हतियार देखाएर व्यपारीसँग रकम अशुल्ने विराटनगरबाट पक्राउ - News Birat

हतियार देखाएर व्यपारीसँग रकम अशुल्ने विराटनगरबाट पक्राउ

न्यूज विराट

विराटनगर, १७ भदौ-बिराटनगर–४ सूथत कंचनवारीबाट अटोमेटिक पेस्तोल सहित ५ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा मोरङको कटहरी–२ का २७ बर्षीय अभिसेक राय, २८ बर्षीय रविन शर्मा, २६ बर्षीय किसन साह, सप्तरी बोधेबर्साईनका–८ का २७ बर्षीय नन्द किसोर साह र भारत बिहार राज्य सितामणीक घर भई विराटनगर बस्दै आएका २७ बर्षीय राजु साह रहेका छन ।

उनिहरुलाई जिल्ला प्रहरी कार्यालय मोरङले मंगलबार साझ पक्राउ गरी बुधबार पत्रकार सम्मेलन मार्फत सार्बजनिक गरेको हो । पक्राउ परेकाहरुको साथबाट १ थान अटोमेटिक पेस्तोल, ३ राउण्ड गोली, १ थान को ३२ प ७५२५ नम्बरको मोटरसाईकल, विभिन्न कम्पनीको १६ थान मोवाईयल सेट, १ थान चक्कु, पयतबप ःबजष्लमचब नामको भारतीय बैंकको २ थान चेक र नगद नेपाली रुपैया १८ हजार २० र भारतिय रुपैया ४९ हजार ४ सय ५० समेत फेला पारी बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेको उक्त समुहले संगठित रुपमा अपराधिक समुह बनाएर विराटनगरलाई आपराधिक कार्यको स्थल बनाई व्यापारीहरुलाई धम्क्याउँदै रकम अशुल्ने गरेको मोरङ प्रहरी प्रमुख प्रहरी उपरिक्षक सन्तोष सड्काले जानकारी दिए ।

उक्त गिरोहले हतियार देखाई पैसा माग्ने, पैसा नदिए ज्यानै मार्ने समेतको धाक धम्की दिई रकम असुल्ने गरेको अनुसन्धानबाट खुलेको प्रहरी उपरिक्षक खड्काले बताए । उनका अनुसार परेका पाँचै जना उपर हातहतियार खरखजना, अपराधिक लाभ, चोरी तथा संगठित अपराध सम्बन्धी मुद्दामा कारवाही अगाडी बढाइएको छ ।

त्यस्तै मोरङको बिभिन्न स्थानहरुबाट मोबाईल हराएको तथा चोरी भएको भन्ने बिभिन्न ब्यक्तिहरुले दिएको निवेदनको आधारमा खोजतलास गर्ने क्रममा ५३ थान मोबाईल सेटहरु समेत फेला पारी बुधबारनै सम्बन्धीत धनीहरुलाई बुझाएको समेत मोरङप्रहरीले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2022 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles