कोशी प्रदेशमा पहिलो पटक एभरेष्ट स्कुलमा ‘ह्यापीनेश करिकुलम’
आइतबार, ०२ बैशाख, २०८१,
न्यूज विराट
विराटनगर । विराटनगर ५ मा रहेको एभरेष्ट सेकेण्डरी स्कुलले कोशी प्रदेशमा पहिलो पटक ह्यापीनेश करिकुलम शुरु गरेको छ । चालु शैक्षिक शत्र २०८१ देखि एभरेष्टले कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाई लक्षित गरि सो करिकुलम शुरु गरेको हो ।
पाठ्यक्रम पठन पाठन अघि स्कुलले शिक्षक शिक्षिकाहरुलाई २ दिने कार्यशाला शुरु गरेको छ । आइतबार कार्यशालाको उद्घाटन कार्यक्रममा प्राचार्य टीकाराम पुरीले कोशी प्रदेशमा पहिलो पटक एभरेष्ट स्कुलले ह्यापीनेश करिकुलम शुरु गरेको बताए । उनले चालु शैक्षिक शत्रमा कक्षा १ देखि ५ सम्म शुरु गरिएको बताए । प्राचार्य पुरीले ह्यापीनेश करिकुलम स्थानीय सरकारको प्राथमिकता भित्र पर्न आवस्यक रहेकोमा जोड दिए । उनले भने,‘ विराटनगर महानगरले ह्यापीनेश करिकुलम बनाएर पालिकाका सवै विद्यालयमा लागू गरे राम्रो हुने थियो ।’ शिक्षाको विकासले मात्रै मुलकको विकास संभव रहेको नीति निर्माताले बुझ्न आवस्यक रहेको बताए । विकसित राष्ट्रमा शिक्षकको बेग्लै महत्व भएपनि हाम्रो देशमा त्यस्तो हुन नसकेमा गुनासो गरे ।
एभरेष्ट एजुकेशन फाउण्डेसनका अध्यक्ष विनोद ढकालले शैक्षिक क्षेत्रमा एभरेष्टले नयाँपन दिन खोजेको बताए । उनले ह्यापीनेश करिकुलमका विज्ञहरुलाई ल्याएर कार्यशाला आयोजना गरिएको बताए । दुई दिने कार्यशालाको सहजीकरण विज्ञहरु श्रवणकुमार शुक्ला र रामप्रसाद पाण्डेले गर्ने छन् । शुक्ला भारतको नयाँ दिल्लीमा ह्यापीनेश करिकुलमको अवधारणा विकास गर्ने मध्येका एक हुन् । पाण्डे नेपालमा पहिलो पटक ह्यापीनेश करिकुलम शुरु गर्ने व्यक्ति हुन् । उनले नवलपुरमा रहेको आफ्नो विद्यालयबाट ह्यापीनेश करिकुलम शुरु गरेका थिए ।
कार्यशालामा एभरेष्ट स्कुलका १ सय ५० शिक्षक, शिक्षिकाहरुको सहभागिता रहेको भाईस प्रिन्सीपल नारायण कडरियाले जानकारी दिए ।
काठमाडौं, ३१ जेठ-सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद विष्णु पौडेलले महाकाली सन्धीको बचाउ गरेका छन् । नयाँ नक्सालाई निशान छापमा राख्न सरकारले ल्याएको संविधान संशोधन विधेयकमाथिको छलफलमा महाकाली सन्धीमा प्रयोग भएका शब्दहरुको गलत...
विराटनगर । एभरेष्ट एजुकेशन फाउण्डेसन अन्तर्गत सञ्चालित विराटनगर– ५ स्थित एभरेष्ट मन्टेश्वरी विद्यालयमा आज मुख्य चाँडपर्वहरुको अवसरमा विभिन्न कार्यक्रम गरिएको छ । नेपालीहरुका महान पर्वहरु बडादशैं, तिहार, छठलगायतका पर्व कसरी मनाइन्छ भन्ने झल्को दिने गरि...
देशभरका डाक्टरहरूको पेसागत संगठन नेपाल चिकित्सक संघको नेतृत्व चयनका लागि आज शुक्रबारबाट मतदान सुरू हुँदैछ । काठमाडौं उपत्यका बाहिरका शाखाहरूमा शुक्रबार बिहान ९ बजेदेखि मतदान सुरू हुनेछ । शुक्रबार र शनिबार काठमाडौं उपत्यका बाहिरका शाखाहरूमा...
विराटनगर, ३ फागुन । विभिन्न ६ वटा पार्टीले भोली गरेको नेपाल बन्दलाई प्रभावहीन बनाउन गृह मन्त्रालयले निर्देशन दिएको छ । एमसीसीको विरोधमा बन्दको आह्वान गरेपछि गृह मन्त्रालयले शान्ति सुरक्षा कायम गर्न मातहतका निकायलाई सर्कुलर गरेको...
संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायोग (ओएचसीएचआर) ले २४ फेब्रुवरीदेखि भएको रुसी हमलामा ३ हजारभन्दा बढी सर्वसाधारणको मृत्यु भएको जनाएको छ । युद्धमा ३ हजार १ सय ५३ जनाको मृत्यु भएको ओएचसीएचआरले जनाएको छ । युद्धमा मृत्यु हुनेको...
काठमाडौं, ११ बैशाख-समाजवादी पार्टीका सांसद प्रदीप यादवले आफूहरूले समाजवादी पार्टी विभाजन गर्न नखोजेको बताएका छन् ।उनले पार्टीले आफूहरूप्रति बँधुवा मजदुरलाई जस्तो व्यवहार गरेको भन्दै आफूहरू त्यसविरूद्ध एकजुट भएको बताए । आफूहरूले अन्यायको विरोध गरेको उल्लेख गर्दै...
काठमाडौं, १८ मंसिर । सूर्य ग्रहण दक्षिण अमेरिका, अस्ट्रेलिया, दक्षिण अफ्रिका र दक्षिण एट्लान्टिकका देशबाट मात्रै देख्न सकिने खगोलविद्हरुले बताएका छन् । झण्डै चार घण्टा आठ मिनेट लाग्ने सूर्यग्रहण नेपालबाट भने नदेखिने पञ्चाङ्ग निर्णायक समितिका...
विराटनगर । मोरङ प्रहरीले मोटसाइकल चोरीमा संलग्न चार जनालाई पक्राउ गरेको छ । प्रहरीले विराटनगरबाट मोटसाइकलसहित चोरीमा संलग्न चार जनालाई पक्राउ गरेको हो । चोरीमा संलग्न मोरङ धनपालथान गाउँपालिका ७ बस्ने बर्ष २१ को रविन...