नारी दिवसका अवसरमा धरानमा कोरोनाविरुद्ध जनचेतना अभियान

 न्यूज विराट
नारी दिवसका अवसरमा धरानमा कोरोनाविरुद्ध जनचेतना अभियान

विराटनगर, फागुन २२–अखिल नेपाल महिला संघ धरानले अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर कोरोना भाइरसविरुद्ध सचेतना अभियान सुरु गरेको छ । धरान उपमहागरपालिका वडा नं. ७ को सहकार्यमा संघले धरानको ७ नं. वडामा कोरोना भाईरसका बारेमा जानकारी लेखिएको पर्चा बाड्न सुरु गरेको हो ।

बिहिबार धरान उपमहानगरपालिकाकी उपमेयर मञ्जु भण्डारीले कार्यक्रम सुरु गर्दै कोरोनाबाट बच्न सरकार सतर्क भइसकेको भन्दै नागरिक पनि सचेत हुन आवश्यक रहेको बताइन् । उनले चीनबाट सुरु भएको कोरोना भाइसको संक्रमणको जोखिम नेपालमा उच्च रहेको भन्दै अनेम संघले सुरु गरेको अभियानमा सम्पूर्ण नागरिक सहभागी भइ सचेत हुनुपर्ने बताइन् ।

अखिले नेपाल महिला संघ सुनसरीकी कार्यवाहक अध्यक्ष बेणु काफ्लेले हरेक वर्ष मार्च ८ मा मनाइने अन्तराष्ट्रिय नारी दिवसमा यस पटक कोरोना विरुद्ध सचेतना अभियान चलाइएको बताइन् । उनले सचेतनाका लागि सबै वडामा आफुहरु पुग्ने बताइन् ।

सम्बन्धित समाचार

११३ वर्षीया मारियाले जितिन कोरोना

एजेन्सी, बैशाख ३१-स्पेनकै सबैभन्दा वृद्ध ठानिएकी एक ११३ वर्षीया वृद्धा कोरोना भाइरसमुक्त भएकी छन् । अवकाश जीवन बिताउने केएर होममा बस्दै आएका अरु धेरै जना वृद्धवृद्धाको मृत्यु भए पनि ११३ वर्षीया वृद्धाले कोरोना भाइरसलाई परास्त...

एनआईसी एसिया बैंकको एटीएम मेसिन तोडफोड, एक जना पक्राउ

कञ्चनपुरस्थित एनआईसी एसिया बैंकको एटीएम मेसिन तोडफोड गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीका अनुसार पक्राउ पर्नेमा वेदकोट नगरपालिका- २ दैजीका १९ वर्षीय नरेन्द्रसिंह...

२४ घण्टामा देशभर ४६८ जनामा कोरोना संक्रमण पुष्टि, १२४ डिस्चार्ज

काठमाडौं, ३१ साउन-पछिल्लो २४ घण्टाको अवधिमा थप ४६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४६८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर...

नेपालसँग सम्बन्ध सुधारेर अघि बढ्ने निर्णय भइसक्यो : भारतीय विदेशमन्त्री

भारतका विदेशमन्त्री एस जयशंकरले नेपालसँगको सम्बन्ध सुधार गरेरअघि बढ्ने समझदारी भइसकेको बताएका छन् । विगतमा नेपाल-भारतबीचको सम्बन्धमा समस्या देखा परेको उल्लेख गर्दै उनले आगामी दिनमा सम्बन्ध सुधार गरेर अघि बढ्ने संकेत पछिल्ला केही साताले देखाएको...

देशभर थपिए ८१६७ संक्रमित, थप ५४५५ जनाले जिते कोरोना

पछिल्लो २४ घण्टाको अवधिमा देशभर ८ हजार १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार ५४८ नमुना परीक्षण गर्दा सो संख्या संक्रमित थपिएका हुन् । आज १७ हजार...

‘लकडाउन’को मौका छोपी लागूऔषध तस्करी, उदयपुरबाट २ जना समातिए

उदयपुरको त्रियुगा नगरपालिका–२ खुदियाई जंगलबाट प्रहरीले लागू औषधसहित २ जनालाई पक्राउ गरेको छ ।बुधबार बेलुका जंगलबाट मोटरसाइकलमा घाँस भित्र लुकाएर लागूऔषध लिएर फर्कदै गरेका त्रियुगा नगरपालिका–१ का २४ बर्षीय विबेक राई र २२ बर्षीय भूपेन्द्र...

संसदलाई पंगु बनाउँदै बहुमतको सरकार ढाल्न खोजेपछि ताजा जनादेशमा जाने निर्णय गरेँ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदलाई पंगु बनाउँदै बहुमतको सरकार ढालेर अस्थिरता निम्त्याउने प्रयत्न भएपछि ताजा जनादेशमा जाने निर्णय लिएको बताएका छन् । नारायणहिटीको सभालाई सम्बोधन गर्दै ओलीले भने, ‘संसदलाई ठीक ढंगले काम गर्न दिनुभएन र...

पूर्वमन्त्री मण्डलले कार्यक्रममै गरे २१ लाख दिने घोषणा

विराटनगर, फागुन १९–पूर्वमन्त्री तथा मोरङ क्षेत्र नं. ५ का प्रतिनिधिसभा सदस्य शिवकुमार मण्डलले आफ्नो निर्वाचन क्षेत्र अन्तर्गत जहदा गाउँपालिकामा शिव मन्दिर निर्माणका लागि २१ लाख रुपैयाँ उपलब्ध गराउने भएका छन् । लोकप्रीय एवम् विकाप्रेमी नेताका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्