प्रदेश १ मा वडा तहसम्मै तालमेल गर्ने गठबन्धन दलमा सहमति

 न्यूज विराट
प्रदेश १ मा वडा तहसम्मै तालमेल गर्ने गठबन्धन दलमा सहमति

सत्ता गठबन्धनमा आवद्ध दलहरूले आगामी ३० वैशाखमा हुने स्थानीय तहको चुनावमा प्रदेश १ का सवै स्थानीय तहमा चुनावी तालमेल गर्ने भएका छन् । गठबन्धनका दलहरू प्रदेशका १३७ वटै पालिका र ती पालिकाका सवै वडामा चुनावी तालमेल गरेर अघि बढ्ने भएका हुन् ।

शनिवार इटहरीमा बसेको प्रदेश १ का सत्ता गठबन्धनमा आवद्ध प्रमुख दलका नेताहरूको बैठकले प्रदेशका वडा तहसम्म चुनावी तालमेल गर्ने निर्णय गरेको जनता समाजवादी पार्टी (जसपा) प्रदेश १ का अध्यक्ष प्रवीण चाम्लिङले जानकारी दिए । ‘बैठकमा गठबन्धनलाई मजबुद बनाएर लाने सहमति भएको छ । वडा तहसम्मनै संयन्त्र बनाएर चुनावी तालमेल गरेर अघि बढ्ने हाम्रो निर्णय हो’, उनले भने, ‘अहिले नै भागवण्डामा कुरा मिलिसकेको होइन । त्ययसका लागि एउटा नीति बनेको छ । स्थानीय स्तरमै छलफल गरेर निर्णय लिइन्छ ।’

गठबन्धनमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्च आवद्ध छन् । तर, बैठकमा संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चबाहेक अन्य प्रमुख चार दलका नेताहरूको मात्र सहभागिता रहेको जनाइएको छ ।

अध्यक्ष चाम्लीङले  कुन पालिका कसले लिने भन्ने विषयमा गठबन्धन दलहरूले आन्तरिक छलफल गरेर अन्तिम टुंगो लगाउने सहमति बनेको जानकारी दिए । उनका अनुसार चुनावी गठबन्धनका लागि बैठकले कार्यदलसमेत बनाउने निर्णय गरेको छ । कार्यदलमा सत्ता गठबन्घधनको प्रमुख दल नेपाली कांग्रेस प्रदेश १ का सभापति उद्धव थापा, महामन्त्री उमेश थापा, नेकपा माओवादी केन्द्रका प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङ, उपाध्यक्ष शिवकुमार डाँगी, एकीकृत समाजवादीका प्रदेश अध्यक्ष बलदेव चौधरी, उपाध्यक्ष धर्म निरौला र जनता समाजवादी पार्टीका प्रदेश अध्यक्ष चाम्लिङ रहेका छन् । बैठकले प्रदेशका पार्टी प्रमुखहरू रहेको अनुगमन संयन्त्र पनि बनाएको छ ।

सो बैठकमा नेपाली कांग्रेसबाट प्रदेश १ सभापति उद्धव थापा, माओवादी केन्द्रका प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङ र उपाध्यक्ष शिवकुमार डाँगी, नेकपा (एकीकृत समाजवादी) का प्रदेश इन्चार्ज घनेन्द्र बस्नेत, अध्यक्ष बलदेव चौधरी र जनता समाजवादी पार्टीका प्रदेश अध्यक्ष प्रवीण चाम्लिङलगायतको सहभागिता रहेको जनाइएको छ ।

प्रदेश १ मा सत्ता गठबन्धनका दलहरूले चुनावी तालमेल गर्ने भएपछि अघिल्लो चुनावमा अधिकांश स्थानीय तह जितेको नेकपा (एमाले) प्रदेश १ का अध्यक्ष तुलसी न्यौपानेले भने गठबन्धनले एमालेलाई कुनै असर नपर्ने बताएका छन् । उनले अघिल्लो चुनावमा पनि एमालेविरुद्ध गठबन्धन भएको बताउँदै यसपटक पनि एमालेले आफ्नो बर्चस्व कायम राख्ने दावी गरेका छन् ।

