कोशीमा बाढी पहिरो : कहाँ–कहाँ सडक अवरोध, चारवटा सडक अझै खुलेन, पाँचवटा सडक सुचारु

 न्यूज विराट
कोशीमा बाढी पहिरो : कहाँ–कहाँ सडक अवरोध, चारवटा सडक अझै खुलेन, पाँचवटा सडक सुचारु

विराटनगर । शनिबार बिहान राती परेको अविरल वर्षाको कारण अवरुद्ध बनेको कोशी प्रदेशका ९ वडा सडकमध्ये पाँचवटा एकतर्फी खुलेको छ ।
कोशी प्रदेश प्रहरी कार्यालयले दिएको विवरण अनुसार अझै चारवटा सडक खुलेको छैन । अझै सुचारु हुन नसकेको सडकहरुमा कोशी राजमार्ग धनकुटाको साँगुरिगढी ६ फेदि स्थित लेउती खोलामा आएको बाढीले १ सय मिटर सडक कटान गरेर बगाएको छ । उक्त सडकको वैकल्पिक मार्ग पनि नभएको र खुलाउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ । यस्तै धनकुटाको चौविसे गाउँपालिका ४ मा निर्माणाधिन तमोर करिडोरको सडक खण्डअन्तर्गत छरुवा खोलामा बाढी आउँदा बाटो अवरुद्ध बनेको छ । यस्तै साँगुरिगढी ५ पहिरेस्थित डाँडाबजार, लुम्बाजुङ, कुहिभिर, ढाडेडाँडाको रवि राँके भेडेटार सडकमा पहिरो खस्दा एक पिकअप भेन पुरेको छ । उक्त सडक पनि अझै खुल्न नसकेको प्रहरीले जनाएको छ ।
उता, उदयपुरको बेलका नगरपालिका ८ कोठुखोलास्थित उदयपुर मैनामैनी चुहार हुँदै भोजपुरसम्म संचालन हुने भित्री सडक पहिरोको कारण अवरुद्ध बनेको छ । अहिलेसम्म सो सडक खुल्न सकेको छैन । अबरुद्ध सबै सडक खुलाउने प्रयास जारी रहेको कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी इश्वरबाबु कार्कीले जानकारी दिए ।
वर्षापछि आएको बाढीले अवरुद्ध बनेको धनकुटाको साँगुरिगढी ६ स्थित नमस्ते झरना छेउमा अवरुद्ध बनेको कोशी राजमार्ग एकतर्फी खुलेको छ । यस्तै कोशी राजमार्ग अन्तर्गत सुनसरीको धरान १३ निशाने खोलामा आएको बाढीले पुलमा लेदो थुप्रिएको र रुख ढलेको कारण बन्द भएको बाटो पनि खुलेको छ ।
यस्तै सुनसरीको चतरा बहराहक्षेत्र भित्री सडक खण्डमा १५ मिटर झरेको पहिरो सुरक्षाकर्मीे हटाएको छ भने झापाको मेचीनगर ६ कालिखोलास्थित पूर्वपश्चिम राजमार्गमा आएको बाढीका कारण बगाएको कालिखोला डाइभर्सन पुनः निर्माण गरिएको छ । यस्तै इलामको माइ नगरपािलका ७ स्थित महमाई इलामबाट लारुम्बा जाने भित्री पक्की सडक खण्डमा पहिरो झरेर अवरुद्ध बनेको बाटो पुनः सुचारु भएको प्रहरीले जनाएको छ ।
यसैबीच पहाडि क्षेत्रमा परेको अविरल वर्षाको कारण बढेको केशलिया खोलाले बाँध फुटाउँदा विराटनगर १२ नम्बरको एकीकृत नमूना वस्ती जलमग्न भएको छ । १४५ घर दलित, मुसहर समुदायको वस्ती रहेको सो स्थानमा तत्काल बाँधको पुनः निर्माण नगरे थप जोखिम बढ्ने विराटनगरले जनाएको छ । हाल बाँसको जाली बनाएर सामान्य बाँध बनाएको भएपनि ठूलो बाढी आएको खण्डमा त्यसले नथाम्ने भन्दै सर्वसाधारण त्रसित बनेका छन् ।

