विराटनगरस्थित मानव सेवा आश्रममा निःशुल्क आँखा जाँच तथा मोतियाबिन्दु शल्यक्रिया शिविर

 न्यूज विराट
विराटनगरस्थित मानव सेवा आश्रममा निःशुल्क आँखा जाँच तथा मोतियाबिन्दु शल्यक्रिया शिविर

विराटनगर । विराटनगरस्थित मानव सेवा आश्रममा आश्रितहरुको लागि निःशुल्क आँखा जाँच तथा मोतियाविन्दु शल्यक्रिया शिविर आयोजना गरिएको छ । रोटरी क्लब अफ विराटनगर डाउनटाउन र रामलाल गोल्छा आँखा अस्पतालको संयुक्त आयोजनामा निःशुल्क शिविर आयोजना गरिएको हो ।

रामलाल गोल्छा आँखा अस्पताल विराटनगरको प्राविधिक सहयोगमा निःशुल्क आँखा जाँच तथा मोतियाबिन्दु शल्यक्रिया शिविर सञ्चालन गरिएको क्लबकी अध्यक्ष संचिता जैनले जानकारी दिइन् ।

शिविरमा मानवसेवा आश्रम विराटनगर शाखामा आश्रित सवैको निःशुल्क आँखा जाँच मात्रै नभएर आवश्यक पर्नेलाई निःशुल्क चश्मा समेत उपलब्ध गराएको थियो ।

शिविरमा मोतियाबिन्दुको समस्या देखिएका १८ जनाको रामलाल गोल्छा आँखा अस्पतालले निःशुल्क शल्यक्रिया गरेको थियो । त्यस्तै आँखाको समस्या देखिएका आँखा रोगीहरुलाई निःशुल्क औषधिसमेत उपलब्ध गराइएको क्लबले जनाएको छ ।

शिविरबाट आश्रमका ८० जना लाभान्वित भएको क्लबकी सचिव अनिता सारडाले जानकारी दिइन् ।

सम्बन्धित समाचार

५० रुपैयाँ दिएर किशोरी बलात्कार गर्ने वृद्ध पक्राउ

धनगढी, २७ वैशाख-कञ्चनपुरमा १५ वर्षीया किशोरी बलात्कारको आरोपमा एक वृद्ध पक्राउ परेका छन् । भीमदत्त नगरपालिका-११ भुजेलाका ६८ वर्षीय तारा ओझाले आफन्त पर्ने किशोरीलाई ५० रुपैयाँ दिएर बलात्कार गरेको सूचना पाएसँगै उनलाई पक्राउ गरी अनुसन्धान...

१ भदौबाट अन्तरजिल्ला यातायात र हवाई उडान नखोल्न सीसीएमसीको प्रस्ताव

काठमाडौं, २५ साउन-कोभिड-१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी)ले अन्तर जिल्ला यातायात तथा बाह्य तथा अन्तरिक हवाई उडान १ भदौदेखि नखुलाउने प्रस्ताव गरेको छ । सीसीएमसीको आजको बैठकले यस्तो प्रस्ताव गरेको हो ।  साउन ५ मा बसेको...

साफ च्याम्पियनसिपको उपाधिका लागि नेपाल भारतसँग भिड्दै, यस्तो छ खेल इतिहास

माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबलको उपाधिका लागि नेपालले आज चिरप्रतिद्वन्द्वी भारतसँग प्रतिस्पर्धा गर्दैछ । मालेस्थित राष्ट्रिय रंगशालामा हुने नेपाल र भारतबीचको उपाधि भिडन्त नेपाली समयअनुसार राति ८ बजेर ४५ मिनेटमा सुरु हुनेछ । आज दुवै...

पछिल्लो २४ घण्टामा प्रदेश १ मा १८० संक्रमित थपिए, ८४ डिस्चार्ज

विराटनगर, १३ मंसिर–प्रदेश १ मा शनिबार १ सय ८० जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ५३, झापामा ४९, मोरङमा ३६, इलाममा १७, पाँचथरमा छ, धनकुटामा चार, उदयपुरमा दुई, ताप्लेजुङ, तेह्रथुम र भोजपुरमा एक÷एक र...

१६ डिआइजीको सरूवा, कोशीमा चन्द्रकुवेर खापुङ

विराटनगर । गृह मन्त्रालयले १६ जना डीआईजीको सरूवा गरेको छ । यससँगै सातै प्रदेशका प्रहरी प्रमुख पनि फेरिएका छन् ।एकवर्ष अवधि पुगेका सबैको मंगलबार सरुवा गरिएको हो । सरूवा सूचीअनुसार कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको...

पर्सामा कोरोना संक्रमणबाट युवतीको मृत्यु

वीरगन्ज, २१ साउन-पर्सामा थप १ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमितको मृत्यु भएको छ । पर्साको पोखरीया नगरपालिका- ८ घर भएर वडा नम्बर ९ बरवा गाँउस्थित मामाघरमा बस्दै आएकी १८ वर्षीया युवतीको मृत्यु भएको हो ।...

जवानीमा अपराध, बुढेसकालमा सजाय

विराटनगर । मोरङ मिक्लाजुङ्गका दुई जना प्रतिवादीले जवानीमा गरेको अपराधजको कैद सजाय १६ वर्षपछि आएर भुक्तान गरेका छन् । मिक्लाजुङ गाउँपालिका –१ बस्ने ५० वर्षीय धनकुमार राई र सोही ठाउँका ७० वर्षीय देवी प्रसाद राईले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्