सकियो अपाङ्गता समावेशी रोजगार मेला

 न्यूज विराट
सकियो अपाङ्गता समावेशी रोजगार मेला

विराटनगर । अपाङ्गता भएका व्यक्तिहरूको रोजगारीमा पहुँच अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको दुई दिने अपाङ्गता समावेशी रोजगार मेला सम्पन्न भएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं १, राष्ट्रिय अपाङ्ग महासघं, करुणा फाउन्डेसन नेपाल, र द लेप्रोसी मिशन नेपालले संयुक्त रूपमा आयोजना गरेको उक्त रोजगार मेला शनिबार सम्पन्न भएको हो ।

मेलामा अपाङ्गता भएका ३ सय २२ जनाको सहभागि रहेको नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का कार्यकारी निर्देशक श्याम भण्डारीले जानकारी दिए । मेलामा ३५ वटा उद्योगको स्टल रहेको थियो ।
रोजगार मेलाको प्रदेश १ भरीका अपाङ्गता भएका व्यक्तिहरूले ३५ रोजगारदाताहरूले स्थापना गरेका स्टलमा भ्रमण गरी अन्तर्वार्ता तथा परामर्श सेवामा सहभागि रहेको उनले बताए ।

नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य तथा उपाध्यक्ष राजेन्द्र राउतले महासङ्घ आबद्ध सदस्यलाई अपाङ्गता भएका व्यक्तिहरुको दक्षता र शैक्षिक योग्यताका आधारमा रोजगारी उपलब्ध गराउने बताए ।

Exif_JPEG_420

सम्बन्धित समाचार

वर्षाका कारण विराटनगर जलमग्न (फोटो फिचर)

विराटनगर, असार ११-बिहिबार लगातारको अविरल वर्षाका कारण विराटनगर जलमग्न भएको छ । आज बिहानैदेखि लगातार परेको वर्षाले विराटनरका विभिन्न वडाहरु जलमग्न भएका हुन् । पानीको सतह बढेपछि विराटनगरको दक्षिणी र पश्चिमी क्षेत्रका केही बस्तीहरु डुबानमा...

सिईओ नविन सुवेदीको योजनामा सप्तकोशी डेभलोपमेन्ट बैंक घोटाला भएको आरोप

विराटनगर, १२ पुस । सिईओ नविन सुवेदीको योजनामा विराटनगरस्थित सप्तकोशी डेभलोपमेन्ट बैंक घोटला भएको हिमाल भट्टराईका आफन्तले आरोप लागाएका छन् । प्रहरी नियन्त्रणमा रहेका आरोपित भट्टराईका आफन्तले सोमबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै सिईओ सुवेदीको योजनामा...

मधेसमा आज पनि सार्वजनिक बिदा, बलिदानी दिवस मनाइँदै

vमधेस बलिदानी दिवसको अवसरमा मधेस प्रदेश सरकारले आज (बुधबार) पनि सार्वजनिक बिदा दिएको छ । प्रदेशको नाम मधेस प्रदेश र राजधानी जनकपुरधाम कायम गरेको खुसीयालीमा मंगलबार बिदा दिएको प्रदेश सरकारले बुधबार पनि मधेस बलिदानी दिवसको अवसरमा...

नेपालमा पाँचौ कोरोना संक्रमित भेटिए

नेपालमा आज फेरि अर्का एकजनामा कोरोना संक्रमण भेटिएको छ । स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलन मार्फत अर्का एक जनाको नमूना परीक्षणमा पोजेटिभ देखिएको जानकारी दिएको हो ।

विदेशबाट पठाएकाे पैसा खाेजी गरेपछि प्रेमीसँग मिलेर श्रीमानकाे हत्या

सिरहा, ५ असोज । श्रीमानकाे हत्यामा संलग्न रहेको आरोपमा सिराहा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । सिराहाको गोलबजार नगरपालिका–४ निपनिया कुटीटोल निवासी ३९ वर्षीय दुखरन महराको हत्या आरोपमा उनकी ३८ वर्षीया श्रीमती हरिहरदेवी महरालाई सोमबार...

प्रचण्ड–नेपालसँग छलफलपछि बालुवाटारमा ओली पक्षको बैठक

काठमाडौं, १ साउन-नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको आन्तरिक विवाद मिलाउन जुटेका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल (प्रचण्ड) तथा वरिष्ठ नेपाल माधव नेपालबीचको छलफल सकारात्मक नभएपछि ओलीले बालुवाटारमा निकटस्थसँग छलफल थालेका छन् । ६ पटकसम्म अध्यक्षद्वयबीच...

रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वारा बाढीपिडितलाई राहत वितरण

विराटनगर, ९ कात्तिक । बेमौसमी झरीका कारण आएको बढीबाट पीडित परिवारलाई रोटरी क्लब अफ विराटनगर डाउनडाउनले राहत वितरण गरेको छ । विराटनगर बखरीस्थित सिमराही टोलका बाढीपीडित परिवारलाई क्लबले राहतस्वरुप खाद्यान्न वितरण गरेको हो । क्लबले...

कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू गर्न बाटो खुल्यो

काठमाडौं, २८ पुुस-कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू गर्न बाटो खुलेको छ । नयाँ पाठ्यक्रम कार्यान्वयन नगर्न माग गर्दै परेको रिट सर्वोच्च अदालतले खारेज गरेसँगै नयाँ पाठ्यक्रम लागू गर्न बाटो खुलेको हो । मंगलबार न्यायाधीश...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्