विराटनगर आएर कमल थापाले भने -फागुन पहिलो साताभित्र नयाँ पार्टी दर्ता गर्छु

 न्यूज विराट
विराटनगर आएर कमल थापाले भने -फागुन पहिलो साताभित्र नयाँ पार्टी दर्ता गर्छु

विराटनगर, २८ माघ । राष्ट्रिय प्रजातान्त्रिक पार्टीबाट अलग भएको घोषणा गरेका कमल थापाले

फागुन पहिलो साताभित्रै नयाँ पार्टी गठन गर्ने तयारी गरिरहेको बताएका छन् । राप्रपाबाट अलग भएको घोषणा गरेका थापाले शुक्रबार विराटनगरमा शुभचिन्तकले नया पार्टी गठन गर्न सुझाव दिएकोले सोहीअनुसार अघि बढ्ने बताए ।

‘साथीहरूले नयाँ पार्टी गठन गरेर अघि बढ्न मलाई जिम्मेवारी दिनुभएको छ । गृहकार्य सुरु गरिसकेको छु,’ थापाले भने, ‘फागुनको पहिलो हप्ताभित्रमा निर्वाचन आयोगमा कानुनबमोजिम नयाँ पार्टी दर्ता गर्नेछु ।’

नयाँ पार्टीको एजेण्डा हिन्दु राष्ट्र, सुशासन र समृद्धि हुने थापाले बताए । राप्रपामा निरीह, लाचार र अपमानीत भइ बसिरहन नसकेकाले अलग हुने निर्णय लिएको उनको भनाइ थियो ।

‘राजनीतिबाट शन्यासमा जाने अनुमति मलाई छैन । एउटा विचार बोकेर हिँडेको व्यक्ति हुँ,’ थापाले भने, ‘त्यसैले राप्रपा विभाजन नगरीकन नयाँ पार्टी गठन गर्ने उद्देश्यले पार्टीबाट अलग हुने निर्णय लिएको हुँ ।’

अब आफूले राजसंस्थाको एजेण्डा नबोक्ने उनले संकेत गरे । संवैधानिक राजसंस्था हुनुपर्छ भन्ने आफ्नो मान्यता रहे पनि राजसंस्थाको भूमिकामाथि व्यापक प्रश्न उठेको थापाले बताए ।

सम्बन्धित समाचार

जिल्लाबाट पनि मन्टु शेख प्रदेशसभा सदस्यमा पहिलो नम्बरमा सिफारिस

विराटनगर । नेपाली काँग्रेसका यूवा नेता मन्टु शेखको नाम प्रदेश सांसदको लागि मोरङ जिल्लाले पनि पहिलो नम्बरमा राखेर सिफारिस गरेको छ । मोरङ निर्वाचन क्षेत्र नम्बर ४ को (क) बाट काँग्रेस क्षेत्र नं. ४ को...

पैसा फाल्दै हिँड्ने महिलाको पीसीआर परीक्षणमा देखिएन कोरोना

जनकपुरधाम, ७ वैशाख -जनकपुरधामको महावीर चोकमा पैसा फाल्दै भाग्ने दुवै महिलाको कोरोनो रिपोर्ट नेगेटिभ आएको छ । प्रादेशिक अस्पताल जनकपुरधाममा गरिएको आरडीटी परीक्षणमा पोजिटिभ आएको तर पीसीआर परीक्षणमा रिपोर्ट नेगेटिभ आएको प्रादेशिक अस्पतालले जनाएको छ...

बीपी प्रतिष्ठानमा कर्मचारी नियुक्ति र बढुवा नगर्न उच्च अदालतको आदेश

विराटनगर । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लोक सेवा आयोगको सहभागिता बिना कर्मचारी नियुक्ति तथा स्वत बढुवा नगर्न उच्च अदालत विराटनगरले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश गणेशप्रसाद बरालको एक इजलासले निवेदक सञ्जय...

रोक लगाएका विषय यथावत राख्दै मोरङमा फेरी थपियो निषेधाज्ञा

विराटनगर, २४ साउन । जिल्ला प्रशासन कार्यालय मोरङले एक साता निषेधाज्ञा थप गरेको छ । यसअघि रोक लगाएक सवै विषय यथावत राख्दै प्रशासनले आइतबार राति १ बजेदेखि लागु हुनेगरि एक साता निषेधाज्ञा थप गरेको हो...

कुवेतबाट थप १ सय ५० नेपाली काठमाडौं आइपुगे

काठमाडौं, ४ असार-कुवतेबाट १ सय ५० जना नेपाली काठमाडौं आइपुगेका छन् । कुवेतमा आममाफीमा सहभागी १ सय ५० नेपाली केहीबेरअघि जजिरा एअरमार्फत काठमाडौं आइपुगेका हुन् । कुवेत सरकारले दिएको आममाफीमा सहभागी नेपालीलाई कुवेत सरकारले आफैंले...

सुनसरीका पत्रकारको नेबेलले ५० प्रतिशत छुटमा उपचार गर्ने

विराटनगर, जेठ २२–इटहरी रसुनसरी जिल्लाका पत्रकारहरुको नोबेल अस्पताल विराटनगरले ५० प्रतिसत छुटमा उपचार गर्ने भएको छ । नेपाल प्रेस युनियन सुनसरीको पहलमा नोबेल अस्पतालले ५० प्रतिसत छुटमा उपचार गर्ने भएको हो। प्रेस युनियन सुनसरीका सभापति...

‘कृषियोग्य जमिन कित्ताकाट खुला गर्ने निर्णय कार्यान्वयन नगर्नू’

काठमाडौं, २९ भदौ-सर्वोच्च अदालतले कृषियोग्य जमिनको कित्ताकाट खुला गर्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । न्यायाधीश सुषमालता माथेमाको एकल इजलासले आज कृषियोग्य जमिनको खण्डीकरण एवं कित्ताकाट गर्ने निर्णय तत्काल कार्यान्वयन...

१७ र २७ वैशाखमै निर्वाचन हुन्छ, एक दिन तलमाथि हुँदैन : ओली

काठमाडौं, २५ पुस-प्रधानमन्त्री केपी शर्मा ओलीले एक दिन पनि तलमाथि नगरी निर्धारित मितिमै प्रतिनिधिसभाको निर्वाचन हुने बताएका छन् । शनिबार काठमाडौँमा राष्ट्रिय युवा संघले आयोजना गरेको ताजा जनादेशको लागि घोषित मध्यावधि निर्वाचनको स्वागतमा आयोजित कार्यकर्ता...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्