मोरङको जहदा गाउँपालिका स्तिथ लक्ष्मीनिया युवा क्लब पाचौँ बर्षमा

 न्यूज विराट
मोरङको जहदा गाउँपालिका स्तिथ लक्ष्मीनिया युवा क्लब पाचौँ बर्षमा

विराटनगर । मोरङको जहदा गाउँपालिका स्तिथ लक्ष्मीनिया युवा क्लब चौथो वर्ष पार गर्दै पाचौँ बर्षमा प्रवेश गरेको छ। २०७५ साल असार २० गते जिल्ला प्रशासन कार्यालय मोरङ बाट दर्ता भइ निरन्तर सामाजिक कार्य , खेलकुद एवं विपद तथा राहत कार्यमा आफ्नो पहिचान बनाउदै आएको हो।

जहदा गाउँपालिकाको सभाहलमा कार्यक्रम राख्दै चौथो वार्षिकोत्सव मनाएको हो। जहदा गाउँपालिका का अध्यक्ष जितेन्द्र प्रसाद साहको प्रमुख अतिथिमा क्लबले हाल सम्म गरेको कार्यक्रमहरुको प्रिजेंटेसन, क्लबका उत्कृस्ट सदस्यहरुलाई सम्मान, क्लवमा आबद्ध हुनचाहानेहरुलाई स्वागत, नवनिर्वाचित जनप्रतिनिधीहरुलाई बधाई तथा सम्मान लगायत केक काटेर चौथो वार्षिकोत्सव मनाएको हो।

जहदा गाउँपालिकाका सम्पूर्ण वडा अध्यक्ष, केही कार्यपालिका सदस्य, स्थानीय समाजसेवी राजकुमार यादव र क्लबका सल्लाहकार बिनिता सिंहको उपस्तिथी रहेको थियो। क्लबले जहदा गाउँपालिका का निर्वाचित अध्यक्ष, वडा अध्यक्ष तथा कार्यपालिका सदस्यलाई खादा तथा फ्रेम सहितको सम्मानपत्रले बधाई तथा सम्मान गरेको हो। क्लबले स्थापनाकाल देखि बर्तमान सम्म गरेका कार्यक्रमहरुको बारेमा क्लबका केन्द्रिय सचिव अभिषेक साहले प्रोजेक्टरको मदतले प्रिजेन्टेसन मार्फत जानकारी गराएका थिए। क्लबमा आस्था राखी नयाँ सदस्य बन्न इक्क्षुक ९ जनालाई खादा तथा अबिरले जहदा गाउँपालिका अध्यक्ष जितेन्द्र प्रसाद साहले स्वागत गरेका थिए।

लक्ष्मीनिया युवा क्लबमा आवद्ध भई सामाजिक सेवामा सक्रिय १२ जनालाई समेत क्लबले खादा, अबिर तथा फ्रेम सहितको सम्मानपत्रले सम्मान गरिएको क्लबका केन्द्रिय अध्यक्ष नितेश साहले जानकारी दिए। क्लबले गरेको सामाजिक कार्य, कोभिडको समयमा आफ्नो ज्यानको प्रवाह नगरी कोरना पिडितको घरमा निर्मलिकन, खाद्यन एवं राहत् वितरण लगायत कार्यको प्रसंसा गर्दै जहदा गाउँपालिकाको साथसहयोग रहने भनी आफ्नो मन्तव्यमा जनप्रतिनिधीहरुले आस्वासन दिएका थिए। कार्यक्रममा उपस्थित प्रमुख अतिथि, बिशिस्ट अतिथि, अतिथिलाई मायाको चिनो प्रदान गरिएको थियो। कल्बका केन्द्रिय अध्यक्ष तथा गाउँपालिका अध्यक्ष संक्युत रुपमा केक काटेर चौथो वार्षिकोत्सव मनाएका थिए ।

कार्यक्रमका सभापति क्लबका केन्द्रिय अध्यक्ष नितेश साहले हाल सम्म क्लबलाई साथसहयोग र सल्लाहसुझाव दिनुहुने सम्पूर्णलाई धन्यवाद दिदै कार्यक्रमको समापन गरेका थिए।

सम्बन्धित समाचार

जिल्ला समन्वय समिति मोरङद्वारा पूर्व पदाधिकारी सम्मानित

विराटनगर,२५ साउन । जिल्ला समन्वय समिति मोरङको तेस्रो जिल्ला सभा आजदेखि यहाँ शुरु भयो । सो अवसरमा समन्वय समितिका प्रमुख अजम्वजर राई, उपप्रमुख उषा झाले समितिका पूर्व उपप्रमुख प्रकाशकुमार साह एवं पूर्व सदस्यहरुलाई सम्मान पत्रद्वारा...

विराटनगर आएर कमल थापाले भने -फागुन पहिलो साताभित्र नयाँ पार्टी दर्ता गर्छु

विराटनगर, २८ माघ । राष्ट्रिय प्रजातान्त्रिक पार्टीबाट अलग भएको घोषणा गरेका कमल थापाले फागुन पहिलो साताभित्रै नयाँ पार्टी गठन गर्ने तयारी गरिरहेको बताएका छन् । राप्रपाबाट अलग भएको घोषणा गरेका थापाले शुक्रबार विराटनगरमा शुभचिन्तकले नया...

हतियार देखाएर व्यपारीसँग रकम अशुल्ने विराटनगरबाट पक्राउ

विराटनगर, १७ भदौ-बिराटनगर–४ सूथत कंचनवारीबाट अटोमेटिक पेस्तोल सहित ५ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा मोरङको कटहरी–२ का २७ बर्षीय अभिसेक राय, २८ बर्षीय रविन शर्मा, २६ बर्षीय किसन साह, सप्तरी बोधेबर्साईनका–८ का २७...

विराटनगरमा घट्यो कोरोना संक्रमण दरः आज २१ संक्रमित थपिए

विराटनगर, ६ असार । विराटनगरमा पछिल्लो समय कोरोना संक्रमण दर घटेको छ । आइतबार विराटनगरमा २१ जना मात्र कोरोना संक्रमित थपिएका छन् । योसँगै विराटनगरमा सक्रिय संक्रमितको संख्या २ हजार १ सय ४४ जना पुगेको...

सकियो अपाङ्गता समावेशी रोजगार मेला

विराटनगर । अपाङ्गता भएका व्यक्तिहरूको रोजगारीमा पहुँच अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको दुई दिने अपाङ्गता समावेशी रोजगार मेला सम्पन्न भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं १, राष्ट्रिय अपाङ्ग महासघं, करुणा फाउन्डेसन नेपाल,...

विराटनगर विमानस्थल विस्तारका लागि आवश्यक बजेटको व्यवस्था हुन्छः मन्त्री आले

विराटनगर,२४ मोरङ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले विराटनगर विमानस्थल विस्तारका लागि आवश्यक बजेटको व्यवस्था गर्ने बताउनु भएको छ। विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग सक्षिप्त कुरा गर्दै उहाँले आगामी आइतबार वस्ने क्यानको वैठकबाट...

राष्ट्रिय सभा निर्वाचन : कोशीमा प्रदेश सांसदले शतप्रतिसतले हाले भोट, स्थानीय तहतर्फ १० जनाले हाल्न बाँकी

विराटनगर । कोशी प्रदेशमा राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मतदान भइरहेको छ । यो प्रदेशमा निर्वाचित हुने २ पदका लागि पाँच जना उम्मेदवार चुनावी मैदानमा छन् । तर एमाले उम्मेदवारले राप्रपालाई सहयोग गर्ने भएकाले खासगरी चारजना...

काठमाडौंमा २ जना नर्सको आरडीटी गर्दा कोरोना पोजेटिभ

काठमाडौंमा २ जना नर्सलाई आरडीटी गर्दा कोरोना संक्रमण पोजेटिभ देखिएको छ ।त्रिपुरेश्वरस्थित केन्द्रीय कारागारमा खटिएका २ जना नर्समा गरिएको डाइग्नोस्टिक परीक्षणमा कोरोना संक्रमण ‘पोजेटिभ’ देखिएको हो । आरडीटी परीक्षणमा कोरोना संक्रमण ‘पोजेटिभ’ देखिएपछि उनीहरूलाई पीसीआर...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्