चितवनमा होम आइसोलेसनमा बस्ने कोरोना संक्रमितको संख्या धेरै  

 न्यूज विराट
चितवनमा होम आइसोलेसनमा बस्ने कोरोना संक्रमितको संख्या धेरै  

चितवन,  ९ असोज-पछिल्लो समय चितवन जिल्लामा होम आइसोलेसनमा बस्ने सङ्ख्यामा वृद्धि आएको छ । जिल्ला स्वास्थ्य कार्यालय चितवनको तथ्याङ्कअनुसार हाल कोरोना सक्रिय संक्रमित ९ सय ४३ रहेका छन् । त्यसमध्ये ६ सय २६ होम आइसोलेसनमा बसेका छन् । बाँकी ३ सय १७ जना संस्थागत आइसोलेसनमा बसेका छन् ।

कार्यालयमा प्रमुख दीपक तिवारीका अनुसार होम आइसोलेसनमा बस्ने मानिस इमान्दार भए अस्पतालमा जस्तै घरमा पनि सुरक्षित हुने भएकाले होम क्वारेन्टाइन प्रभावकारी देखिएको हो । यससँगै जिल्लामा सञ्चालनमा रहेका क्वारेन्टाइन पनि विस्तारै खाली हुँदै गएको छ ।

लक्षण नभएका संक्रमित अस्पताल जाँदा शय्याको अभावमा जटिल बिरामीको उपचारमा समस्या आउने भएकाले पनि होम आइसोलेसनमा बस्न सरकारको निर्देशन छ ।

लक्षण देखिएका कोरोना संक्रमित अस्पताल जानुपर्ने सरकारको मापदण्ड निर्धारण गरेकाले पनि होम आइसोलेसनमा बस्नेको सङ्ख्यामा वृद्धि हुँदै गएको प्रमुख तिवारीले बताए ।

होम आइसोलेसनमा बसेर कोरोना सङ्क्रमणमुक्त महिलाका अनुसार होम आइसोलेसनमा बस्दा केही कठिन भए पनि परिवारको सहयोगले प्रभावकारी बन्छ ।

घरमै परिवारबाट छुट्टै बसरे गुर्जो, बेसारपानी र स्वासस्प्रस्वाससम्बन्धी व्यायाम गरे छिट्टै कोरोनालाई परास्त गर्न सकिन्छ । हाल होम आइसोलेसनमा सबैभन्दा बढी भरतपुर महानगरपालिकामा ४ य ४९ जना बसेका छन् । रत्नननगरमा ६५, खैरहनीमा ५६, राप्तीमा २५, कालिकामा २१, माडी नगरपालिका र इच्छाकामना गाउँपालिकामा ५५ जना छन् ।

चितवनमा अहिलेसम्म १ हजार ६ सय ७७ जना कोरोनाबाट संक्रमित भएका छन् । जसमध्ये पुरुष ९ सय ९३ र महिला ६ सय ८४ छन् । त्यसमध्ये ७ सय १५ कोरोना निको भई घर फर्किएका छन् भने १८ जनाको मृत्यु भएको छ । रासस

सम्बन्धित समाचार

योगेन्द्र मण्डलले पाए ‘ट्युबवेल’ चुनाव चिन्ह

विराटनगर । मोरङ क्षेत्र नं. ५ मा प्रतिनिधि सभा सदस्यीय पदमा स्वतन्त्र उम्मेदवारी दिएका योगेन्द्र मण्डलले ट्युबवेल चुनाव चिह्न पाएका छन् । निर्वाचन कार्यालयले बुधबार मण्डललाई ट्युबवेल चुनाव चिन्ह प्रदान गरेको हो । नेकपा एमाले...

आज प्रदेश १ को मुख्यमन्त्री राजेन्द्र राई बन्दै

विराटनगर, १६ कात्तिक । प्रदेश १ मा मंगलबार पाँच दलीय गठबन्धनको सरकार बन्दैछ । नेकपा एमालेका सचिव भीम आचार्यले विश्वासको मत प्राप्त गर्न नसक्ने अवस्थामा मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि पाँच दलीय गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादी...

ओली भने – संसद् विघटन राजनीतिक इस्यु हो, अदालत प्रवेश नगर्ने नजिर छ

काम चलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक घटनामा सर्वोच्च अदालत हाबी भएको भन्दै असन्तुष्टि जनाएका छन् ।सरकारी स्वामित्वको संचारमाध्यम नेपाल टेलिभिजनका लागि महिन्द्र विष्टलाई दिएको अन्तर्वार्तामा राजनीतिक इस्युमा अदालत प्रवेश नगर्ने स्थापित नजिरलाई बेवास्ता गरिएको...

मोरङको पथरीमा हराएको टाटा पिकअप विराटनगरमा भेटियो

विराटनगर । मोरङको पथरी बजारबाट हराएको पिकअप भेन विराटनगरमा भेटिएको छ । साउन २७ गते बेलुका पथरीस्थित सिटिजन बैंक अगाडि पार्किङ गरी राखेको टाटा पिकअप भेन हराएको थियो । हराएको पिकअप भेन खोजबिन गर्ने क्रममा...

दल विभाजन गर्ने अध्यादेशविरुद्ध रिट

काठमाडौं, ३ भदौ । राजनीतिक दल फुटाउने उद्देश्यले ल्याईएको अध्यादेश बिरुद्ध सर्वोच्च अदालतमा बेग्ला बेग्लै रिट दर्ताका लागि पेस भएका छन् । अधिवक्ता श्रीकान्त बराल, प्रवेश केसी, अनुप अर्याल, सकुन्तला भुसाललगायतले अध्यादेशविरुद्ध रिट लिएर सर्वोच्च...

कोशीका मुख्यमन्त्रीले विश्वासको मत लिने दिन एमाले र राप्रपाका ८ जना ज्येष्ठ सांसद अनुपस्थित रहने

विराटनगर । सरकार बनाउने र ढाल्ने खेल चलिरहेको कोशी प्रदेशमा पुनः त्यस्तै खेल दोहोरिने निश्चित भएको छ। सरकार बनाउन यसअघि सत्ता गठबन्धनले खेलेको खेल आइतबारबाट मुख्य विपक्षी नेकपा एमाले र राप्रपाले दोहोर्याएका छन् । सोमबार...

प्रधानमन्त्री ओलीद्वारा बेलायती प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना

प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त अधिराज्य बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।गत १० दिनदेखि कोरोना भाइरसको सङ्क्रमणका कारण आइसोलेशनमा रहेका प्रधानमन्त्री जोन्सन सोमबार अस्पतालको सघन उपचार कक्षमा भर्ना भएका थिए ।...

कोरोना जितेकी प्रसिद्धी भन्छिन्- मेरो रगत कोरोनाका बिरामीलाई दिनेछु

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा शनिबार छुट्टै माहोल बन्यो । कारण– कोरोना भाइरस संक्रमित प्रसिद्धी श्रेष्ठको डिस्चार्च ।उनी २७ दिनपछि कोरोना जितेर टेकु अस्पतालबाट डिस्चार्ज भएकी हुन् । ‘डाक्टरहरुलाई धन्यवाद,’ डिस्चार्जपछि उनले भनिन्, ‘मेरो...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्