आज ८ संक्रमितको मृत्यु, २ सय ७३ जना आईसीयूमा - News Birat

आज ८ संक्रमितको मृत्यु, २ सय ७३ जना आईसीयूमा

न्यूज विराट
काठमाडौं, ४ कात्तिक-गत २४ घण्टामा देशभर आठ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ७ सय ६५ को स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

आज १३ हजार ८ सय ६१ को पीसीआर गर्दा ३ हजार ९३ जनाको नतिजा पोजिटिभ देखिएको छ । योसहित संक्रमितको संख्या १ लाख ३९ हजार १ सय २९ पुगेको छ ।

आज देशभर २ सय ७३ जना संक्रमितको आईसीयूमा उपचार भइरहेको छ । यस्तै, ७८ संक्रमित भेन्टिलेटरमा छन् । देशभर अहिले ४ हजार २ सय २० जना क्वारेन्टाइनमा रहेका मन्त्रालयले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles