जिसस मोरङमा एमालेको प्यानलै निर्वाचित

 न्यूज विराट
जिसस मोरङमा एमालेको प्यानलै निर्वाचित

विराटनगर, ३१ जेठ । जिल्ला समन्वय समिति मोरङको निर्वाचनमा एमालेको प्यानलै निर्वाचित भएको छ । एमालेका तर्फबाट जिसस प्रमुखमा अजम्बर राई, उपप्रमुखमा उषा झा विजयी भएका हुन् । दुवै जनाले २१/२१ मत ल्याएका छन् । प्रमुख पदका उम्मेद्वार नेपाली काँग्रेसका जीतेन्द्र अग्रवालले १३ र उपप्रमुखमा कांग्रेसकै निलम कुमारी सरदारले १३ मत ल्याएका छन् ।

एमालेको जम्मा २१ मत थियो । त्यस्तै महिला सदस्यमा एमालेकै उमा नेपाली, उर्बसी कुमारी थगारु, हरिमाया विश्वकर्मा विजयी भएका छन् । यस्तै अन्य सदस्यमा पनि एमालेका तुलसी प्रसाद घिमिरेले र देवमणि कटुवाल निर्वाचित भए । जिल्ला समन्वय समिति मोरङको मंगलबार भएको निर्वाचनमा गठबन्धनका मेयर उपमेयरले नै क्रस मतदान गरेका छन् ।

नेकपा एमालेको २१ मत र गठबन्धनको १३ मत भएको मोरङमा सदस्यहरुको मत तलमाथि भए पछि मत क्रस भएको हो । एमालेका उम्मेदवारले २१ र गठबन्धनका उम्मेदवारले १३ मत ल्याउनुपर्नेमा एमालेबाट विजयी बनेका तीन जना सदस्यले आफ्नो मतभन्दा बढी ल्याए ।

निर्वाचन कार्यालयका अनुसार नेकपा एमालेकी दलित महिला सदस्य उमा नेपालीले २३ मत ल्याएकी छिन् । उनकी प्रतिस्पर्धि गठबन्धनकी गिता विश्वकर्माले ११ मत मात्र ल्याएकी छिन् । यहाँ गठबन्धनका दुई जनाले मत क्रस गरेका छन् । त्यस्तै सदस्यमा एमालेका तुलसी प्रसाद घिमिरे र मित्रप्रसाद ढकालले २२÷२२ मत ल्याएका छन् ।

 

सम्बन्धित समाचार

राष्ट्रपति भण्डारीलाई भेट्न प्रचण्ड पुगे शीतलनिवास

काठमाडौं, २ मंसिर-सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका छन् । सचिवालय बैठकको रस्साकस्सी चलिरहेकै बेला मंगलबार साँझ प्रचण्ड राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका हुन्...

स्वावलम्बन लघुवित्तको साक्षरता कार्यक्रम

विराटनगर । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि. ले केन्द्र प्रमुखहरू अन्र्तक्रिया र वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ । विराटनगरमा दुई दिनसम्म कार्यक्रम आयोजना गरी वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको हो । उक्त कार्यक्रम बिहीबार...

पाल्पा पहिरो अपडेट : थप १ जनाको शव भेटियो

बुटवल, ९ असार-सोमबार दिउँसो तानसेन नगरपालिका-११ सम्मोबारीमा गएको पहिरोमा पर्ने थप १ जनाको शव भेटिएको छ । सम्मोबारीमा गएको पहिरोमा भएको दुर्घटनाको उद्धारका क्रममा थप १ जनाको शव फेला परेको प्रदेश-५ ट्राफिक प्रहरी कार्यालय बुटवलका...

‘ड्रागन’ खेतीमा रमाउँदै भावना, बार्षिक २० लाखको आम्दानी

विराटनगर । नयाँ खेतीको रूपमा फस्टाउँदै गएको ‘ड्रागन फ्रुट’को खेती विस्तारै आम्दानीको राम्रो स्रोत बन्न थालेको छ  । ‘ड्रागन फ्रुट’ मा १३ प्रकारका पोषक तत्व हुने भएकाले पनि स्वास्थ्यका लागि लाभदायी रहेको बताइन्छ । अहिले ड्रागन...

संक्रमित आइसोलेसनमा नबसे ६ महिना जेल

काठमाडौं, २३ असोज-कोरोना पोजिटिभ आएको व्यक्ति आइसोलेसनमा नबसे सरकारले ६ महिना जेलमा हाल्ने भएको छ । पोजिटिभ आएका संक्रमित बाहिर हिडेको सूचना आएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले ती संक्रमतिलाई कारबाही गरिने...

बजेट यथार्थपरक छ, कार्यान्वयन हुन्छ : मन्त्री आङ्बुहाङ

विराटनगर, २ असार । प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री टंक आङ्बुहाङले आर्थिक वर्ष २०७८/७९ को बजेट यथार्थपरक रहेको दाबी गरेका छन् । आर्थिक मामिला तथा योजना मन्त्रालयमा बुधबार आयोजित सञ्चारकर्मीसँगको भेटमा मन्त्री आङ्बुहाङले...

जंगलमा गाडेको अवस्थामा भेटियाे वीणाको शव

जनकपुर, २२ वैशाख-धनुषामा श्रीमानले श्रीमतीको हत्या गरेर जंगलमा गाडेको ४ दिनपछि शव फेला परेको छ । धनुषाको मिथिला नगरपालिका-९, लालभिट्टीका २८ वर्षीय हरि चौहानले कान्छी सालीसँगको प्रेम सम्बन्धका कारण श्रीमतीको हत्या गरेका छन् । उनले...

दैनिक पत्रिकाको छापा संस्करण बन्द गर्न मिडिया सोसाइटीको आह्वान

नेपाली मूलधारका प्रकाशन गृह र स्याटेलाइट टेलिभिजनको छाता संगठन नेपाल मिडिया सोसाइटीले दैनिक पत्रिकाको छापा संस्करण तत्कालका लागि बन्द गर्न आह्वान गरेको छ । विश्वाव्यापी रूपमा फैलिएको कोविड–१९ को प्रकोप नेपालमा पनि बढ्न थालेपछि सोसाइटीले यस्तो आह्वान...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्