मोरङको लेटाङबाट १ लाख ८८ हजार रुपैयाँसहित ७ जुवाडे पक्राउ - News Birat

मोरङको लेटाङबाट १ लाख ८८ हजार रुपैयाँसहित ७ जुवाडे पक्राउ

न्यूज विराट
विराटनगर,  २ मंसिर-मोरङको लेटाङबाट मंगलबार जुवा खेल्दै गरेका सात जनालाई पहरीले पक्राउ गरेको छ । लेटाङ- ९ स्थित जाँतेमा स्वेताम मगरको घरमा छापामारेर प्रहरीले १ लाख ८८ हजार नगदसहित सात जनालाई जुवाको खालबाट पक्राउ गरेको हो ।

प्रहरीले लेटाङ ९ का ४५ वर्षीय ददिराम पौडेल, २५ वर्षीय निर्मल मगर, ३१ वर्षीय रञ्जित गजमेर, ५२ वर्षीय नरध्वज खड्का, ३२ वर्षीय चन्द्रबहादुर गौतम, २९ वर्षीय सिरिकुमार पुलामी मगर र तेह्रथुम मेन्सायोङ ३ का यमकुमार शेर्पालाई पक्राउ गरेको हो ।

प्रहरीले नगदसहित एक सेट कौडा, ६ बुक तास र १६ थान मोवाइल बरामद गरेको छ । प्रहरीले जुवाको खालमा रहेका अन्य व्यक्तिहरु भागेको आशंकासमेत गरेको मोरङ प्रहरीको भनाइ छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles