विराटनगर । नेपाल प्रिमियर लिग (एनपिएल) मा सबैभन्दा धेरै विकेट लिने नेपाली बलर बनेका ललित राजवंशीलाई गृह नगरी विराटनगरमा भव्य स्वागत गरिएको छ ।
खेलकुद संग सम्बन्धीत विभिन्न संघसंस्था र खेलकुद क्षेत्रमा लागेका व्यक्तिहरुले राजवंशीलाई मंगलबार विराटनगर विमानस्थलमा पुगेर भव्य रुपमा स्वागत गरेको हो ।
विमानस्थलमा स्वागत गर्न कोशी प्रदेशका पूर्व स्वास्थ्यमन्त्री जयराम यादवदेखि मिल्स क्रिकेट क्लब एण्ड एकेडेमीका पदाधिकारी तथा नेपाल खेलकुद महासंघका सचिवालय सदस्य शान्ता जोशी समेत पुगेकी थिइन् । त्यसैगरी राजवंशीलाई स्वागत गर्न मिल्स क्रिकेट क्लब एण्ड एकेडेमीका अध्यक्ष मुरली चौधरी, उपाध्यक्ष बिसाल बानियालगायत पनि पुगेका थिए । विराटनगर १४ जतुवा घर भएका राजवंशीलाई बुधबार महानगरपालिका भित्र बाजा गाजा सहित अभिनन्दन र्याली निकाल्ने तयारी समेत गरिएको पुर्वमन्त्री यादवले बताएका छन् । हालै सम्पन्न भएको प्रतियोगितामा जनकपुर बोल्टसबाट खेलेका ललितले कूल १० खेलमा कूल ४० ओभर बलिङ गरे। अर्थात उनले आफ्नो पूरै ओभर बलिङ गर्दै १७ विकेट हात पारेका थिए । त्यसक्रममा ५ ओभर मेडन राखेका उनले २१३ रन खर्चिएका थिए ।
विराटनगर, फागुन ७–प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले राष्ट्रिय समाचार समिति(रासस)लाई सक्षम बनाई क्रियाशिल रुपमा समाचार उत्पादन गर्नु पर्ने बताएका छन् । रासस प्रदेश १ को कार्यालय विराटनगरमा आयोजित राष्ट्रिय समाचार समितिको...
विराटनगर । न्यूरोड टिम एनआरटी आठौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ ।विराटनगरको सहिद रंगशालामा शुक्रबार भएको रात्रीकालिन गोल्डकपमा विभागीय टिम त्रिभूवन आर्मी क्लबलाई २–० गोलले पराजित गर्दै एनआरटी क्वाटरफाइनलमा पुगेको हो ।...
विराटनगर, ४ वैशाख । मोरङको लेटाङ नगरपालिकामा पनि एमाले विजयी भएको छ । मेयर उपमेयर दुवै पदमा विजयी भएको हो । मेयरमा एमाले प्रदेश कमिटी सदस्य भूपेन्द्रकुमार लावतीले नेपाली काँग्रेसका ज्ञानेन्द्र ढकाललाई पराजित गरेका हुन्...
विराटनगर । पाहुना टोली भारत केरलाको लुका सकर क्लब सातौं संस्करणको विराट गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । विराटनगरस्थित सहिद मैदानमा मंगबलार सम्पन्न भएको अन्तिम सेमिफाइनल खेलमा साविक विजेता विभागीय टोली एपीएफलाई टाईब्रेकरमा ४–२ गोलले...
बिराटनगर, ३२ साउन-मोरङ बिराटनगर महानगरपालिका–१४ मा स्थित पोखरीमा डुबेर १६ बर्षीय किशोरको मृत्यु भएको छ ।आइतबार बिहान सवा ९ बजेको समयमा उक्त स्थानमा रहेको माई पोखरीमा पौडी खेल्ने क्रममा अचानक डुबेर बेपत्ता भएका विराटनगर–१५ का...
काठमाडौं, ४ बैशाख-नेपाल एयरलायन्सको दुईवटा चार्टर्ड विमान आज चीन जाने भएका छन् । कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामाग्री लिनका लागि दुईवटा विमान त्यसतर्फ जान लागेका हुन् । एउटा साँझ ५:...
रंगेली । आगामी मंसिर १६ गते हुने उप निर्वाचनका लागि नेकपा (एमाले) मोरङको सम्पूर्ण शक्ति ग्रामथान गाउँपालिकामा केन्द्रीत भएको छ । ग्रामथान गाउँपालिकाको अध्यक्ष पदका लागि हुने उप निर्वाचनको परिणाम एमालेको पक्षमा पार्न पार्टी मोरङको...
विराटनगर । विराटनगर महानगरपालिकाले शैक्षिक सत्र २०८१ का लागि संस्थागत विद्यालयहरुले शुल्क बढाउन नपाउने निर्णय गरेको छ । नगर शिक्षा समितिको बैठकले अघिल्लै शैक्षिक सत्रको शुल्कलाई निरन्तरता दिने निर्णय गरेको हो । शिक्षा समितिका अध्यक्ष...