प्रदेश १ सरकारद्वारा कोरोना संक्रमण रोकथामका लागि ३ करोड निकासा

 न्यूज विराट
प्रदेश १ सरकारद्वारा कोरोना संक्रमण रोकथामका लागि ३ करोड निकासा

प्रदेश १ सरकारले कोरोना भाइरस (कोभिड १९) को रोकथाम, नियन्त्रण तथा आवश्यक कार्य गर्नका लागि ३ करोड बजेट निकासा गरेको छ । प्रदेश सरकारले सामाजिक विकास मन्त्रालयअन्तर्गतका कार्यालय तथा स्थानीय तहमा सञ्चालित हेल्थ डेस्क सञ्चालनलगायतका लागि उक्त रकम निकासा गरेको सामाजिक विकास मन्त्रालयका प्रवक्ता एवं जनस्वास्थ्य महाशाखा प्रमुख डा. सुरेश मेहताले जानकारी दिए ।

मन्त्रालयअन्र्तगतका कार्यालय र १४ वटै विभिन्न जिल्लाका स्थानीय तहलाई कोभिड १९ संक्रमण रोकथामका लागि हेल्थ डेस्क सञ्चालनलगायत कोरानासँग सम्बन्धित कार्यका लागि औषधि तथा औषधिजन्य सामग्री खरिद तथा व्यवस्थापनका लागि प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रलाई ५० लाख, प्रदेश अन्तर्गतका १३ वटा अस्पतालहरूलाई ९५ लाख, प्रदेशअन्तर्गतका १४ वटा स्वास्थ्य कार्यालयहरूलाई २२ लाख ५० हजार, विभिन्न १४ वटा न.पा.÷गा.पा.हरूलाई ८० लाख र स्वास्थ्य निर्देशनालय, धनकुटालाई समेत गरी ३ करोड निकासा पठाइएको प्रवक्ता डा. मेहताले जानकारी दिए ।

उनका अनुसार कोभिड १९ को संक्रमणबाट स्वास्थ्यसँग सम्बन्धि तथा सो कार्यमा संलग्न हुने चिकित्सक, स्वास्थ्यकर्मी र एम्बुलेन्सका चालकहरूलाई संक्रमण हुनबाट बच्नका लागि विभिन्न सरकारी, निजी अस्पताल, स्वास्थ्य कार्यालयलगायतलाई व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) २ सय ११ थान, ज्वरो नाप्ने मेसिन १६ थान, सर्जिकल मास्क ५ हजार थान, सर्जिकल ग्लोब ७ हजार २ सय जोडी, हेण्ड स्यानिटाइजर १ हजार २ सय ५० थान उपलब्ध गराइएको छ ।

सामाजिक विकास मन्त्रालयले विशेष गरी संक्रमण भएका बिरामीको हेरचाह, उपचार गर्ने चिकित्सक, स्वास्थ्यकर्मीलगायत सो कार्यमा खट्ने कर्मचारीको स्वास्थ्य सुरक्षाका लागि मध्यनजर गरी त्यस्ता सामग्रीको निरन्तर व्यवस्थापन गरिरहेको जनाएको छ ।

प्रदेशका विभिन्न अस्पताल र स्वास्थ्य निकायमा प्रत्यक्ष रूपमा खट्ने सबै चिकित्सक, स्वास्थ्यकर्मीहरूको उच्च सम्मान गर्दै भविष्यमा समेत उच्च मनोबलका साथ निरन्तर सेवामा लाग्न मन्त्रालयले अनुरोधसमेत गरेको छ ।

२० जनाकाे रिपाेर्ट ‘नेगेटिभ’

हालसम्म प्रदेश १ बाट कोरोना भाइरस (कोभिड १९) का शंकास्पद २५ जनाको नमुना संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएकोमा २० जनाको रिपोर्ट ‘नेगेटिभ’ आएको छ । प्रयोगशालामा पठाइएकामध्ये ५ जनाको रिपोर्ट आउन बाँकी रहेको बताइएको छ ।

प्रदेश १ को सामाजिक विकास मन्त्रालयका प्रवक्ता एवं जनस्वास्थ्य महाशाखा प्रमुख डा. मेहताका अनुसार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट १६, उदयपुर अस्पताल, गाईघाटवाट १, कोशी अस्पताल विराटनगरवाट ६, र मेची अस्पताल भद्रपुरबाट २ गरी २५ जनाको नमुना संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षणका लागि पठाइएको थियो ।

कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि प्रदेश १ का विभिन्न जिल्लामा निर्माण गरिएको क्वारेन्टाइनमा १ सय १४ जना भर्ना भएको प्रवक्ता डा. मेहताले बताए । उनले संंक्रमणको शंकामा रहेका ३ सय १० जना ‘होम क्वारेन्टाइन’मा रहेको जानकारी दिए । प्रदेश १ का विभिन्न अस्पतालमा कोरोनाका शंकास्पद २१ जना बिरामीको भर्ना गरी उपचार भइरहेको उनले बताए ।

सम्बन्धित समाचार

लक डाउनको विकल्प खोज्न व्यवसायीको माग

विराटनगर, बैशाख २२–विराटनगरका व्यवसायीहरुले ६ हप्तादेखि जारी बन्दा बन्दीको बिकल्प खोज्न सरकारसँग माग गरेका छन् । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस(कोभिड–१९) संक्रमणको जोखिम न्युनिकरणका लागि सरकारले गत चैत ११ गतेदेखि जारी गरेको बन्दा बन्दीका...

प्रदेश २ मा आज ३८३ नयाँ संक्रमित थपिए

जनकपुर, ३ भदौ-प्रदेश २ मा थप ३ सय ८३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ८७ जना महिलासहित ३८३ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । योसँगै...

प्रचण्डबारे अभद्र टिप्पणी गरेकाे आरोपमा पत्रकार दीपक पाठक पक्राउ

काठमाडाैं, १८ वैशाख-पत्रकार दीपक पाठकलाई प्रहरीले पक्राउ गरेकाे छ । नेकपा अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'बारे सामाजिक सञ्जाल फेसबुकमा अभद्र टिप्पणी गरेकाे भन्दै प्रहरीकाे साइबर ब्युराेकाे टाेलीले भक्तपुरकाे लाेकन्थलीबाट पाठकलाई पक्राउ गरेकाे हाे ।...

बढेका छैनन् कोरोना संक्रमित : स्वास्थ्य मन्त्रालय

काठमाडौं, २९ चैत-गत आइतबारदेखि नेपालमा नयाँ कोरोना संक्रमित भेटिएका छैनन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा थप कोरोना संक्रमित नभेटिएको बताएको हो । कोरोनाबारेको नियमित पत्रकार सम्मलेनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नेपालमा कोरोना संक्रमित...

रातारात एकता गर्ने तयारीमा समाजवादी र राजपा

काठमाडाैं, १० वैशाख-सम्भावित विभाजनलाई रोक्न समाजवादी पार्टीले राजपा नेपालसँग एकीकरणको प्रकृया अगाडि बढाएको छ । समाजवादी पार्टीबाट सांसदहरूको एउटा समूहले भोलि अर्को पार्टी बनाउने चर्चा चलिरहेको बेला उपेन्द्र यादव र राजपा नेताबीच एकता प्रकृया सम्बन्धमा...

मोहम्मद आफताव आलमका भाइ पक्राउ गर्न गएको प्रहरी टोलीले चलायो १२ राउण्ड गोली

काठमाडौं, ९ जेठ-रौतहटमा प्रहरीले गोली चलाएको छ । गए राति रौतहटको राजपुरमा प्रहरीले १२ राउण्ड गोली चलाएको हो । रौतहट प्रहरीका अनुसार रौतहट क्षेत्र नम्बर-२ का सांसद तथा पूर्वमन्त्री मोहम्मद आफताव आलमका भाइ मेहेताब आलम...

हवाई उडान र अन्तर्राष्ट्रिय नाका जेठ मसान्तसम्म बन्द

काठमाडौं, ७ जेठ-आन्तरिक तथा बाह्य उडान जेठ मसान्तसम्म बन्द गर्ने निर्णय गरिएको छ । बुधबार बसेको कोभिड–१९ रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठकले जेठ मसान्त अर्थात् १४ जुनसम्म उडान बन्द गर्ने निर्णय गरेको हो...

लेटाङका पाँच सहकारीबिच एकिकरण

विराटनगर, ६ माघ । मोरङको लेटाङ नगरपालिकामा रहेका ठूला ५ वटा सहकारी बीच एकीकरण भएको छ । मोरङ कार्यक्षेत्र रहेका फडानी साकोस, जनचाहाना साकोस, गोदावारी साकोस, खैरेनी साकोस र धोबि साकोस बीच २१ बँुदे सहमतिका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्