सेमिफाइनलमा पुलिस, आर्मी, सुदूरपश्चिम र मधेस प्रदेश

 न्यूज विराट
सेमिफाइनलमा पुलिस, आर्मी, सुदूरपश्चिम र मधेस प्रदेश

विराटनगर । गिरिजाप्रसाद कोइराला स्मृति चौथो राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको सेमिफाइनलमा विभागीय टोलीसहित चार टिम पुगेको छ । शनिबार लिग चरणमा आर्मी, पुलिस, सुदूरपश्चिम र मधेस प्रदेश सेमिफाइनलमा पुगेको हो ।

लिग चरणमा सबै समिकरण पूरा हुँदा अंक तालिकाको आधारमा समूह ‘ए’ तर्फ त्रिभुवन आर्मी क्लब पहिलो र दोस्रो स्थानमा नेपाल पुलिस छन् । समूह ‘बि’ तर्फ पहिलो सुदूरपश्चिम प्रदेश र दोस्रो मधेस प्रदेश रहेका छन् ।
प्रतियोगिताको आइतबार हुने सेमिफाइनलको पहिलो खेल आर्मी र मधेस प्रदेश तथा दोस्रो खेल सुदूरपश्चिम र पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

विराटनगरको सहिद रंगशालामा भइरहेको प्रतियोगिताअन्तर्गत शनिबारको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशले मधेस प्रदेशलाई ५–३ गोलमा पराजित गरेको छ । सुदूरपश्चिमका दीपकराज जोशीले २ गोल, धिरेन्द्रबहादुर , शेरबहादुर चन्द र महेश नेपालीले समान १–१ गोल गरेका थिए । मधेस प्रदेशका विशला क्षेत्री, रुपक दाहाल र रुपेश राईले समान १–१ गोल गरेका थिए । खेलको म्यान अफ द म्याच सुदूरपश्चिमका महेश नेपाली भए ।
त्यस्तै, अर्को खेलमा गण्डकी र कर्णाली प्रदेशले २–२ गोलको बराबरी खेलेर अंक बाँड्दै लिग चरणबाट बहिरिएका छन् । गण्डकीका संगम जेटी र असिम बाहेकले गोल गरे । कर्णालीका लागि जीवन राउतले २ गोल गरेका थिए । खेलको म्यान अफ द म्याच कर्णालीका जीवन राउत भए ।
शुक्रबार राति भएको खेलमा साबिक विजेता त्रिभुवन आर्मीले पूर्व विजेता गण्डकी प्रदेशलाई ८–१ को फराकिलो गोल संख्यामा पराजित गरेको छ । आर्मीका रोमन रानाले ३ गोल, काशीराजले २ गोल, देवसिंह धामी र प्रदीप राजवंशीले समान १–१ गोल गरे । गण्डकीका असिम बाहेकले एक गोल फर्काए । खेलको म्यान अफ द म्याच आर्मीका नितिश न्यौपाने भए ।
नेपालमा पहिलो पटक रात्रीकालीन हक्की खेल
नेपालमा पहिलो पटक रात्रीकालीन हक्की खेल शुक्रबार राति भएको छ । प्रतियोगिताका संयोजक तथा पूर्व अन्र्तराष्ट्रिय खेलाडी रञ्जन थापाका अनुसार हक्कीलाई रात्रीकालीन बनाउन सकिने आधार तयार गर्ने क्रममा पहिलो पटक विराटनगरमा खेल सम्पन्न भएको छ ।


नेपाली टोलीले विदेशमा बाहेक स्वदेशमा पहिलो पटक हक्की खेलका हुन् । यस खेलबाट यहाँ पनि रात्रीकालीन खेल सम्भव भएको पुष्टि भएको छ । हक्कीलाई संरक्षण गर्ने क्रममा प्रतियोगिता आयोजना गरेरै पहिलो पटक प्रयास गरेकोमा सफल भएका छौं, थापाले भने ।
उनले अगामी दिनमा यसरी रात्रीकालीन खेल खेलाउन सके खेलप्रति अरुलाई आकर्षित बनाउन सकिने मात्र नभई यसमा खेलप्रेमीलाई समेत आकर्षण गराउन सकिन्छ । यसले फुटबल, क्रिकेटसँगै मैदानमा हक्कीलाई समेत राति खेलाउन सक्ने पक्का आधार तयार भएको थापाले बताए ।

सम्बन्धित समाचार

विज्ञापन बोर्डमा अधिकारी र टेलिभिजन बोर्डमा मुखिया नियुक्त

सरकारले विज्ञापन बोर्डको सदस्यमा चेतन अधिकारी र नेपाल टेलिभिजनको बोर्ड सदस्यमा सवनम मुखिया नियुक्त गरेको छ । मन्त्रिस्तरीय निर्णयबाट सोमबार अधिकारी र मुखिया चार वर्षका लागि नियुक्त भएका हुन् । नवनियुक्त सदस्यद्वय अधिकारी र मुखियालाई...

विराटनगरमा पत्रकार महासंघको तीज कार्यक्रम, महिला सञ्चारकर्मीलाई साडी वितरण

विराटनगर, ८ भदौ । मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले नेपाली महिलाहरुले मनाउने तीज पर्वबाट एक आपसमा सद्भाव बढेको बताउनुभयो । नेपाल पत्रकार महासङ्घ मोरङद्वारा आज यहाँ आयोजित तीज कार्यक्रममा शुभकामना व्यक्त्त गर्दै प्रजिअ दाहालले...

स्वाब दिए पनि अनिवार्य क्वारेन्टाइनमा बस्नुहोला : मन्त्रालय

काठमाडौं, ७ भदौ-पीसीआरको स्वाब सङ्कलन गरिसकेपछि सबैलाई क्वारेन्टाइनमा बस्न आग्रह गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पीसीआर परीक्षण गरिसकेपछि पनि क्वारेन्टाइनमा नबसेको भन्ने गुनासो आएकाले क्वारेन्टाइनमा अनिवार्य बस्न अनुरोध गरेका...

प्रहरीको गोलीले ६ वर्षमा मारिए ७ हजारभन्दा बढी अश्वेत

एजेन्सी, जेठ २०-अफ्रिकी मूलका अमेरिकी नागरिकमाथि लामो समय विभेद हुँदै आएको छ । पछिल्लो समयमा फेरि एक जना अश्वेत अमेरिकी जर्ज फ्लाइडको हत्यापछि प्रदर्शन चर्किएको छ । मिनेसोटामा ४६ वर्षीय फ्लोइडको हत्याविरुद्धको प्रदर्शन राष्ट्रपति भवन...

भारतमा अलपत्र नेपालीका लागि पूर्वमन्त्री विष्टले पठाए सहयोग

काठमाडौं, १२ जेठ-पूर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टको पहलमा भारतमा कोरोना महामारीका कारण अलपत्र परेका नेपालीका लागि राहत वितरण गरिएको छ । विष्टले पठाएको आर्थिक सहयोगबाट ‘द वर्नईन नेपाल युथ क्लब, दिल्ली’...

नेपालमा मनसुन प्रवेश गर्दै

नेपालमा अहिले मनसुन प्रवेश नभए पनि मनसुनी गतिविधिको प्रभावले बदली र वर्षा भइरहेको छ । अबको दुई/चार दिनभित्रै नेपालमा मनसुन प्रवेश गर्ने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद्...

शिक्षादीप स्पोर्टस् मिट सुरू,पाँच सय बढी विद्यार्थीको सहभागि

विराटनगर । विराटनगरस्थित शिक्षादीप कलेजमा शिक्षादीप स्पोर्टस् मिट २०७९ सुुरू भएको छ । विराटनगरमा बिहीबार एक कार्यक्रम आयोजना गरी स्पार्टस् मिट सुरू भएको हो । हप्तादिनसम्म संचालन हुने स्पोर्टस् मिटको उद्घाटन कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्काले...

रोल्पा बम विष्फोट घटनाको अनुसन्धान गर्न कांग्रेसको माग

काठमाडौं, १९ वैशाख-नेपाली कांग्रेसले रोल्पाको त्रिवेणी गाउँपालिकामा बेवारिसे अवस्थामा रहेको बम बिस्फोटमा परी ४ अबोध बालबालिकाको मृत्यु भएको घटनाको अनुसन्धान गर्न सरकारसँग माग गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रबार १ विज्ञप्तिमार्फत उक्त घटनाले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्