निर्वाचन भयरहित र पारदर्शी बनाउन मोरङका प्रजिअ दाहालको निर्देशन

 न्यूज विराट
निर्वाचन भयरहित र पारदर्शी बनाउन मोरङका प्रजिअ दाहालको निर्देशन

विराटनगर,२५ वैशाख । निर्वाचनलाई मर्यादित र स्वतन्त्र र निश्पक्ष बनाउन मोरङ प्रशासनले निर्देशन दिएको छ । मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुको एक दिने प्रशिक्षण कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले यस्तो निर्देशन दिएका हुन् ।

मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले निर्वाचन भयरहित, स्वच्छ, स्वतन्त्र एवं पारदर्शी बनाउन सबैले आ–आफ्नो क्षेत्रबाट कार्य गर्न निर्देशन दिनु भयो ।

उनले शान्तिसुरक्षामा समस्या भए तत्काल निराकरण गरिने बताए । काषर््क्रममा जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले निर्वाचनमा शान्ति सुरक्षाको अवस्था सबल रहेको बताउँदै नागरिकलाई भयमुक्त्त भई मतदान गर्न आग्रह गरे ।

सो अवसरमा प्रदेश निर्वाचन कार्यालयका प्रमुख लेवन कास्यप अधिकारीले मतदान केन्द्रका अधिकृतहरुबाट कुनै पनि लापरवाही हुन नदिन, कार्यालय दिने तालिममा विशेष ध्यान दिन, मतपत्रको ठेली गन्तीमा घटबढ हुन नदिन, मत खसाल्न सहज वातावरण सृजना गर्नुपर्नेमा जोड दिए ।

तालिममा मोरङका सवै उर्लावारी नगरपालिका, केराबारी गाउँपालिका, कानेपोखरी, मिक्लाजुङ, सुनवर्षी , लेटाङ, पथरी शनिश्चरे, बेलवारी, रतुवामाई, धनपालथान सुन्दरहरैच, रंगेली, ग्रामथान, जहदा , कटहरी, वुढीगंगा र विराटनगर महानगरपालिकामा खटिने एक हजार ६ सय ५७ जना अधिकृत र सहायक अधिकृतहरुको सहभागिता थियो ।

 

सम्बन्धित समाचार

रौतहटबाट ८१ जना संक्रमित डिस्चार्ज

काठमाडौं, २९ जेठ-रौतहट जिल्लाका विभिन्न अस्पतालमा निर्माण गरिएका आइसोलेसन सेन्टरमा उपचारपछि निको भएर ८१ जना कोरोना भाइरस संक्रमित घर फर्किएका छन् । रौतहट जिल्ला अस्पतालका मेसु डा. कृष्ण साहका अनुसार गौरस्थित नरसिंह इन्टिट्युटबाट १६ जना,...

भोलीदेखि धरानमा कोरोना भाइरस परिक्षण सुरु हुँदै

विराटनगर, चैत १५–आइतबारदेखि धरानमा रहेको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट पनि कोरोनाभाइरस(कोभिड–१९) को परीक्षण सुरू हुने भएको छ । परीक्षणका लागि सबै तयारी पूरा भइसकेको प्रतिष्ठानका इन्टरनल मेडिसिन विभाग प्रमुख डा. संजिवकुमार शर्माले बताए। विभिन्न...

कञ्चनपुरमा कारागारको सुरक्षा जिम्मा सेनालाई

कञ्चनपुर, २६ जेठ-कञ्चनपुर कारागारको सुरक्षा जिम्मा नेपाली सेनालाई दिइने भएको छ । भारतबाट नेपाल भित्रिने नागरिक र क्वारेन्टाइनको सङ्ख्यामा वृद्धि भइरहेकाले नेपाल प्रहरीलाई क्वारेन्टाइनको सुरक्षामा केन्द्रित हुन सहजीकरणका लागि आउँदो १ असारदेखि सेनालाई कारागारको सुरक्षाको...

प्रदेश १ को नामकरण कहिले ? कहिले हो कहिले

प्रदेशसभाको आठौँ अधिवेशनसम्म पनि प्रदेश १ को नामकरण हुन सकेको छैन । नामकरणका लागि प्रदेशसभाको दुईतिहाइ मत आवश्यक हुन्छ । तर, प्रदेशको नामकरण कहिले हुन्छ भन्ने अन्योल अझै कायम छ । अहिलेको सरकार अल्पमतमा रहेकाले पनि...

सीसीएमसी खारेज गर्दै सरकारले गठन गर्‍यो प्रधानमन्त्री नेतृत्वको निर्देशक समिति

काठमाडौं, ७ जेठ । सरकारले कोरोना संक्रमणको रोकथाम र नियन्त्रण गर्न गठन गरेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)लाई खारेज गर्दै प्रधानमन्त्रीको नेतृत्वमा कोभिड-१९ निर्देशक समिति गठन गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार जारी गरेको...

माग सम्बोधन नभएको भन्दै यातायात व्यवसायीले गरे प्रदर्शन

यातायात व्यवसायीले आफूहरूका व्यावसायिक समस्या सम्बोधन गर्न सरकारले चासो नदेखाएको भन्दै विरोध प्रदर्शन गरेका छन् । सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपाल र नेपाल मिटर ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजमा आवद्ध व्यवसायीले आइतबार माइतीघर मण्डलामा प्रदर्शन...

नेपालसँग सम्बन्ध सुधारेर अघि बढ्ने निर्णय भइसक्यो : भारतीय विदेशमन्त्री

भारतका विदेशमन्त्री एस जयशंकरले नेपालसँगको सम्बन्ध सुधार गरेरअघि बढ्ने समझदारी भइसकेको बताएका छन् । विगतमा नेपाल-भारतबीचको सम्बन्धमा समस्या देखा परेको उल्लेख गर्दै उनले आगामी दिनमा सम्बन्ध सुधार गरेर अघि बढ्ने संकेत पछिल्ला केही साताले देखाएको...

नक्कली प्रह रीबनेर पैसा असुल्ने ३ जना पक्राउ

धनगढी, माघ २९–कैलालीको धनगढीमा नक्कली प्रहरी बनेर रकम असुल्ने ३ जना पक्राउ परेका छन् । बझाङको खप्तड छान्ना गाउँपालिका–१ घर भई धनगढी उपमहानगरपालिका– ७, मनहेरा बस्ने ३२ वर्षीय सनम भण्डारी, धनगढी उपमहानगरपालिका–५, हसनपुरका ३५ वर्षीय...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्