मुस्ताङको लो-घेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्षमा एमालेका विष्ट निर्वाचित

 न्यूज विराट
मुस्ताङको लो-घेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्षमा एमालेका विष्ट निर्वाचित

मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका लोप्साङ छोम्पेल विष्ट निर्वाचित भएका छन् । उनी ६८९ मतका साथ गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका देवबहादुर गुरुङले १८५ मत पाए । यस्तै, उपाध्यक्षमा पनि एमालेकी छिरिङ ल्हामो गुरुङ विजयी भएकी छन् । उनले ६४१ मत पाइन् ।

कांग्रेसकी लक्ष्मी गुरुङले २२५ मत पाएर पराजित भएकी छन् । ०७४ को चुनावमा गाउँपालिकामा निर्वाचित विष्ट स्वतन्त्र उम्मेदवार भएरै चुनाव जितेका थिए । पछि उनी एमाले प्रवेश गरेका थिए ।

विष्टले ०७४ को चुनावमा प्रतिस्पर्धी कांग्रेसका तेन्जिङ छिरिङ गुरुङलाई ५ सय ५२ मतान्तरले हराएका थिए ।

सम्बन्धित समाचार

३२ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौं, २६ वैशाख-प्रहरीले ३२ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । लकडाउनका कारण स्वदेश फर्कन नपाएका चिनियाँ नागरिकले आफ्नो देश फर्कन माग गर्दै आन्दोलन गर्न थालेपछि उनीहरुलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक...

अंग्रेजी भाषा मात्र सवैथोक होइनः मन्त्री घिमिरे

विराटनगर, ३ कात्तिक–प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले प्रविधिको विकाससँगै नेपाली शब्दावलीहरु हराउँदै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् । उनले नेपाली शब्दावली लोप हुनेतर्फ चिन्ता व्यक्त गरे । सामाजिक विकास मन्त्रालयद्धारा सोमबार...

मोरङ प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना, १३ सय प्रहरी खटिने

विराटनगर । चाडपर्व नजिकिदै जाँदा मोरङ प्रहरीले विशेष सुरक्षा रणनीति बनाएको छ । चाडपर्व हुन सक्ने चोरी, लुटपाटलगायत विभिन्न आपराधिक गतिविधिलाई मध्यनजर गर्दै सुरक्षा योजना तयार पारेको हो । दसैँ, तिहार, छठलगायतका पर्वलाई लक्षित गरेर...

लकडाउनले सुनसान बन्यो गुराँसको राजधानी टीएमजे

तेह्रथुम, संखुवासभा र ताप्लेजुङको सीमावर्ती क्षेत्रमा फैलिएको तीनजुरे–मिल्के–जलजले (टीएमजे)को गुराँसे वन प्रदेश-१ को महत्त्वपूर्ण पर्यटकीय गन्तव्यमा पर्दछ । यस क्षेत्रमा गुराँस फुल्न सुरु भए पनि लकडाउनका कारण वन क्षेत्र सुनसान छ । ५ सय ८५...

नारी दिवसका अवसरमा धरानमा कोरोनाविरुद्ध जनचेतना अभियान

विराटनगर, फागुन २२–अखिल नेपाल महिला संघ धरानले अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर कोरोना भाइरसविरुद्ध सचेतना अभियान सुरु गरेको छ । धरान उपमहागरपालिका वडा नं. ७ को सहकार्यमा संघले धरानको ७ नं. वडामा कोरोना भाईरसका बारेमा...

एस्पायर कलेजमा भर्ना भएका विद्यार्थीलाई अभिमुखिकरण

विराटनगर । विराटनगरस्थित एस्पायर कलेजमा भर्ना भएका विद्यार्थीहरूलाई अभिमुखिकरण दिएको छ ।कलेजले विराटनगरमा सोमबार एक कार्यक्रम आयोजना गरी अभिमुखिकरण गराएको हो । अभिमुखिकरण कार्यक्रमको उद्घाटन प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले गरे । काठमाण्डौ विश्व...

२७ वर्षीय युवा अभिषेकले विराटनगरमा खोले ‘द ग्राभेटि लाउन्ज’

विराटनगर । विराटनगर – १२ का २७ वर्षीय युवा अभिषेक धमलाले विराटनगरमा ‘द ग्राभेटि लाउन्ज’ रेष्टुरेन्ट संचालनमा ल्याएका छन् । उनले विराटनगर १० मा अंग्रेजी नयाँ वर्षको अवसर पारेर रेष्टुरेन्ट संचालनमा ल्याएका हुन् । उक्त...

तलब मात्र होइन, कोरोना भाईरस नियन्त्रणका लागि सरकार र पार्टीले गर्ने जुनसुकै निर्णय कार्यान्वयनः पूर्वमन्त्री मण्डल

विराटनगर, चैत ११–पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य शिवकुमार मण्डलले आफुले प्राप्त गर्ने १ महिनाको तलब मात्र नभएर कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि सरकार र पार्टीले गर्ने जस्तोसुकै निर्णय पनि कार्यान्वय गर्ने बताएका छन् । सञ्चारकर्मीहरुसँग...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्