मेरील्याण्ड कलेजमा भब्य भयो अभिमुखीकरण

 न्यूज विराट
मेरील्याण्ड कलेजमा भब्य भयो अभिमुखीकरण

विराटनगर । व्यवस्थापन शिक्षामा अब्बल रहेको विराटनगरस्थित मेरील्याण्ड कलेजले कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूलाई स्वागतसँगै अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ । कलेज परिसरमा बिहीबार एक भव्य कार्यक्रम आयोजना गरी भर्ना भएका कक्षा ११ का विद्यार्थीहरूलाई स्वागत गर्दै अभिमुखिकरण कार्यक्रम गरेको हो ।

गुणस्तरीय शिक्षा प्रदान गरी विद्यार्थी र अभिभावको रोजाइमा परेको केलजमा भर्ना भएका नयाँ विद्यार्थीहरूलाई कलेजका नियम, कक्षा संचालनको बिधि, कलेजको इतिहास लगायतको बिषयमा अभिमुखीकरण गरिएको कलेजका प्रिन्सिपल लक्ष्मण ढकालले जानकारी दिए ।
कार्यक्रममा कलेजमा भर्ना भएका बिद्यार्थी मध्ये प्रवेश परीक्षामा सार्वोउत्कृष्ट हुने विद्यार्थी नविन कुमार मण्डलसहित टप टेनभित्र पर्ने विद्यार्थीहरूलाई सम्मान पनि गरियो । सम्मानित हुने विद्यार्थीहरूलाई खादा र मालाले सम्मान गरेको थियो । मेरील्याण्ड कलेजमा अध्ययर गरेर विभिन्न क्षेत्रमा काम गर्दै आएका ४ जना पुर्वबिद्यार्थीहरुलाई पनि सम्मान गरियो । मेरील्याण्ड पढेर अहिले यातायात कार्यालय विराटनगरका कार्यालय प्रमुख अनमोल भट्टराई, ओबी मिडियाका प्रबन्ध निर्देशक बिबेक दाहाल, किड्स भिलेज स्कुलका निर्देशक पंकज जैन र युवा उत्प्रेरक बैभव नहाटालाई सम्मान गरिएको थियो ।


कार्यक्रममा कलेजका अध्यक्ष गुढराज ढुङगेलल, कलेजका प्रिन्सिपल लक्ष्मण ढकाल, निर्देशकहरू प्राडा पिके झा, डा. मनोज गुप्ता, भेषराज पोखरेललगायतले गुणस्तरीय शिक्षा प्रदान गरेको कारण विद्यार्थीहरू मेरील्याण्ड रोजाइमा परेको बताए । उनीहरूले विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा सँगै संस्कार र रोजगारमुखी शिक्षा प्रदान गर्न कलेज कठिबद्ध भएको बताए । कलेजमा ७ सय ६३ जना विद्यार्थी मेरील्याण्डमा भर्ना भएको कलेज प्रमुख ढकालले जानकारी दिए ।

सम्बन्धित समाचार

महिलालाई आत्मनिर्भर बनाउन विराटनगरमा ब्यूटिसियन तालिम सुरू

विराटनगर । विराटनगर महानगरपालिका ४ मा ४५ दिने ब्यूटिपार्लर सम्बन्धी तालिम सुरू भएको छ । विराटनगर महानगरपालिकाको आर्थिक सहयोग र गंगा ब्युटी पार्लर जामुनगाछीको सहयोगमा विराटनगरमा मंगलबारबाट तालिम सुरु भएको हो । महिलाहरुलाई सिप सिकाएर...

थप २६२ जनामा कोरोना संक्रमण पुष्टि, चार जनाको मृत्यु

काठमाडौं, ८ फागुन । नेपालमा थप २६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ९ हजार ८१५ जनाको नमूना परीक्षण गर्दा थप २६२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी...

२० महिनापछि भारतको मुम्बई र बैङ्लोर उडान

सिबी अधिकारी, काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले २० महिनापछि भारतको मुम्बई र बैङ्लोरमा पुनः उडान सुरु गर्न लागेको छ । कोभिड–१९ महामारीका कारण स्थगन गरिएका दुवै गन्तव्यको उडान पुनः सञ्चालनमा आउने...

वीर अस्पतालबाट पनि परीक्षण सुरु

काठमाडौं, २९ चैत-सरकारले ७ दिनयता कोरोना भाइरस (कोभिड–१९)को नयाँ संक्रमण फेला नपरेको जनाएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले ७ दिनयता कुनै पनि नयाँ संक्रमण...

तीन जना मन्त्री थप्ने तयारी, नेकपा सचिवालयले टुंगो लगाउने

काठमाडौं २० असोज-आज दिउँसो बस्ने नेकपा सचिवालय बैठकले तीन मन्त्रालयमा मन्त्री नियुक्तिको बाटो खुला गर्ने तयारी गरेको छ । रिक्त मन्त्रालय तत्काल पूर्ति गर्ने र दशैंपछि मन्त्रिपरिषद् पुनर्गठन गर्नेबारेमा अध्यक्षद्धय पुष्पकमल दाहाल (प्रचण्ड) र केपी...

थारु कल्याण कारिणी मोरङको जिल्ला सभा रोक्न उच्च अदालतको अल्पकालिन अन्तरिम आदेश

विराटनगर। थारु कल्याण कारिणी मोरङको जिल्ला सभा रोक्न उच्च अदालत विराटनगरले आल अल्पकालिन अन्तरिम आदेश दिएको छ । थारु कल्याण कारणी सभा जिल्ला कार्य समितिको जेठ १९ र २० गतेका लागि तय भएको मोरङको १०...

पछिल्लो २४ घण्टामा प्रदेश १ मा १५३ डिस्चार्ज, ८५ संक्रमित थपिए

विराटनगर, ३० कात्तिक–प्रदेश १ मा आइतबार १ सय ५३ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुने सवै होम आईसोलेसनका रहेका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या १७ हजार ९३१ पुगेको छ । प्रदेश १ मा...

विराटनगर आएर डा. शेखर कोइरालाले भने-ऐन कानुन संशोधन गरेर निर्वाचन सार्नु हुँदैन

विराटनगर, १६ माघ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले स्थानीय तहको निर्वाचन समयमै हुनुपर्ने बताएका छन् । आइतबार विराटनगरस्थित कोइराला निवासमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले लोकतन्त्रमा अद्यावधिक निर्वाचन मौलिक हक भएकाले निर्वाचन कुनै बहानामा सार्न...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्