भारतलाई बेच्न थालियो कालीगण्डकीको बिजुली

 न्यूज विराट
भारतलाई बेच्न थालियो कालीगण्डकीको बिजुली

सरकारले १ सय ४४ मेगावाट जडित क्षमताको कालीगण्डकी ‘ए’ विद्युतगृहबाट उत्पादित विद्युत् भारतलाई बेच्न थालेकाे छ । नेपाल विद्युत् प्राधिकरणले कालीगण्डकी विद्युत‍् गृहबाट उत्पादित विद्युत् आज राति १२ बजेदेखि निर्यात सुरु गर्न लागेको हो ।

प्राधिकरणले विद्युत् भारतीय ऊर्जा एक्सचेञ्ज (आइएक्स)मा बिहीबारदेखि त्रिशूली र देवीघाट जलविद्युत्गृहबाट उत्पादित विद्युत्लाई स्रोत मानी दैनिकरुपमा करिब ३९ मेगावाट विद्युत् निर्यात गरिरहेको छ । कालीगण्डकीको पनि सुरु भएसँगै प्राधिकरणले १७७.७ मेगावाट विद्युत् भारत निर्यात गर्नेछ ।

कालीगण्डकी ए को १४० मेगावाट, त्रिशूलीको २३.२ मेगावाट र देवीघाटको १४.५ मेगावाट विद्युत् भारत निर्यात हुनेछ । वर्षात्सँगै नदीनालामा पानीको बहाव बढेर विद्युत्गृह पूर्ण क्षमतामा चल्न थालेपछि आन्तरिकरुपमा खपत गरी अतिरिक्त भएको ऊर्जालाई प्राधिकरणले भारत निर्यात गरेको हो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आज रातिदेखि निर्यात हुने विद्युत्को औसत बिक्री मूल्य प्रतियुनिट ११.२ रुपैयाँ (७ भारु) रहेको बताउनुभयो । ‘अधिकतम दर प्रतियुनिट १९ रुपैयाँ (१२ भारु), न्यूनतम २.३८ रुपैयाँ (१.४९ भारु) र औसत दर ११.२ रुपैयाँ (७ भारु) छ’- घिसिङले भन्नुभयो ।

आइएक्समा २४ घण्टालाई १५-१५ मिनेटको ९६ वटा ब्ल्कमा विभाजन गरी बजारले तय गरेको प्रतिस्पर्धी दरमा विद्युत्को कारोबार गरिन्छ । त्यसैले हरेक ब्ल्कको मूल्य फरकफरक हुने गरेको छ । प्राधिकरणका अनुसार बिहीबार निर्यात गरिएको विद्युत्को अधिकतम र न्यूनतम मूल्य प्रतियुनिट क्रमश: भारु १२ (१९.२ नेरु) र २.४९ (३.९८नेरु) छ । त्यस दिनको औसत मूल्य प्रतियुनिट भारु ६.७२ (१०. ७६ नेरु) छ ।

शनिबार प्राधिकरणले अधिकतम प्रतियुनिट मूल्य १९.२ रुपैयाँ (१२ भारु) र न्यूनतम ४.०८ रुपैयाँ (२.५५ भारु)मा विद्युत् बिक्री गरेको छ । औसतम मूल्य ११.४८ रुपैयाँ (७.१८ भारु) छ । नेपालले भारतीय भारतीय ऊर्जा एक्सचेञ्ज मार्केटमा प्रतिस्पर्धी दरमा ३६४ मेगावाटसम्म विद्युत् बिक्री गर्न अनुमति पाएको छ । (रासस)

 

सम्बन्धित समाचार

क्वारेन्टाइनमा रहेकी महिलामाथि बलात्कार प्रयास

जनकपुरधाम, १२ वैशाख-धनुषाको क्वारेन्टाइनमा बसेकी महिलामाथि बलात्कारको प्रयास भएको छ । धनुषाको विदेह नगरपालिका–६ स्थित क्वारेन्टाइनमा रहेकी २२ वर्षीया महिलामाथि गएराति बलात्कारको प्रयास भएको हो । ती महिला विगत ७ दिनदेखि त्यहाँ रहँदै आएकी थिइन्।...

