विराटनगर,१२ भदौ । नेपाली कांग्रेस(विपी)का केन्द्रीय सभापति शुशिलमान शेरचनले आफ्नो पार्टीलाई जनताले आगामी निर्वाचनबाट राष्ट्रिय पार्टी बनाउने बताएका छन् ।
विराटनगरमा आज पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै सभापति शेरचनले पार्टीले संघीउ संसदको १६५ निर्वाचनमा उम्मेदवार उठाउने र अध्याधिक स्थानमा विजयी हुने दावी समेत गरे ।
उनले पार्टीले मुलुकमा सुशासन कायम गर्न , गरिवी निवारण , राष्ट्र र राष्ट्रियता जोगाउने उद्देश्यले सोही अनुरुप कार्य गर्ने बताए ।
पार्टीका वरिष्ठ उपसभापति कर्णबहादुर मल्लले पार्टीले अहिले ७७ जिल्लामा सङ्घीय संसद र प्रदेश सभाको उम्मेदवार तय गर्न, विभिन्न पार्टीका कार्यकर्ताहरुलाई प्रवेश र कार्यकर्ता भेलाको आयोजना गरिरहेको जानकारी दिए ।
उनले वीपीले अङ्गिकर गरेको वाटोमा पार्टी सञ्चालन भैरहेको दावी गर्दै लोकतन्त्रमा जनताको समृद्धि मुख्य एजेण्डा भएको धारणा राखे ।