एसईइ रनिङ शिल्डको उपाधि बरहा राईजिङलाई

 न्यूज विराट
एसईइ रनिङ शिल्डको उपाधि बरहा राईजिङलाई

विराटनगर । दोस्रो संस्करणको एसईइ कप अन्तर विद्यालय स्तरीय रनिङ शिल्ड फुटबल प्रतियोगिताको उपाधि सुनसरीको बराहा राईजिङ स्टार स्कुलले जितेको छ ।

विराटनगरमा शनिबार सम्पन्न भएको फाइनलमा विराटनगरमा रहेको सत्यनारायण माविलाई २–० गोलले हराउँदै बराहा राईजिङले उपाधि जितेको हो ।

उपाधिसँगै बराहाले नगद १२ हजार २ सय २२ रुपैयाँ र ट्रफि पाएको छ । उपबिजेता बनेको सत्यनारयण स्कुलले ७ हजार ७ सय ७७ रुपैयाँ र ट्रफिमा चित्त बुझायो ।

बराहा राईजिङलाई उपाधि दिलाउन कृष पौडेल नायक सावित भए । उनले २ गोल गरे । प्रतियोगिताको म्यान अफ फाइनल बराहा राईजिङका आयुश मगर घोषित भए । विद्यागत पुरस्कारहरुमा पनि बराहा राईजिङलको बर्चस्व रहयो ।
बेष्ट गोल किपरमा सनसाईनका सुप्रीम सुवेदि, बेष्ट डिफेन्स डन बस्को स्कुलका पृथु मान सिह अधिकारी, बेष्ट मिड फिल्डर सत्यनारायण माविका भरत चौधरी, बेष्ट फरवार्ड बराहाका प्रशान्त घोषित भए । बेष्ट – कोचमा बराहाका आकाश राई भए । हाइ स्कोर बराहाका रोहन राई, प्रतियोगिताको सर्बश्रेष्ठ खेलाडी युनिक एकेडेमीका धिरज उराव भए ।
सभ्य कला समाज र सम्राट स्पोर्टिङ क्लबको संयुक्त आयोजनामा भएको खेलमा मोरङ र सुनसरीका ४५ वटा विद्यालयको सहभागी रहेको संयोजक बिक्की कार्कीले जानकारी दिए । सोही अवसरमा रेफ्री सन्तोष ताम्राकारलाई सम्मान गरिएको छ । बिजेता हुने खेलाडी र सम्मानित हुने रेफ्री ताम्राकारलाई कार्यक्रमको प्रमुख अतिथि कोशी प्रदेशका सांसद भिम पराजुलीले पुरस्कार वितरण गरेका थिए ।

सम्बन्धित समाचार

‘कैची’ प्रहार गरेर मोरङ कटहरीका करण यादवको हत्या, चार जना पक्राउ

विराटनगर । मोरङ कटहरी गाउँपालिका – १ जमटोकी घर भएका २२ वर्षीय करण कामत हत्या भएको छ । चार जना युवाले कैची प्रहार गरेर उनको सोमबार राती हत्या गरेका हुन् । हत्या आरोपमा विराटनगर–११ घर...

पाँच महिनामा १९७ जना फरार प्रतिवादी पक्राउ

विराटनगर । मोरङ प्रहरीले पाँच महिनामा झण्डै दुई सय जना फरार प्रतिवादी पक्राउ गरेको छ । चालु आर्थिक वर्षको साउन देखि मंसिर १२ गतेसम्म १९७ जना फरार प्रतिवादी पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जन...

मोरङमा पूँजीगत तर्फ ८४ प्रतिशत खर्च

विराटनगर,१५ साउन । मोरङ जिल्लामा गएको आर्थिक वर्षमा सङ्घीय सरकारको कार्यालय अन्तर्गत रु ५५ अर्ब १२ करोड ९७ लाख छ हजार ८८१ खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय विराटनगरले जनाएको छ । कार्यालयको अनुसार...

राजमार्गमा बाघ देखिन थालेपछि स्थानीयवासी त्रसित

पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत बाँकेको अगैया–कुसुम सडकखण्डमा बाघ देखिएपछि स्थानीयवासी त्रसित भएका छन् । बाँके राष्ट्रिय निकुञ्जबाट निस्किएका दुई पाटेबाघ दिनहुँजसो सडकमा देखिने गरेका कारण स्थानीयवासी त्रसित हुन पुगेको राप्तीसोनारी गाउँपालिका–१ का वडाध्यक्ष चन्द्रबहादुर वलीले बताए ।...

नेता कार्यकर्तालाई सम्मान गर्दै जसपा मोरङले मनायो प्रथम स्थापना दिवस

विराटनगर, १२ वैशाख । जनता समाजवादी पार्टी (जसपा) नेपाल मोरङले पार्टीको स्थापना दिवस मनाएको छ । जसपा नेपालका मोरङ अध्यक्ष मो. कादिरको अध्यक्षतामा शनिबार कार्यक्रम गर्दै पार्टीको प्रथम स्थापना दिवस मनाइएको हो । कार्यक्रममा प्रमुख...

विवाद बढेपछि नेकपा स्थायी कमिटी बैठक स्थगित

काठमाडौं, २४ वैशाख-सचिवालय बैठकमा नेताहरूको मत नमिलेपछि भोलिका लागि तय भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक स्थगित भएको छ । गत शनिबार बसेको सचिवालय बैठकले भोलिका लागि स्थायी कमिटीको बैठक तय गरेको थियो...

नेपाल घरेलु तथा साना उद्योग महासंघ र सिटिजन बैंकबीच सम्झौता

विराटनगर, २८ साउन । नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङ र सिटिजनन बैंकबिच सम्झौता भएको छ । महिला उद्यमीहरुका लागि सहुलियत कर्जा उपलब्ध गराउने विषयमा महासंघ र बैंकबिच सम्झौता भएको हो । सम्झौता पत्रमा...

नेपालका लागि ७ प्रतिशत आर्थिक वृद्धिदर औषत : अर्थमन्त्री

काठमाडौं, १६ जेठ-अर्थमन्त्री डा. युवराज खतिवडाले ७ प्रतिशत नेपालको औषत आर्थिक वृद्धिदर पुगेको दाबी गरेका छन् । आगामी आर्थिक वर्षमा ७ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्यसहित बजेट विनियोजन गरेका अर्थमन्त्री खतिवडाले अर्थतन्त्र केही शिथिल भएको स्वीकार्दै...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्