सम्बन्धित समाचार

बुद्ध जयन्तीमा माेदी नेपाल आउने, देउवासँग लुम्बिनीमा भेट्ने

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आगामी २ जेठ अर्थात् बुद्ध जयन्तीमा नेपाल भ्रमणमा आउने भएका छन् । भारतीय पत्रिका द हिन्दूले आफ्नो अनलाइन संस्करणमा उल्लेख गरेअनुसार माेदी १६ मेमा बुद्ध जयन्तीको अवसर पारेर नेपाल आउने तयारीमा छन् । तर, यसबारे नेपालकाे परराष्ट्र...

लाईसेन्सको परीक्षा गराउने जिम्मा निजि ट्रायल सेन्टरलाई दिएको भन्दै खारेजीको माग

विराटनगर, २८ पुस-सवारीचालक अनुमतिपत्रको परीक्षा गराउने जिम्मा निजि ट्रायल सेन्टरलाई दिएको भन्दै नेकपाको दाहाल नेपाल समूहको अनेरास्ववियूले प्रदेश १ को प्रदेश सभा सचिवालयको ध्यानाकर्षण गराउदै निर्णय खारेजीको माग गरेको छ। प्रदेश १ सरकारले पुस १५...

नेपाल प्रहरीका २२ एसपीको सरुवा

काठमाडौं, ५ मंसिर । नेपाल प्रहरीले २२ प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरेको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको शनिबारको निर्णयानुसार प्रहरी उपरीक्षकको सरुवा गरिएको हो । यसअघि २९ कात्तिकमा पनि आठ एसपीको सरुवा भएको...

बढ्यो कोरोना, थप १ सय १३ जनामा संक्रमण

कोरोनाको संक्रमणदर बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एकैदिन थप १ सय १३ जनामा संक्रमण पुष्टि भएको छ । २ हजार ७ सय २४ को परीक्षणमा १ सय १३ जनामा संक्रमण देखिएको हो...

गठबन्धन सरकारको अर्काे उपहार : फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य (सूचीसहित)

काठमाडौं, फागुन ५ । सरकारले पेट्रोलियम पदार्थको मुल्य फेरि बढाएको छ । आजबाट लागू हुने गरी नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भारी मूल्यबृद्धि गरेको हो । निमगले मुल्य बढाउँदा अन्तरराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढिरहेकाले...

भारतबाट आएका आमालाई वडाध्यक्षले नै क्वारेन्टाइनबाट जबर्जस्ती घर लगे

रुपन्देही, २६ वैशाख-रुपन्देहीको समरीमाई गाउँपालिका-१ का वडाध्यक्ष शिवकुमार यादवले भारतबाट आएकी आमालाई जबर्जस्ती क्वारेन्टाइनबाट निकालेर घर लगेका छन् । समरीमाई-७, बेतकुइया मर्चवारको भैसागाहन मदरसामा २ दिनदेखि रहेकी ४८ वर्षीया सावित्री यादव ३ दिनअघि भारतबाट लुकिछिपी...

कोशीको सत्ता राजनीति : मुख्यमन्त्री पाए मात्रै राप्रपा नयाँ गठबन्धनमा जाने

काठमाडौँ — कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि निर्णायकमध्ये एक मानिएको राप्रपासँग कांग्रेस र माओवादीका नेताहरूले चरणबद्ध छलफल गरिरहेका छन् । तर प्रदेशसभामा ६ सिट भएको राप्रपाले कांग्रेस(माओवादीको गठबन्धनसँग मुख्यमन्त्री आफूले पाउनुपर्ने सर्त अगाडि सार्न...

मीरगञ्ज पुल संचालनमा आयो,  उद्योगी व्यवसायी उत्साहित

विराटनगर । भारतको मीरगञ्जको परमान नदीमाथि पक्की मोटरेबल पुल बनेपछि भारतीय पक्षले एक बर्ष पछि आधिकारिक रुपमा शुक्रबार सुचना जारी गर्दै पुलबाट आवतजावत गर्न सकिने अनुमति दिएको छ ।मोरंग ब्यापार संघको पहलमा दुवै देशका नेता...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्