त्रिभुवन विमानस्थलमा एकै दिन १६ उडान

काठमाडौं, ६ असार-त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज एकै दिन १६ उडान भएका छन् । अन्तर्राष्ट्रियतर्फ १० र आन्तरिकतर्फ ६ उडान भएको विमानस्थल कार्यालयले विज्ञप्तिमार्फत् जनाएको छ । शुक्रबार पनि अन्तर्राष्ट्रियतर्फ ९ र आन्तरिकतर्फ ५ गरी १५...

ब्रिज इन्टरनेशनल कन्सलटेन्सीको शाखा कार्यालय विराटनगरमा

विराटनगर । ब्रिज इन्टरनेशनल कन्सलटेन्सीको शाखा कार्यालय विराटनगरमा संचालनमा आएको छ । विराटनगरमा शनिबार एक कार्यक्रम आयोजना गरी उक्त ब्रिज इन्टरनेशनल कन्सलटेन्सी खुलेको हो । ब्रिज इन्टरनेशनलको उद्घाटन नेपाल शैक्षिक परामर्श संघ ईकानका अध्यक्ष शेषराज...

विराटनगरमा टेबल टेनिस प्रतियोगिता बिहीबारदेखि हुने

विराटनगर । पहिलो अन्तर विद्यालय टेबल टेनिस प्रतियोगिता हुने भएको छ । मिल्स फार्क क्बल विराटनगर १५ को आयोजनामा बिहीबारदेखि अन्तर विद्यालय टेबल टेनिस प्रतियोगिता सुरू हुने भएको हो । जेठ ११ र १२ गतेसम्म...

सकियो ब्यूर्टिपालरको एक महिने एडभान्स कोर्ष

विराटनगर । महिलाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले सुरु भएको एक महिने ब्यूर्टिपालर तालिम (एडभान्स कोर्ष) सम्पन्न भएको छ । मिनाज ब्युटि केयर एण्ड पार्लरको आयोजना र विराटनगर महानगरपालिकाको आर्थिक सहयोगमा एक महिने ब्यूर्टिपालर तालिम सोमबार समापन...

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ५६० जना डिस्चार्ज, २१८ संक्रमित थपिए

विराटनगर, ४ मंसिर–पछिल्लो २४ घण्टामा प्रदेश १ मा ५ सय ६० जना डिस्चार्ज भएका छन् । होम आईसोलेसनबाट ५ लसय ४०, मेची अस्पतालबाट सात, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट पाँच, कोसी अस्पताल कोभिड१९ उपचार...

भदौ १२ गतेदेखि मतदाता नामावली अद्यावधिक र दाबी विरोध प्रक्रिया सुरु हुने

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको निर्वाचनलाई ध्यान दिएर मतदाता नामावलीलाई अद्यावधिक तथा दाबी विरोधको प्रक्रिया प्रारम्भ गर्ने भएको छ । अद्यावधिक कार्यक्रमअनुसार आउँदो भदौ १२ देखि १९ गतेसम्म मतदाता नामावली अद्यावधिक (दाबी विरोधसमेत)को कार्यक्रम...

होटल ह्यारिसनमा ‘हाट बजार’ मेला सुरू

विराटनगर । विराटनगरस्थित होटल ह्यारिसनमा ‘हाट बजार’ मेला सुरू भएको छ । जैन इन्टरनेशल टे«ड अर्गनाइजेसन (जितो) को आयोजनामा विराटनगरमा एक दिने हाटबजार मेला बिहीबार लागेको हो । उक्त मेलाको उद्घाटन विराटनगर महानगरपालिका प्रमुख नागेश...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्