सरकारले असम्भव कुरालाई सम्भव बनाएको छ : प्रधानमन्त्री ओली

 न्यूज विराट
सरकारले असम्भव कुरालाई सम्भव बनाएको छ : प्रधानमन्त्री ओली

काठमाडौं, फागुन ३–प्रधानमन्त्री केपी शर्मा ओलीले असम्भव ठानिएका कामलाई समेत सम्भव बनाएर सरकारले काम गरेको बताएका छन् । शनिबार प्रतिनिधिसभाको बैठकलाई विशेष सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारले असाधरण काम गरेको दाबी गरेका हुन् । सरकारले विभिन्न क्षेत्रमा गरेका कामको प्रगति विवरण प्रस्तुत गर्दै प्रधानमन्त्री ओलीले सरकारका काम तथ्यांकले बोल्ने बताए ।

स्वास्थ्य, शिक्षा, पूर्वाधार विकास तथा भूकम्पपछिको पुनर्निर्माणमा सरकारले प्रशंसनीय काम गरेको दाबी ओलीको छ । ६६ प्रतिशत नेपालीले इन्टरनेट सेवा उपभोग गरिरहेका बताउँदै ओलीेले भने, ’सबै जिल्लामा फोरजी सेवा विस्तार गरिएको छ । जबकि, सबै जिल्लामा फोरजी पुग्नु असम्भव ठानिएको थियो ।’ विपद् व्यवस्थापनका क्षेत्रमा पनि सरकारले उल्लेखीय प्रगति गरेको उनले बताए । सामाजिक सुरक्षाका हिसाबले आफू नेतृत्वको सरकारले नागरिकलाई सबैभन्दा बढी सुरक्षित र राहत महसुस गराएको ओलीको दाबी छ । उनले ४९ जिल्लाका २६ लाख नागरिकले स्वास्थ्य बिमा कार्यक्रमबाट लाभ लिइरहेको बताए ।

सम्बन्धित समाचार

मोरङको कटहरीमा दुर्घटना, हुलाकका कर्मचारीको मृत्यु

विराटनगर । मोरङको कटहरिमा सवारी दुर्घटनामा परेर हुलाकका कर्मचारीको घटनास्थलमै मृत्यु भएको छ । पश्चिम दिशाबाट आउँदै गरेको ट्रकले पछाडिबाट मोटरसाइकललाई ठक्कर दिँदा मोरङको बुढिगंगा १ का ३७ बर्सिया चन्द्रमणि अधिकारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले...

लागुऔषध सहित मोरङ र झापाबाट पाँच जना पक्राउ

विराटनगर । मोरङ र झापाबाट लागूऔधषसहित पाँच जनलाई प्रहरीले पक्राउ गरेको छ । झापाबाट तीन र मोरङबाट दुई जनालाई लागूऔषधसहित पक्राउ गरेको हो । झापाको २ छुट्टा छुट्टै स्थानहरुबाट ३ जना लाई प्रहरीले प्रतिबन्धित लागुऔषध...

फर्मासिस्ट दरबन्दी सृजना गर्न लागि पर्नेछु : स्वास्थ्य सचिब देवकोटा

विराटनगर । स्वास्थ्य मन्त्रालय कोशी प्रदेशकी सचिब डा. सुधा देवकोटाले फर्मासिस्टको दरबन्दी सृजना गर्न पहल गर्ने बताएकी छिन् । नेपाल फर्मास्युटिकल एसोसिएन (एनपीए) कोशी प्रदेशले विराटनगरमा सोमबार विश्व फर्मासिस्ट दिवसको अवर पारेर आयोजना गरिएको कार्यक्रममा...

पहिचानको आन्दोलन एमालेप्रतिमात्र लक्षित भयो : मुख्यमन्त्री

विराटनगर । कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संघीय सरकारको नेतृत्व गरेकै दलले प्रदेश नामकरणको विपक्षमा भएको आन्दोलनलाई उक्साइरहेको आरोप लगाएका छन् । गृहमन्त्रालयले विराटनगरमा आयोजना गरेको कार्यक्रममा उनले कोशीमा समस्या उत्पन्न गराउने र आगोमा घिउ थप्ने...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्