आरती स्ट्रिप्स विरुद्ध कारबाही अघि नबढाउन उच्च अदालतको आदेश - News Birat

आरती स्ट्रिप्स विरुद्ध कारबाही अघि नबढाउन उच्च अदालतको आदेश

न्यूज विराट

विराटनगर, २१ पुस-मोरङको बुढिगंगास्थित आरती इस्ट्रिप्स प्रा. लि.ले निष्काशन गरेका मजदुरका विषयमा कुनै कारबाही प्रक्रिया अघि नबढाउन श्रम कार्यालय विराटनगरका नाममा उच्च अदालत विराटनगरले परमादेश जारी गरेको छ ।

आरती इस्ट्रिप्स प्रा. लि.ले आफूहरुलाई विना कारण निष्काशन गरेको भन्दै मजदुरहरुले पुर्नवहालीका लागि श्रम कार्यालयमा दिएको निवेदनको सुनुवाई गर्दै पुर्नवहालीका लागि दिएको निर्देशन आरतीले अटेर गरेपछि श्रम कार्यालय विराटनगरले आरती इस्ट्रिप्सको बैक खाता रोक्का गर्ने प्रक्रिया अघि बढाएको थियो ।

आरतीका मजदुरहरुले ट्रेड युनियन गठन तथा नवीकरणका लागि श्रम तथा रोजगार कार्यालय विराटनगरमा निवेदन दिए पछि आरतीले १ सय ५० जना मजदुरलाई निस्काशन गरेको थियो । आरतीले मजदुर निकालेको उजुरी पाएपछि श्रम कार्यालय बिराटनगरले पुनर्वहाली गर्न निर्देशन दिए पनि आरतीले ती मजदुरहरु कम्पनीका नरहेको जानकारी श्रम कार्यालयलाई गराएको थियो ।

त्यसपछि कार्यालयले नेपाल राष्ट्र बैंकलाई पत्राचार गर्दै आरतीको बैंक खाता रोक्का गर्न अनुरोध गरेको श्रम तथा रोजगार कार्यालय बिराटनगरका सूचना अधिकारी रामप्रसाद तिमल्सिनाले जानकारी दिए ।

सोही निर्णयका विरुद्धमा आरतीले उच्च अदालत बिराटनगरमा श्रम कार्यालयविरुद्धमा उत्पेषण सहितको पमरादेश जारी गरि पाउँ भनी दिएको रिटमाथि सुनुवाई गर्दै अदालतले श्रम कार्यालयलाई कारबाही प्रक्रिया अघि नबढाउन परमादेश जारी गरेको तिमल्सिनाले जानकारी दिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles