युवा तथा खेलकुद क्षेत्रकाे बजेट घट्याे - News Birat

युवा तथा खेलकुद क्षेत्रकाे बजेट घट्याे

न्यूज विराट

काठमाडाैं, १५ जेठ-सरकारले युवा तथा खेलकुद क्षेत्रका लागि बजेट घटाएको छ । आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि बजेट सार्वजनिक गर्दै अर्थमन्त्री युवराज खतिवडाले युवा तथा खेलकुद क्षेत्रमा २ अर्ब ३६ करोड रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिए ।

चालू आर्थिक वर्षमा सरकारले युवा तथा खेलकुद क्षेत्रमा ३ अर्ब ९९ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो । चालू आर्थिक वर्षभित्र सागसहितका ठूला प्रतियोगिता सम्पन्न भएका थिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles