प्रदेश ५ मा २५ जना संक्रमित निको भएर घर फिर्ता - News Birat

प्रदेश ५ मा २५ जना संक्रमित निको भएर घर फिर्ता

न्यूज विराट

बुटवल, १९ जेठ-भैरहवाको भीम अस्पतालबाट कोरोना जितेर २५ जना घर फर्किएका छन् । रुपन्देहीको गैडहवा गाउँपालिकाका १० जना, कपिलवस्तुका ५, लुम्बिनी सांस्कृतिक नगरपालिकाका ४, नवलपरासीका ३, भारतीय नागरिक १, सिद्धार्थनगर नगरपालिकाका १ र रुपन्देहीको कोटहीमाई गाउँपालिकाका १ जना डिस्चार्ज भएको अस्पतालका सूचना अधिकृत गोपाल उपाध्यायले जानकारी दिए ।

उनीहरूलाई सामाजिक विकासमन्त्री सुदर्शन बराल र अस्पतालका स्वास्थ्यकर्मीहरूले बिदाइ गरेका छन् । निको भएर घर फर्कनेहरूमा ४ र ८ वर्षीया २ बालिकासमेत रहेकाे अस्पतालले जनाएकाे छ । आइतबार मात्र बुटवलको धागो कारखानास्थित कोरोना विशेष अस्पतालबाट जना व्यक्ति कोरोनालाई जितेर भएर घर फर्किएका थिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles