर्वमन्त्रीको निधन

एजेन्सी, साउन २३-कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट भारतीय मार्क्सवादी पार्टी (सीपीएम) का वरिष्ठ नेता तथा पश्चिम बंगाल राज्यका पूर्वमन्त्री श्यामल चक्रवर्तीको मृत्यु भएको छ । ७६ वर्षीय चक्रवर्तीको मृत्यु उपाचारका क्रममा बिहीबार कोलाकातास्थित एक अस्पतालमा भएको...

नेकपा (एमाले) मोरङले सुरु गर्यो तीन महिने ‘वडा जागरण’ अभियान

विराटनगर, ७ माघ । नेकपा (एमाले) मोरङले तीन महिने ‘वडा जागरण’ अभियान सुरु गरेको छ । शुक्रबार विराटनगरमा एमाले मोरङको ९ औँ जिल्ला अधिवेशनबाट निर्वाचित कमिटीको पहिलो पूर्ण बैठकले जिल्लाका एक सय ५९ वटै वडामा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्