विराटनगर आएर डा. शेखर कोइरालाले भने-ऐन कानुन संशोधन गरेर निर्वाचन सार्नु हुँदैन - News Birat

विराटनगर आएर डा. शेखर कोइरालाले भने-ऐन कानुन संशोधन गरेर निर्वाचन सार्नु हुँदैन

न्यूज विराट

विराटनगर, १६ माघ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले स्थानीय तहको निर्वाचन समयमै हुनुपर्ने बताएका छन् ।

आइतबार विराटनगरस्थित कोइराला निवासमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले लोकतन्त्रमा अद्यावधिक निर्वाचन मौलिक हक भएकाले निर्वाचन कुनै बहानामा सार्न नहुनेमा जोड दिएका हुन् ।

कोइरालाले सरकारले निर्वाचनका विषयमा सिधै निर्वाचन आयोगसँग छलफल गरी टुङ्गो लगाउनुपर्ने तर्क गर्दै ऐन कानुन परिवर्तन गरेर निर्वाचन सार्न नहुने बताए । ‘गठबन्धन दलसँगभन्दा पनि सरकारले निर्वाचन आयोगसँग छलफल गरेर निर्वाचनको मिति तोक्दा राम्रो हुन्छ,’ उनले भने ।

कोइरालाले पार्टीको १४औँ महाधिवेशनमा पराजित भएका वरिष्ठ नेतालाई केन्द्रीय सदस्यमा मनोनीत गर्न सभापति देउवालाई सुझाव दिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2022 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles