विमान दुर्घटनामा ज्यान गुमाउने २२ जनाकै शव फेला

 न्यूज विराट
विमान दुर्घटनामा ज्यान गुमाउने २२ जनाकै शव फेला

मुस्ताङको थसाङ गाउँपालिका–२ मा तारा एयरको विमान दुर्घटना हुँदा निधन भएका २२ जनाको शव फेला परेको छ । नेपाली सेनाले विमानमा रहेका २२ जनाकै शव फेला परेको जानकारी दिएको हो ।

२१ जनाकाे शव साेमबार नै फेला परेकाे थियाे भने थप एक जनाकाे शव मंगलबार बिहान भेटिएकाे हाे ।

निधन भएकामध्ये १० जनाको शव सोमबार काठमाडौं ल्याइएको थियो । अन्य १२ जनाको शव पनि आज काठमाडौं ल्याउने तयारी भइरहेको सेनाले जानकारी दिएको छ ।

आइतबार बिहान पोखराबाट जोमसोमका लागि उडेको विमान सम्पर्कविहीन भएको थियो । सोमबार बिहान उक्त विमान थासाङ गाउँपालिका–२ स्थित पहाडमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो । विमानमा चालक दलका ३ सदस्यसहित २२ जना सवार थिए ।

उनीहरू सबैको निधन भएको छ । निधन भएका सबैको शव काठमाडौं ल्याएर आफन्तको जिम्मा लगाइने अधिकारीहरूले जानकारी दिएका छन् ।

सम्बन्धित समाचार

२४ घण्टामा १ हजार १२० जनामा कोरोना पुष्टि, १ हजार ११२ डिस्चार्ज

काठमाडौं, १७ भदौ-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजार १ सय २० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड- १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका...

देउवालाई ओलीले भने- खोप हामीले जुटाएका हौँ, खोप, खोप भनेर राजनीति नगर

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोरोनाविरुद्धको खोप आफूहरूले जुटाएको उल्लेख गर्दै खोप, खोप, खोप भनेर राजनीति नगर्न चेतावनी दिएका छन् । केन्द्रीय कमिटीको बैठकमा उनले आफू नेतृत्वको सरकारले कोरोनाविरुद्धको खोप ल्याएको भन्दै ओलीले राजनीति...

रविन थापाः युवा संघ वडा कमिटी सचिवदेखि एमाले मोरङको सचिवसम्म, यस्तो छ राजनीतिक इतिहाँस

विराटनगर । नेकपा (एमाले) मोरङ संगठन कमिटीको सचिवमा नेता रविन थापाले जिम्मेवारी पाएका छन् । उनलाई आइबार बसेको प्रदेश कमिटीको सचिवालय बैठकले जिम्मेवारी दिएको हो ।पार्टीको जनसंगठनको विभिन्न जिम्मेवारीमा रहेर महत्वपूर्ण र सफल नेतृत्व गरेका...

राईलाई संसदीय दलको नेताबाट हटाइयो, आचार्य नयाँ नेता चयन

काठमाडौं, १६ पुस-नेकपा प्रचण्ड–माधव पक्षले प्रदेश १ को संसदीय दलको नेतामा भीम आचार्यलाई चयन गरेको छ ।  मुख्यमन्त्री शेरधन राईलाई दलको नेताबाट हटाउँदै अचार्यलाई चयन गरिएको हो । मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्दै प्रचण्ड–माधव...

शान्ति सुरक्षा सबैको साझा जिम्मेवारी हो– प्रहरी महानिरीक्षक

विराटनगर, २८ साउन । शान्ति सुरक्षा सबैको साझा जिम्मेवारी रहेको प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले बताएका छन् । नव निर्मीत जिल्ला प्रहरी कार्यालय सुनसरीको कार्यालय भवन, तथा आवास गृहको उदघाटन गर्दै प्रहरी महानिरीक्षक थापाले उक्त...

विराटनगर विमानस्थल प्राथमिकतामा पर्न नसकेको सरकारका प्रतिनिधिहरूलेनै स्वीकारे

विराटनगर । विराटनगर विमानस्थल तीन तहको सरकारको प्राथमिकतामा पर्न नसकेको स्वयम् सरकारका प्रतिनिधिहरूले स्वीकार गरेका छन् । विराटनगर विमानस्थलको विस्तारका लागि संघीय सरकारले प्राथमिकतामा राखेर बजेट उपलब्ध नगराएको प्रदेश सरकार र स्थानीय सरकारका प्रमुखले बताएका छन्...

विराट गोल्डकप, फाइनल यात्राको लागि आज पुलिस र चर्च ब्वाइज भिड्दै

विराटनगर । ९ औं संस्करणको रमपम विराट गोल्डकपको दोस्रो क्वाटरफाइनल खेल आज सझ साढे ६ बजे सुरु हुँदैछ । विराटनगर सहिद मैदानमा विभागीय टिम नेपाल पुलिस क्लब र सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च...

मन्त्रीले आफ्नो क्षेत्रमा मात्र बजेट केन्द्रीत गरेको सांसदहरुको आरोप

विराटनगर, असार ११–प्रदेश सरकारका मन्त्रीहरूले आफ्नो निर्वाचन क्षेत्रमा मात्रै बजेट केन्द्रित गरेको सांसदहरूले आरोप लगाएका छन् । प्रदेशसभाको शुन्य समयमा बोल्ने सांसदहरूले प्रदेश सरकारका मन्त्रीहरूले आफ्नो क्षेत्रमा मात्रै बजेट केन्द्रित गरेको आरोप लगाएका हुन् ।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्