तस्करलाई सघाएको आरोपमा चार प्रहरी निलम्बित - News Birat

तस्करलाई सघाएको आरोपमा चार प्रहरी निलम्बित

न्यूज विराट

जनकपुर, २२ जेठ-प्रहरीको मिलोमतोमा जनकपुर क्षेत्रका तस्करी भइरहेको आरोप लागिरहेका बेला प्रदेश २ का चार जना प्रहरी निलम्बनमा परेका छन् ।लकडाउनको समयमा तस्करलाई सघाएको पाइएपछि निलम्बन गरिएको प्रदेश प्रहरी प्रमुख डीआईजी धीरजप्रताप सिंहले बताए । निलम्बनमा परेकाहरुमा प्रहरी सहायक निरीक्षक राजाराम ठाकुर, प्रहरी हवल्दार विजय साह र चुनरमण चौरसिया तथा प्रहरी जवान अरुण तिवारी रहेका छन् ।

यी चारै जना सर्लाहीको विष्णु गाउँपालिकास्थित बबाल दोहन प्रहरी चौकीमा कार्यरत थिए । उनीहरुले आर्थिक लाभ लिएर तस्करलाई सघाएको खुलेको उनले जानकारी दिए ।

आर्थिक लाभ लिएर भारतबाट सामान ओहोरदोहोरमा सहयोग पु¥याएको प्रमाण फेला परेपछि उनीहरुलाई निलम्बन गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । प्रदेश प्रहरी कार्यालयले उनीहरुको विषयमा थप अनुसन्धान गरिरहेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles