भोलीदेखि धरानमा कोरोना भाइरस परिक्षण सुरु हुँदै

 न्यूज विराट
भोलीदेखि धरानमा कोरोना भाइरस परिक्षण सुरु हुँदै

विराटनगर, चैत १५–आइतबारदेखि धरानमा रहेको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट पनि कोरोनाभाइरस(कोभिड–१९) को परीक्षण सुरू हुने भएको छ । परीक्षणका लागि सबै तयारी पूरा भइसकेको प्रतिष्ठानका इन्टरनल मेडिसिन विभाग प्रमुख डा. संजिवकुमार शर्माले बताए।

विभिन्न कार्यक्रमका लागि आएको योजना र नेपाल सरकारले गरेको सहयोगमा ल्याबको स्थापना गरिएको हो । सुरूवाती दिनमा दैनिक १२ जनाको स्वाब परिक्षण गर्न सकिने गरी ल्याब तयार भएको माइक्रोबायोलोजी विभागका सह–प्राध्यापक नारायण भट्टराईले जानकारी दिए ।

ल्याबका लागि तत्काल आवश्यक पर्ने जनशक्ति आफूहरूसँग रहेको सह–प्राध्यापक भट्टराईले बताए । तत्कालका लागि आवश्यक पर्ने किटहरू रहेको उनको भनाइ थियो । उनका अनुसार अहिले ७ जनलाई आइसोलेसनमा राखिएको छ ।

केही स्याम्पलहरू परीक्षणका लागि काठमाडौं ल्याइएको छ । समुदायमै गएर कोरोना भाइरसको परीक्षण गर्न स्रोत साधनले नपुग्ने भएकाले लकडाउनको पालना गर्न र ‘सोसल डिस्टेन्स मेन्टेन’ गर्न समेत उनले सुझाव दिएका छन् ।

सम्बन्धित समाचार

प्रदेश १ मा मन्त्रालय फुटाएको विरोधमा विराटनगरमा एमालेका २३ वटा जनसंगठनहरुद्वारा प्रदर्शन

विराटनगर, १८ माघ । प्रदेश १ सरकारले मन्त्रालयहरु फुटाएर मन्त्रालयको संख्या बढाएको विरोधमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) निकट जनसंगठनहरुले विराटनगरमा प्रदर्शन गरेका छन् । ्मंगलबार एमाले निकट २३ वटा जनसंगठनहरुले संयुक्तरुमा विराटनगरमा प्रदेश र...

काभ्रेपलाञ्चोक कोरोनामुक्त

काभ्रेपलाञ्चोक, ७ असार-कोरोना सङ्क्रमित सबै अस्पतालबाट डिस्चार्ज भएर घर फर्किएसँगै काभ्रेपलाञ्चोक कोरोनामुक्त भएको छ । काभ्रेपलाञ्चोकका सङ्क्रमित ६ जना कोरोनामुक्त भएर अस्पतालबाट घर फर्किएका हुन् । सङ्क्रमितहरू २ सातादेखि काठमाडौं मेडिकल कलेज दुवाकोटमा उपचारत रहेका...

एभरेष्ट बैंकबाट डेढ करोड चोरी, गिरोहका मुख्य योजनाकार र प्रबन्धकसहित ९ जना पक्राउ

विराटनगर । एभरेष्ट बैंक इटहरी शाखाबाट ३३ जना बचतर्कताहरूले जम्मा गरेको १ करोड ५० लाख २३ हजार ४३४ रुपैयाँ बैंकका कर्मचारीको मिलेमत्तोमा निकालेको पाइएको छ ।बैंकका उदयपुरका अपरेशन मेनेजर विराटनगर – ८ का ३४ वर्षीय...

२७ जना तेक्वान्दो खेलाडीको बेल्ट ग्रेडिङ

विराटनगर । विराटनगर १३ मा रहेको पूर्वाञ्चल विद्या सदन वोर्डिङ स्कुलले २७ जना तेक्वान्दो खेलाडीको बेल्ट प्रमोसन ग्रेडिङ सम्पन्न भएको छ । स्कुल परिसरमा एक कार्यक्रम आयोजना गरि ग्रेडिङ सम्पन्न गरेको हो । उक्त कार्यक्रममै...

मदिरा पिएर विराटनगरमा एम्बुलेन्स र मोटरसाइकललाई ठक्कर, कार चालक भारतीय पक्राउ

विराटनगर । एक जना भारतीय सवारी चालकले मदिरा सेवन गरी विराटनगरमा सवारी दुर्घटना गराएका छन् । भारतको पूर्णिया घर भएका २१ वर्षीय अबदेश साहले सोमबार मदिरा सेवन गरेर उनले चलाएको कारले एम्बुलेन्स र मोटरसाइकललाई ठक्कर...

हवाई भाडामा भारी छुट

काठमाडौं, २५ जेठ-हवाई इन्धनको मूल्य घटेपछि वायुसेवा सञ्चालकहरूको छाता सङ्गठन वायुसेवा सञ्चालक सङ्घले हवाईजहाजको भाडा घटाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई इन्धनको मूल्य समायोजनको निर्णय कार्यान्वयन गराउन सङ्घलाई आजै पत्राचार गरेपछि हवाई भाडादर...

विवाह नहुँदा टेलरिङ व्यवसायीको हात खाली

बागलुङ, २५ वैशाख-अघिल्ला वर्षका वैशाख र जेठमा विवाहका कपडा सिलाउन व्यस्त भएका टेलरिङ व्यवसायी यसपाली भने कामविहीन भएका छन् । बागलुङ बजारको हल्लनचोकका टेलरिङ व्यवसायी सुजन परियार कामको चापले लगनको महिनामा राम्रोसँग खान र सुत्न...

घरेलु तथा सना उद्योग महासंघ मोरङको अध्यक्षमा निरौलाको सम्भावना बलियो

विराटनगर, २५ मंसिर–नेपाल घरेलृु तथा साना उद्योग महासंघ मोरङको अधिवेशन नजिकिँदै गर्दा आगामी कार्यकालका लागि सफल एवम् युवा उद्यमीहरु कार्यसमितिको नेतृत्वमा चयन हुने बलियो सम्भावना रहेको छ । युवा उद्यमीहरुले महासंघलाई नयाँ उचाईमा पुर्याउने भन्दै...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्