राईलाई संसदीय दलको नेताबाट हटाइयो, आचार्य नयाँ नेता चयन - News Birat

राईलाई संसदीय दलको नेताबाट हटाइयो, आचार्य नयाँ नेता चयन

न्यूज विराट

काठमाडौं, १६ पुस-नेकपा प्रचण्ड–माधव पक्षले प्रदेश १ को संसदीय दलको नेतामा भीम आचार्यलाई चयन गरेको छ ।  मुख्यमन्त्री शेरधन राईलाई दलको नेताबाट हटाउँदै अचार्यलाई चयन गरिएको हो ।

मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्दै प्रचण्ड–माधव पक्षले भीम आचार्यलाई भावी मुख्यमन्त्रीमा प्रस्ताव गरेको थियो । बहुमत सांसदको बिहीबार बसेको बैठकले राईलाई दलको नेताबाट हटाएको हो । प्रदेश १ मा नेकपाका ६७ सांसद छन् । जसमध्ये ३७ जनाले राईविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका थिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles