खुला सिमाना, नेपाल–भारत सम्बन्ध र मिथिला परिक्रमा

 न्यूज विराट
खुला सिमाना, नेपाल–भारत सम्बन्ध र मिथिला परिक्रमा

पुरन साह 

जनकपुरधाम । मिथिलाञ्चलको महाकुम्भ मानिने १५ दिवसीय मिथिला मध्यमा परिक्रमा जारी छ । १ सय ३३ किलोमिटर नाँङ्गो खुट्टा हिंड्न पर्ने यो विश्वकै सबैभन्दा ठूलो मानिने धार्मिक पदयात्रामा नेपाल मात्र होइन भारतीय नागरिकको पनि उतिकै सहभागिता, सदभाव, अपनत्व र लगानी पनि छ । 

परिक्रमाको क्रममा नेपालका ११ र भारतका ४ गरी कुल १५ विश्राम स्थलहरु छन्, जहाँ परिक्रमाका तिर्थालुहरु रात्री विश्राम गर्दछन् । नेपाल भारत बिचको सदियौंको सम्बन्धका कारण उनीहरुको हरेक विश्राम स्थलमा नजिकमा पर्ने परिवारजन, ईष्टमित्रहरु घर–घरबाट खानपिनका सरसमानहरु लिएर सेवा गर्न पुग्दछन् । यसरी सेवा गर्नाले धर्मको भागी हुने जनविश्वास छ । 

खुला सीमाका कारण निर्वाध रुपमा यस देशबाट त्यस देशको धार्मिक तथा पर्यटकीय स्थलमा जाने सरल सुलभ वातावरणका कारण दुवै तर्फका स्थानीयको व्यापार प्रवद्र्धन भई जीवनयापनमा टेवा समेत पुग्ने गरेको र आर्थिक उन्नती हुने गरेको मधेश मामिलाका जानकार वरिष्ठ पत्रकार चन्द्रकिशोर झाले बताए । 

दुवै देशको सामूहिक यो महापर्व र पदयात्रा आज खुला सीमाकै कारण सम्भव र सार्थक छ । नेपाल–भारत खुला सीमा सम्वाद समूहका अध्यक्ष राजीव झाले भने, ‘खुला सीमा बिना यस्ता पौराणिक धार्मिक यात्रा र विरासतको कल्पना समेत गर्न सकिदैन ।’ समूहले हरेक वर्ष परिक्रमाका क्रममा विश्राम स्थलहरुमा हेल्प डेस्क सञ्चालन गरी दुवै तर्फका तिर्थालु, दर्शनालु सहितलाई विभिन्न सहयोग गर्दै आएको छ । 

यस वर्ष महोत्तरीको मडै विश्राम स्थलमा आयोजित समूहको हेल्प डेस्कको अवलोकन गरेकी मधेश सरकारकी खेलकुद तथा समाज कल्याणमन्त्री सुरिता साहले खुला सीमा बिना सिमावर्ती नेपाल र भारतका जनताको जनजीविकाको कल्पना गर्न नसकिने भन्दै खुला सीमाले दुई देश बीचको सम्बन्ध र दैनिकी पनि सहज भएको बताइन् । त्यसैगरी, राष्ट्रिय मुक्ति क्रान्तिका नेता केशव झाले यो परिक्रमा पौराणिक र ऐतिहासिकको साथसाथै साँस्कृतिक र धार्मिक महत्त्व बोकेको महोत्सव भएकोले बार्है महिना घुम्न सक्ने गरी पर्यटकीय मार्गको रूपमा विकास गरी विश्वभरिका हिन्दुहरुलाई आकर्षित गर्ने योजना अगाडि बढाउनु पर्ने बताए । 

यसका अलावा हेल्प डेस्कमा राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक पुर्व उपप्रधानमन्त्री राजेन्द्र महतो, प्रदेश सांसद तथा मधेश सरकारका पूर्वमन्त्री राम सरोज यादव सहितकाले अवलोकन गरेका छन् । हेल्प डेस्कमा संवाद समूहका मधेश प्रदेश सहसंयोजक दीपक यादव, केन्द्रीय सदस्य कृष्ण कुमार साह, धनुषा जिल्ला अध्यक्ष मनोज साह, केन्द्रीय सदस्य धनेश्वर ठाकुर लगायतका खुला सीमाका पक्षधरहरु भक्तजनहरुको सेवामा समर्पित भावले अहोरात्री खटेका छन् ।

समूहका उपाध्यक्ष वरिष्ठ पत्रकार शैलेन्द्र झाले यस वर्ष हेल्प डेस्क अधिकांश विश्रामस्थलमा सञ्चालन भएकोमा प्राथमिक उपचार, औषधी, पानी, माइकिङ्ग सेवासहित परामर्श दिने कामहरु समेत भएको बताए । समूहले खुला सीमा नभएको खण्डमा यस्ता धार्मिक महोत्सव मात्र नभई धार्मिक सम्पदाहरु नै ध्वस्त हुने भएकाले सुरक्षित खुला सीमाका लागि आफूहरु प्रयासरत रहेको बताउँछन् ।

सम्बन्धित समाचार

विराटनगर–८ मा एमालेका राम पोखरेलको प्यानलै निर्वाचित

विराटनगर, ६ जेठ । विराटनगर–८ को मतगणनाको अन्तिम परिणाम सार्वजनिक हुँदा नेकपा एमालेका राम पोखरेल वडाध्यक्षमा निर्वाचित भएका छन् । उनीसहित उनका टिमका सवै निर्वाचित भएका हुन् । यसअघि नेपाली कांग्रेसले प्यानलै जितेको वडा नं....

संविधान संशोधनमा १२ सांसद अनुपस्थित

काठमाडौं, ३१ जेठ-भारतले अतिक्रमण गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भू-भाग राखेर नेपालले निसान छाप परिवर्तन गर्नको लागि गरिएको संविधान संशोधन विधेयकको मतदान प्रकियामा उपस्थित २५८ मध्ये सबैले पक्षमा मतदान गरे । प्रतिनिधि सभामा तत्काल कार्यम...

सीमामा थप कडाई, सशस्त्रको पैदल गस्ती सुरु

सप्तरी, ३० चैत-कोरोना भाइरस (कोभिड–१९) को जोखिम हुन नदिन सशस्त्र प्रहरी बलले नयाँ बोर्डर आउट पोस्ट (बिओपी) हरू खडा गरी थप कडाइ गरेको छ । सीमानाकाबाट नेपाल प्रवेशलाई पूर्ण रोक लगाउन सप्तरीस्थित सीमाको ५५ स्थानमा...

बेलायती राजकुमार चाल्र्सलाई कोरोना भाइरस संक्रमण

बेलायती राजकुमार चाल्र्स (प्रिन्स अफ वेल्स) लाई कोरोना भाइरस संक्रमण देखिएको छ । उनको कोरोना भाइरस संक्रमण परीक्षण गरिएकोमा ‘पोजिटिभ’ देखिएको बेलायती राजदरबारले जनाएको छ। यस्तै डचेज अफ क्रनवालको पनि परीक्षण गरिएकोमा उनलाई भने कोरोना...

मध्य रातमा प्रहरीको हतियार लुट्ने ६ जना मोरङबाट पक्राउ

विराटनगर । सुनसरीको बर्जूमा डियुटिमा खटिएको सादा पोषकको दुई जना प्रहरीको हतियार लुट्ने गिरोहका मुख्य नाइकेसहित ६ जना पक्राउ परेका छन् । शुक्रवार साढे १२ बजे डियुटिमा खटिएको प्रहरीको चाइनिज पेस्तोल लुट्ने लुटेरा समूहका मुख्य...

मलाई मत नदिने अमेरिकीका लागि पनि मेहनतसाथ काम गर्नेछु : बाइडेन

एजेन्सी, २३ कात्तिक-अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएपछि जो बाइडेनले पहिलो पटक देशबासीका नाममा सम्बोधन गरेका छन् । बाइडेले आइतबार देशबासीलाई सम्बोधन गर्दै आफूलाई विश्वास गरेर निर्वाचित गराएकोमा खुसी व्यक्त गर्दै आफू तोड्ने नभएर अमेरिकीलाई जोड्ने राष्ट्रपति...

सुनवर्षी महराजथान आस्थाको धरोहर हो, यसको चौतर्फी विकासमा लागि पर्छौँः सांसद पोखरेल

विराटनगर । मोरङ क्षेत्र नम्बर २ का संघीय सांसद ऋषिकेश पोखरेलले सुनवर्षी महाराजथान अस्थाको धरोहर भएकाले यसको चौतर्फी विकासमा लागि पर्ने बताएका छन् । रतुवामाई–५ स्थित सुनवर्षी महाराजथान पोखरी परिसरमा सोमबारदेखि सुरु भएको श्रीमद् भागवत...

विराटनगर नजिकै नेपाल—भारत सीमाको दशगजा क्षेत्रमा भारतले बनाएको सुरक्षा पोष्ट हटाइयो

विराटनगर, ११ माघ । विराटनगरस्थित दशगजा क्षेत्रमा भारतले सीमा मिचेर बनाएको सुरक्षा पोष्ट हटाइएको छ । भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले अन्तराष्ट्रिय नियम विपरित सुरक्षा पोष्ट खडा गरेपछि स्थानीय प्रशासन र नेपालका सुरक्षा निकायको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्