पछिल्लो २४ घण्टामा प्रदेश १ मा १५३ डिस्चार्ज, ८५ संक्रमित थपिए - News Birat

पछिल्लो २४ घण्टामा प्रदेश १ मा १५३ डिस्चार्ज, ८५ संक्रमित थपिए

न्यूज विराट

विराटनगर, ३० कात्तिक–प्रदेश १ मा आइतबार १ सय ५३ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुने सवै होम आईसोलेसनका रहेका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या १७ हजार ९३१ पुगेको छ । प्रदेश १ मा आज ८५ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २९, सुनसरीमा २४, ताप्लेजुङमा ७, तेह्रथुम र धनकुटामा ६÷६, झापामा ५, इलाममा ४, उदयपुरमा १ र प्रदेश १ बाहिरका ३ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा १८, सुन्दरहरैचा, रंगेली र बुढीगंगामा २÷२, उर्लाबारी, सुनबर्षी र बेलबारीमा १÷१ र स्थानीय तह नखुलेका २, सुनसरीको धरानमा १०, इटहरीमा ६, इनरुवा र हरिनगरमा २÷२, बराहक्षेत्र, बर्जु, देवानगञ्ज र दुहवीमा १÷१ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

उता ताप्लेजुङको फुङलिङमा ५, पाथिभरा र श्रीजंगामा १–१, ते¥हथुमको म्याङलुङमा ६, धनकुटाको महालक्ष्मीमा ५ र साँघुरीगढीमा १, झापाको दमक र विर्तामोडमा २–२ र स्थानीय तह नखुलेका १, इलामको माईजोगमाईमा ४, उदयपुरमा १ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको छ । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या २३ हजार ७ सय ५० पुगेको छ ।

प्रदेश १ मा आइतबार ४ सय २६ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ३३ महिला र ५२ पुरुषको रिपोर्ट पाजेटिभ आएको हो । हालसम्म १ लाख ७८ हजार ५०५ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles