अहिलेसम्म प्रदेशको नाम राख्न नसक्दा लाज लागेको छः मुख्यमन्त्री राई

 न्यूज विराट
अहिलेसम्म प्रदेशको नाम राख्न नसक्दा लाज लागेको छः मुख्यमन्त्री राई

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशको नामकरण गर्न ढिला भएको बताएका छन् । मुख्यमन्त्री एवं मन्त्रिपरिषद् कार्यालयको सभाहलमा मंगलबार नामकरणका लागि आयोजित सर्वदलीय बैठकको सुरुवात गर्दै उनले चेतना र संख्याको हिसाबले प्रदेश अग्रणी भए पनि अहिलेसम्म नाम टुंग्याउन नसकेकामा लाज लागेको बताए ।

सरकारको कार्यकाल छोटो रहेको र प्रदेशसभाको दुईवटा अधिवेशन मात्र बाँकी रहेकाले आम जनताको माग, सवाल र चाहना एवं कामको सिलसिलामा पनि अप्ठ्यारा रहेको बताए । प्रदेशको नामकरणमा पनि चाँडै सहमति गरी टुंग्याउनुपर्नेमा उनको जोड थियो ।

स्वतन्त्ररूपमा पार्टीको धारणा आउने भएकाले छलफल गरेको बताउँदै राईले प्रदेशसभा सदस्यहरूले नामका सम्बन्धमा पार्टीको विचारअनुसार धारणा राख्ने उल्लेख गरे । नामकरणमा एकजुट हुन सबैलाई उनको आग्रह थियो ।

पहिचान, भूगोलको पहिचान र मिश्रित पहिचानका सम्बन्धमा तीन नामका विषयमा ललिचो भएर सहमतिका आधारमा दलहरूले आफ्नो दायित्व ठानेर छलफल गरी नाम टुंग्याउनुपर्ने राईले बताए । बहुदलीय व्यवस्थाको मूल मर्म सहकार्य र लचकता भएको चर्चा गर्दै राईले आवश्यक परे संयन्त्र बनाएर नियमित छलफल गरी नाममा सहमति कायम गर्न आग्रह गरे ।

छलफलमा नेपाली कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले नामकरण पेचिलो र जटिल भए पनि साझा सहमतिका आधारमा संघीयता र युग सुहाउँदो नामकरण गर्नुपर्नेमा जोड दिए ।

नेकपा एमाले प्रदेश कमिटी अध्यक्ष तुलसी न्यौपानेले सरकारले साझा प्रस्ताव ल्याएमा छलफल गरी नामकरण टुंग्याउन तयार रहेको बताए ।

नेकपा एकीकृत (समाजवादी) का केन्द्रीय उपाध्यक्ष घनेन्द्र बस्नेतले नामका सम्बन्धमा विविधताभित्र एकताको खोजी गर्नुपर्नेमा जोड दिए ।

नेपाली कांग्रेसका प्रदेश सभापति उद्धव थापाले प्रदेशमा बसोबास गर्ने नागरिकले अपनत्व स्वीकार गर्ने गरी नामकरण गर्नुपर्नेमा जोड दिए । हतारमा नभएर गम्भीररूपमा सुझबुझका साथ सहमति र सहकार्यका साथ निर्णय गर्नुपर्ने उनको भनाइ थियो ।

नेकपा (माओवादी) केन्द्रका हर्क नेम्वाङले पहिचानलाई विशेष महत्व दिएर छलफल गर्न जोड दिए । यथाशीघ्र प्रदेशको नाम दिनुपर्ने उनको भनाइ थियो ।

जनता समाजवादी नेपालका प्रदेश उपाध्यक्ष राजकुमार यादवले पार्टीका तर्फबाट पहिचानको आधारमा प्रदेशको नाम किराँत–लिम्बुवान, मधेस– शेपालुङ हुनुपर्ने बताए ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका केन्द्रीय अध्यक्ष कुमार लिङ्देनले संघीयताको आधार पहिचान हुनुपर्ने भन्दै सहमतिको आधारमा नामकरण गर्न आग्रह गरे ।

एकीकृत (समाजवादी) का प्रदेश अध्यक्ष बलदेव चौधरीले पहिचान, भूगोल र भाषा संस्कृतिका  आधारमा सबैलाई मान्य हुने नामकरण गर्नुपर्नेमा बताए ।

स्वास्थ्यमन्त्री जयराम यादवले सरकारले आफ्नो संयोजकत्वमा सर्वदलीय छलफलको आयोजना गरी प्रदेशको नामकरण टुङ्ग्याउन जिम्मेवारी दिएको बताए । सोहीअनुसार छलफल सुरु भएको चर्चा गर्दै यादवले आगामी दिनमा दलहरूबीच अझ विस्तृत र गहनरूपमा सहमति कायम गरी नाममा सहमति हुने विश्वास व्यक्त गरे ।

 

सम्बन्धित समाचार

हलेसीमा दुई वटा हवन कुण्ड निर्माण, पूर्वमुख्यमन्त्री कार्कीद्वारा उद्घाटन

खाेटाङ- काेशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले हलेसी तुवाचुङ नगरपालिका ७ स्थित हलेसी महादेव मन्दिर परिसरमा नवनिर्मित दुई वटा हवन कुण्डकाे साेमबार उद्घाटन गरेका छन् । गत आर्थिक वर्षमा काेशी प्रदेश सरकारकाे पर्यटन, वन तथा वातावरण...

गठबन्धनविना माओवादी चुनाव लड्दैन:गृहमन्त्री खाण

काठमाडौं । गृहमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाणले नेकपा माओवादी केन्द्र एक्लै चुनाव नलड्ने दाबी गरेका छन् । कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा आज कुरा राख्दै उनले यस्तो बताएका हुन् । ‘गठबन्धनविना माओवादी...

मुख्यमन्त्री कार्कीले कोशीमा तेस्रो पटक मन्त्रीपरिषद विस्तार गर्दै, चार बजे सपथ

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आज तेस्रो पटक मन्त्रिपरिषद विस्तार गर्दैछन् । मुख्यमन्त्री कार्कीले नेपाली कांग्रेसका दुई मन्त्री र एक राज्यमन्त्री तथा माओवादी केन्द्रका दुई मन्त्री थपेर मन्त्रिपरिषद विस्तार गर्न लागेका हुन् ।...

शनिबार ५७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, ३ साउन-नेपालमा शनिबार मात्रै ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोरोनासम्बन्धी नियमित पत्रकार सम्मेलनमा डा. जागेश्वर गौतमले देशका विभिन्न ठाउँमा गरिएको पीसीआर परीक्षणका क्रममा ५७ जनामा मात्रै कोरोना...

खुला सिमाना, नेपाल–भारत सम्बन्ध र मिथिला परिक्रमा

पुरन साह  जनकपुरधाम । मिथिलाञ्चलको महाकुम्भ मानिने १५ दिवसीय मिथिला मध्यमा परिक्रमा जारी छ । १ सय ३३ किलोमिटर नाँङ्गो खुट्टा हिंड्न पर्ने यो विश्वकै सबैभन्दा ठूलो मानिने धार्मिक पदयात्रामा नेपाल मात्र होइन भारतीय नागरिकको...

पछिल्लो २४ घण्टामा देशभर ५०० संक्रमित थपिए

विराटनगर, ११ पुस-पछिल्लो २४ घण्टामा थप ५ सय जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमण पुष्टि हुनेमा २१३ महिला र २८७ जना पुरुष रहेका छन् । हालसम्म नेपालमा २...

दैलेख हुलाक कार्यालयका पूर्वप्रमुखसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सुर्खेत, ७ असार-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन जिल्ला हुलाक कार्यालय दैलेखका कार्यालय प्रमुख अमरबहादुर मल्लसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । कार्यालय कर्मचारी नियुक्ति गर्दा अनियमिता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन...

कोशी प्रदेशमा पहिलो पटक एभरेष्ट स्कुलमा ‘ह्यापीनेश करिकुलम’

विराटनगर । विराटनगर ५ मा रहेको एभरेष्ट सेकेण्डरी स्कुलले कोशी प्रदेशमा पहिलो पटक ह्यापीनेश करिकुलम शुरु गरेको छ । चालु शैक्षिक शत्र २०८१ देखि एभरेष्टले कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाई लक्षित गरि सो करिकुलम...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्