दैनिक पत्रिकाको छापा संस्करण बन्द गर्न मिडिया सोसाइटीको आह्वान

 न्यूज विराट
दैनिक पत्रिकाको छापा संस्करण बन्द गर्न मिडिया सोसाइटीको आह्वान

नेपाली मूलधारका प्रकाशन गृह र स्याटेलाइट टेलिभिजनको छाता संगठन नेपाल मिडिया सोसाइटीले दैनिक पत्रिकाको छापा संस्करण तत्कालका लागि बन्द गर्न आह्वान गरेको छ ।

विश्वाव्यापी रूपमा फैलिएको कोविड–१९ को प्रकोप नेपालमा पनि बढ्न थालेपछि सोसाइटीले यस्तो आह्वान गरेको हो । पत्रकारसँगै अखबारमा काम गर्नेको सुरक्षालाई मध्यनजर गर्दै पत्रिका बन्द गर्न आह्वान गरिएको मिडिया सोसाइटीले जनाएको छ ।

सोसाइटीको आह्वानमा ऐक्यबद्धता जनाउँदै नेपाल समाचारपत्र र कारोबार दैनिकले आइतबारदेखि छापा प्रकाशन बन्द गर्ने भएका छन् । नेपाल समाचारपत्रका प्रबन्ध सम्पादक वीरेकलाल श्रेष्ठले सोसाइटीको आह्वानअनुसार आइतबारदेखि पत्रिका प्रकाशन स्थगित गर्ने निर्णय भएको शिलापत्रलाई जानकारी दिए ।

सम्बन्धित समाचार

उच्च सतर्कताका साथ विराटनगरबाट हवाई उडान सुरु, पहिलो दिन ६ उडान

विराटनगर, ५ असोज–कोरोना भाइरस महामारी नियन्त्रण गर्न गरिएको लकडाउनपछि गत चैत ११ गतेबाट बन्द हवाइसेवा सोमबारबाट सुरु भएको छ । लामो समयको बन्दपछि सोमबारदेखि सुरु भएको हवाइसेवामा पहिलो दिननै विराटनगर विमानस्थलबाट ६ उडान भएका छन्...

विराटनगर बजार विहान ६ देखि १० बजे सम्म खोल्ने महानगरको निर्णय

विराटनगर, जेठ ८–विराटनगर बजार दैनिक ४ घण्टा खोल्ने माहानगरपालिकाले निर्णय गरेको छ । लामो समयदेखि जारी बन्दाबन्दीले जनजीवन अस्तव्यस्त भएपछि विराटनगर महानगरपालिकाले बैंक तथा वित्तीय संस्था र निर्माण सामग्रीका पसल खोल्न दिने तयारी गरेको हो।...

कोभिड-१९ उच्चस्तरीय समितिको बैठक बस्दै, लकडाउनबारे निर्णय हुने

काठमाडौं, १३ वैशाख-सरकारले आज कोरोना नियन्त्रणका लागि लकडाउनकाे म्याद थप्ने/नथप्नेबारे निर्णय गर्ने भएको छ ।तेस्रो पटक लम्ब्याइएको लकडाउन सोमबार (१५ वैशाख) सकिने भएकाले सरकारले आज लकडाउन थप्नेनथप्नेबारे निर्णय गर्ने भएको हो । लकडाउनलाई कसरी अगाडि...

भारतीय विदेश सचिवको सुरक्षाका लागि चारवटै निकायका सुरक्षाकर्मी परिचालन

काठमाडौं, ११ मंसिर-भारतीय विदेश सचिव हर्षबर्द्धन श्रृंगलाको सुरक्षाको लागि चार वटै सुरक्षा निकाय परिचालन गरिएकाे छ । चार्टर्ड विमानबाट नेपाल आएका उनी दरबारमार्गस्थित होटल याक एण्ड यतीमा बसेका छन् । काठमाडौं प्रहरीका अनुसार होटल क्षेत्रलाई...

मापसे गरेर एम्बुलेन्स चालकको विराटनगरमा आतंक, चार वटा सवारीलाई दिए ठक्कर

विराटनगर । विराटनगरको हस्पिटल चोकमा मादक पदार्थ सेवन (मापसे) गरी एक जना एम्बुलेन्स चालकले आतंक मच्याएका छन् । मोरङको रतुवामाइ नगरपालिका – ५ का वर्ष २९ का सुफल मुर्मुले मापसे सेवन गरेर मंगलबार राती चलाएको...

कटहरीको सडक बनाउन माग राख्दै सडक अवरुद्ध, शुक्रबार दुई घण्टा गर्ने तयारी

विराटनगर । हुलाकी सडक अन्र्तगत मोरङको कटहरी खण्डको निमार्ण कार्य सुस्त भएपछि स्थानीय आन्दोलनमा उत्रिएका छन् । उक्त सडक निमार्ण कार्यमा ढिला सुस्ती भएको भन्दै नेपाली काँग्रेस कटहरी गाउँपालिकाको अगुवाइमा यहाँका स्थानीयले एक घण्टा सडक...

युवा व्यवसायी सुमन प्रसाईँले जन्मदिन मानवसेवा आश्रममा मनाए

विराटनगर । पछिल्लो समय जन्मदिन मनाउने शैली फरक भएको छ । हजारौँ खर्च खर्चिएर रेस्टुरेन्ट होटेलमा पार्टी दिने प्रचलन रहेको छ । तर, विराटनगरका युवा व्यवसायी सुमन प्रसाईँले फजुल खर्च नगरी आफ्नो जन्मदिन विराटनगरस्थित मानव...

आगलागी पीडीतको घर निर्माणका लागि ३ लाख ७५ हजार सहयोग

विराटनगर । आगलागी पिडीतको घर निर्माणका लागि आर्थिक सहयोग गरेर नेकपा (एमाले) रंगेली नगर कमिटीले उदाहरणीय काम गरेको छ । रंगेली ३ स्थित बावुसाहेव टोलका आगलागी पिडीतको घर निर्माणका लागि ३ लाख ७५ हजार रुपैयाँ...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्