नेपालमा मनसुन प्रवेश गर्दै

 न्यूज विराट
नेपालमा मनसुन प्रवेश गर्दै

नेपालमा अहिले मनसुन प्रवेश नभए पनि मनसुनी गतिविधिको प्रभावले बदली र वर्षा भइरहेको छ । अबको दुई/चार दिनभित्रै नेपालमा मनसुन प्रवेश गर्ने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद् हिरा भट्टराईका अनुसार अबको केही दिनभित्रै देशको पूर्वी भेगबाट मनसुन सुरु हुनेछ । उनले भने, ‘अहिले प्रि मनसुन र मनसुनको सुरुवाती चरणको ट्रान्जिक्सन फेजमा रहेको छ, अबको दुई/चार दिनभित्रै नेपालमा मनसुन भित्रिनेछ ।’

प्रदेश १, मधेस र बागमती प्रदेशका कतिपय स्थानमा आज र भोलि वर्षा भए पनि पश्चिमी भेगमा भने वर्षाको सम्भावना नदेखिएको मौसमविद् भट्टराईले बताए । नेपालमा सामान्यतया मनसुन १० जुनमा प्रवेश गर्ने गर्दछ ।

देशको पूर्वी भेगबाट मनसुन प्रवेश गरी क्रमशः पश्चिमतर्फ विस्तार हुन्छ । जुनदेखि सेप्टेम्बरसम्म चार महिनाको अवधिलाई दक्षिण एशियाली क्षेत्रमा मनसुनको अवधि भनिन्छ । उक्त समयमा नेपालमा वार्षिक वर्षाको करिब ८० वर्षा हुने गर्दछ ।

हाल नेपालमा स्थानीय वायु र भारतको उत्तर प्रदेशदेखि पूर्वी बङ्गलादेशसम्म पूर्व–पश्चिम फैलिएको न्यून चापीय रेखाको प्रभाव रहेको छ । उक्त मौसमी प्रभावले हाल प्रदेश १, मधेस प्रदेश र बागमती प्रदेशमा सामान्यदेखि पूर्ण बदली र बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली भई प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

दिउँसो प्रदेश १, मधेस, बागमती प्रदेश र गण्डकी प्रदेश तथा देशका अन्य पहाडी भू–भागमा सामान्य बदली रही बाँकी भेगमा आंशिक बदली रहनेछ । प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा तथा मधेस प्रदेशका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

 

सम्बन्धित समाचार

ग्रेडेडद्वारा एसईई दिएका विद्यार्थीहरूको विदाई

विराटनगर । विराटनगर ८ मा अवस्थित ग्रेडेड स्कुलले २०८१ को एसईईमा सहभागी भएका कुल ४७ विद्यार्थीहरूको विद्यालय परिसरमा एक कार्यक्रम आयोजना गर्दै विदाई गरेको छ। कक्षा ९ द्वारा कक्षा १० का विद्यार्थीहरूलाई विदाई कार्यक्रम गरिएको...

देशभर थपिए ८९६० संक्रमित, ५०५५ जना डिस्चार्ज

पछिल्लो २४ घण्टाको अवधिमा ८ हजार ९६० जना संक्रमित थपिएका छन् । २० हजार २४५ जनाको पीसीआर र एन्टिजेन गर्दा सो संख्यामा कोरोन संक्रमित थपिएका हुन् । आज ५ हजार ५५ संक्रमित निको भएर डिस्चार्ज...

उद्योगी विनोद चौधरीलाई कोरोना संक्रमण

काठमाडौं, १२ भदौ-उद्योगी विनोद चौधरीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएकाे छ । उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफूलाई कोरोना पोजिटिभ देखिएको पुष्टि गरेका हुन् । शुक्रबार बिहान आएको कोरोना परीक्षण नतिजाकाे पोेजिटिभ रिपाेर्ट आएकाे उनले जानकारी...

विराट एक्स्पोमा नगद छुटदेखि विभिन्न उपहारसम्म

विराटनगर, फागुन ४–विराटनगरमा जारी विराट एक्स्पोमा उद्योगी र व्यापारीहरुले नगद छुटदेखि विभिन्न उपहार योजनाहरू ल्याएका छन् । एक्स्पोमा उपभोक्तालाई आकर्षण गर्न बिक्रेताहरूले नगददेखि विभिन्न उपहारहरूको व्यवस्था गरेको बताएका छन् । क्वालिटी थाइफुडका बाबुराम पोखरलेलले स्टलमा...

चितवनमा होम आइसोलेसनमा बस्ने कोरोना संक्रमितको संख्या धेरै  

चितवन,  ९ असोज-पछिल्लो समय चितवन जिल्लामा होम आइसोलेसनमा बस्ने सङ्ख्यामा वृद्धि आएको छ । जिल्ला स्वास्थ्य कार्यालय चितवनको तथ्याङ्कअनुसार हाल कोरोना सक्रिय संक्रमित ९ सय ४३ रहेका छन् । त्यसमध्ये ६ सय २६ होम आइसोलेसनमा...

विद्यालय खेलकुद संघ मोरङमा गठन, अध्यक्षमा सितला सुब्बा

विराटनगर । नेपाल विद्यालय खेलकुद संघ मोरङ गठन भएको छ । विराटनगरमा आइतबार भएको भेलाले नेपाल विद्यालय खेलकुद संघ गठन भएको हो । संघको अध्यक्षमा सितला सुब्बा रहेकी छिन् । उनी प्याब्सन मोरङको निर्वतमान अध्यक्ष...

सुनवर्षी मेयर कप क्रिकेटः कर्मचारी टिमको शादानर जित

विराटनगर, ६ पुस । मोरङको सुनवर्षी नगरपालिकामा जारी तेस्रो मेयर कप क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रबार भएको खेलमा कर्मचारी टिम विजय भिएको छ । आजको खेलमा वडा नम्बर ७ लाई पराजित गर्दै सुनवर्षी नगरपालिकाको कर्मचारी टिम...

भारत लैजान लागेको ६ जना बालकको उद्धार

विराटनगर । भारत लैजान लागेको ६ जना बालकको सीमा क्षेत्रबाट उद्धार गरिएको छ । भारतको लखनाउमा खेतबारीमा काम लगाउने भन्दै बालश्रमिकको रुपमा लैजान लागेको अवस्थामा सुनसरीको इटहरी घर भएका ६ जना बालकहरुलाई साना हात नामक...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्