विराटनगर । विराटनगरको जुटमिलको खेलमैदानमा ‘ग्रासरूट फटुबल प्रशिक्षण’ सुरू भएको छ । मिल्स गोल्ड कप फुटबल ट्रस्टको आयोजनामा ग्रासरूट फुटबल प्रशिक्षण सुरू भएको हो ।
नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले मिल्स गोल्डकप फुटबल ट्रस्टको आयोजनामा टे«निङ्ग सुरू गरिएको संयोजक तथा ट्रस्टको कोषाध्यक्ष विष्णुं डंगोलले जानकारी दिए । दुई महिनाबाट ग्रासरूट फुटबल टे«निङ्ग सुरू भएपनि ट्रस्टले शनिबार एक कार्यक्रम आयोजना गरि औपचारिक रूपमा उद्घाटन गरेका छ । टे«निङ्गको उद्घाटन विराटनगर महानगरपालिका प्रमुख नागेश कोइराला र उपप्रमुख शिल्पा निराला कार्कीले संयुक्त रूपमा गरिन् ।
कार्यक्रममा बोल्दै महानगरपालिका प्रमुख कोइरालाले खेलकुद क्षेत्रको विकासमा विराटनगर महानगरपालिकाले सहयोग गर्ने बताए । उनले खेलकुद क्षेत्रको बिकासमा महानगरपालिका लागि पर्ने बताए । कार्यक्रममा मिल्स गोल्डकप फुटबल ट्रस्टका सल्लाहकार किशोर सुब्बाले राज्यले खेलकुद क्षेत्रलाई उपेक्षा गरेको भन्दै यसको विकासमा तीन तहको सरकारले ध्यान दिनुपर्नेमा जोड दिए । ग्रासरुट फुटबल प्रशिक्षणको संयोजक डंगोलले मिल्स एरियाको लामो फटुबल इतिहासलाई पुनाविर्ती गर्न फुटबल प्रशिक्षण केन्द्र कोषेढुङ्ग सावित हुने बताए । प्रशिक्षणमा विराटनगर दक्षिण क्षेत्र १२, १३, १४, १५, १६ र १७ वडाका ५ वर्षदेखि १६ वर्षसम्मका ७५ जना खेलाडीको सहभागि रहेको उलेन बताए । प्रशिक्षण साझदेखि १ घण्टा हुने गरेको छ । मुख्य प्रशिक्षक जितेन्द्र कुमार साह रहेका छन् ।