‘अहिले औपचारिक भनेर गठबन्धन गरे । अघिल्लो निर्वाचनमा पनि उसले उसलाई सघाउने भनेर अघोषित गठबन्धन गरेकै हुन् । उनीहरू एक्लै सामना गर्न सामथ्र्य राख्दैनन्’, उनले भने, ‘मुलुकको राजनीति दुईवटा पोलमा पोलराइज भइरहेको छ । बाम शक्ति र दक्षिणपन्थी शक्तिहरू एक ठाउँमा उभिन्छन् भन्ने कुरा कुनै अनौठो होइन । हात्ति चले बजार कुत्ता भुके हजार । यसको खास असर हामीलाई हुँदैन । हामी त्यसको दृढतापूर्वक सामना गरिहाल्छौँ ।’

सम्बन्धित समाचार

महानगर स्तरीय आईटीएफ तेक्वान्दो सुरू

विराटनगर । दोस्रो विराटनगर महानगर स्तरीय आईटीएफ तेक्वान्दो प्रतियोगिता सुरू भएको छ । कोशी प्रदेश आईटीएफ तेक्वान्दो संघको सहयोगमा विराटनगर आईटीएफ तेक्वान्दो एकेडेमीको आयोजना उक्त प्रतियोगिता शुक्रबारदेखि सुरु भएको हो । विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा...

युवा तथा खेलकुद क्षेत्रकाे बजेट घट्याे

काठमाडाैं, १५ जेठ-सरकारले युवा तथा खेलकुद क्षेत्रका लागि बजेट घटाएको छ । आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि बजेट सार्वजनिक गर्दै अर्थमन्त्री युवराज खतिवडाले युवा तथा खेलकुद क्षेत्रमा २ अर्ब ३६ करोड रुपैयाँ बजेट विनियोजन...

भोलीदेखि धरानमा कोरोना भाइरस परिक्षण सुरु हुँदै

विराटनगर, चैत १५–आइतबारदेखि धरानमा रहेको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट पनि कोरोनाभाइरस(कोभिड–१९) को परीक्षण सुरू हुने भएको छ । परीक्षणका लागि सबै तयारी पूरा भइसकेको प्रतिष्ठानका इन्टरनल मेडिसिन विभाग प्रमुख डा. संजिवकुमार शर्माले बताए। विभिन्न...

प्रदेश ५ मा २५ जना संक्रमित निको भएर घर फिर्ता

बुटवल, १९ जेठ-भैरहवाको भीम अस्पतालबाट कोरोना जितेर २५ जना घर फर्किएका छन् । रुपन्देहीको गैडहवा गाउँपालिकाका १० जना, कपिलवस्तुका ५, लुम्बिनी सांस्कृतिक नगरपालिकाका ४, नवलपरासीका ३, भारतीय नागरिक १, सिद्धार्थनगर नगरपालिकाका १ र रुपन्देहीको कोटहीमाई...

मालदिभ्समा कोभिड– १९ का सङ्क्रमित बढ्दै

एजेन्सी, ८ भदौ-दक्षिण एसियाको सानो देश मालदिभ्समा पनि कोभिड– १९ का सङ्क्रमितहरूको संख्या दिनप्रतिदिन बढ्दै गएको बताइएको छ । मालदिभ्सको राजधानी मालेबाट प्राप्त भएको समाचारमा त्यहाँ सङ्क्रमितहरूको संख्या ६ हजार नाघेको छ । दक्षिण एसियाको...

पशुपतिनाथको जलहरीमा सुन हिनामिना भएको विषयमा अख्तियारद्वारा मुद्दा दर्ताको तयारी

काठमाडौँ — पशुपतिनाथको ज्योतिर्लिङ्गमा राख्न बनाइएको जलहरीमा समेत सुन हिनामिना भएको विषयमा अख्तियारले मुद्दा दर्ताको तयारी गरेको छ । ८० करोडको सुन खरिदमा अनियमितता भएको प्रमाणसहित विशेष अदालतमा मुद्दा दर्ता गर्ने तयारी भएको हो । पशुपतिनाथ मन्दिरमा...

सवारी दुर्घटनामा २ जनाको मृत्यु

विराटनगर, माघ १६–मोरङ र सुनसरीका दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ । बुधबार राती मोरङको कटहरी गाउँपालिका–७ होडियारीमा पुर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १ त २५८९ नम्बरको ट्याक्टरबाट लडेर गम्भीर...

आज १ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १५ सय कट्यो

काठमाडौं, १८ जेठ-आइतबार नेपालमा १ सय ६६ जनामा कोरोना भाइरस (कोभिड-१९) पोजेटिभ देखिएको छ । आज पुष्टि भएका संक्रमितमध्ये १ जना ६२ पुरुष रहेका छन् भने ४ जना महिला रहेका छन् । योसँगै नेपालमा कोरोना...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्